Sunday, May 9, 2021
Home Not-to-be-missed सुजलसहित आठ खेलाडी २ लाखमा बिक्री

सुजलसहित आठ खेलाडी २ लाखमा बिक्री

राजधानी समाचारदाता,

काठमाडौं । राष्ट्रिय टोलीका सुजल श्रेष्ठसहित आठ खेलाडी अर्को महिना त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल सुपर लिग (एनएसएल)का लागि शुक्रबार भएको अक्सनमा सर्वाधिक रकममा बिक्री भएका छन् ।

अक्सनका लागि ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा विभाजन गरिएको थियो । ‘ए’ श्रेणीका खेलाडीका लागि न्यूनतम १ लाख र अधिक्तम २ लाख रुपैयाँ तोकिएको थियो । २ लाख रुपैयाँमा सुजलसहित विकास खवास, एरिक विष्ट, दिनेश राजवंशी, दीप कार्की, विशाल सुनुवार, सुनिल बल र तेज तामाङ छन् । यी आठ जना खेलाडीका लागि एकभन्दा बढी फ्रेन्चाइज टोलीले खरिद गर्ने इच्छा देखाएपछि गोलाप्रथामा टोली तय भएको थियो ।

गत वर्ष स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले स्वर्णपदक जित्दाका कप्तान सुजललाई लिन लागि ४ टोलीले बोली लगाएका थिए । शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्र क्लबका सुजललाई गोलाप्रथामा पोखरा थन्डर्सले आफ्नो पक्षमा पार्न सफल भएको थियो । चार टोलीले बोली लगाएपछि त्रिभुवन आर्मी फुटबल क्लबका डिफेन्डर विकासलाई एफसी चितवनले पाएको थियो ।

एरिकका लागि दुई टोलीबीच प्रतिस्पर्धा हुँदा ललितपुरले बाजी मारेको थियो । पोखराले मनाङ मस्र्याङ्दी क्लबका गोलरक्षक दीप कार्कीलाई पनि तीन टोलीको भिडन्तमा घम्सा बाजी मा¥यो । तेज २ लाखमा बिक्री हुने पहिलो खेलाडी बने । सर्वाधिक ६ टोलीको रुचिमा परेका तेज काठमाडौं रेजर्समा पुगे । ३ टोलीको नजरमा रहेका अर्का गोलकिपर विशालको एफसी चितवनको भागमा परे । २ टोलीको प्रतिस्पर्धामा सुनिल विराटनगर सिटी एफसी र दिनेश धनगढी एफसीमा परे ।

‘बी’ श्रेणीका खेलाडीका लागि न्यूनतम ५० हजारदेखि अधिक्तम १ लाख २० हजार तथा ‘सी’का लागि कम्तीमा २० हजार र बढीमा ७५ हजार रुपैयाँ तोकिएको थियो । अक्सनबाट हरेक टोलीले १४ खेलाडी खरिद गरेका छन् । अक्सनमा एउटा टोलीले कम्तीमा १० लाख र बढीमा १५ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउँथे ।

त्यसमा ‘ए’ श्रेणीका ३, ‘बी’ श्रेणीका ४ देखि ६ र ‘सी’ श्रेणीका ५ देखि ७ खेलाडी किन्न पाउने प्रावधान थियो । अक्सनमा ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीका १ सय ४९ खेलाडी ९८ खेलाडी बिक्री भएका छन् । बाँकी खेलाडीलाई क्लबको आवश्यकताअनुसार खरिद गर्न सक्नेछ । ७ टोलीको सहभागितामा वैशाख ११ देखि २५ गतेसम्म एनएसएल दशरथ रंगशालामा हुनेछ ।

(Visited 43 times, 1 visits today)
Loading comments...

आजको समाचार

ओली र नेपाल समुहको आज निर्णायक वार्ता, ओली सहमत नभए नेपाल समुहका सांसदको सामुहिक राजीनामा

काठमाडौं । नेकपा एमालेको केपी ओली र माधवकुमार नेपाल समूहविच आज निर्णायक वार्ता हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले २ जेठ २०७५...

कविता : मेरो चाहना

मान्छेले हिँड्ने बाटाहरू धेरै छन् घुम्ती र मोडहरू धेरै छन् तर, म चाहन्छु हर परस्थितिमा म सत्यकै बाटोमा हिँड्न सकू“ मान्छेले गाउने गीतहरू धेरै छन् संगीत र धूनहरू धेरै छन् तर,...

कालिमाटी तरकारी बजारकोे व्यापार आधा घट्यो

काठमाडौं । सरकारले तीव्र रूपले फैलिएको नयाँ भेरियन्टको कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा जारी राखेको निषेधाज्ञाका कारण अहिले राजधानीको ठूलो...

टर्निङ प्वाइन्ट : जो धरहरासँगै पुरिएकी थिइन्

६ वर्ष बितिसक्यो । दिमागबाट ‘त्यो दिन’ मत्थर हुन सकिरहेकै छैन । ‘सपनाको हो कि विपना ?’ बेलाबेला आफैंसँग प्रश्न गर्छिन्, प्रशंसा श्रेष्ठ । दिदी घुमाउन...

जीतबहादुर रायमाझीका मिथिला कला

मिथिला लोकचित्रकला विज्ञ जीतबहादुर रायमाझी माटाका भाडाका अवशेषमा अंकित चित्र र झुपडीका भित्तामा लेखिएका शिवलिंग, पेटमा बच्चाको चित्र अंकित हात्ती, पिपलको पात, दुईतिर सम्मुख...

साताका लोकप्रिय समाचार

बुटवल उपमहानगरमा अक्सिजन बैंक स्थापना

बुटवल । बुटवल उपमहानगरपालिकाले उपमहानगरपालिका भित्र आइसोलेसनमा रहेका संक्रमितका लागि लक्षित गरेर निशुल्क अक्सिजन सेवा सुरुआत गरेको छ । उपमहानगरले बनाएको आइसोलेसन, होटल आइसोलेसन...

४१ जिल्लामा लकडाउन

काठमाडौं । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सरकारले ७७ मध्ये ४१ जिल्लामा निषेधाज्ञा जारी गरेको छ । गत १६ वैशाखबाट निषेधाज्ञा सुरु गरेकोमा आइतबार...

कोरोना संक्रमणबाट व्ययवसायीको निधन

जनकपुरधाम । जनकपुरधामका एग्रो व्यवसायी धर्मनाथ साहको कोरोना संक्रमणको कारण आज मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि काठमाडौको ग्राण्डी अस्पतालमा भर्ना...

निषेधाज्ञामा ईश्वरी बरालको नयाँ काेशेली ‘खानदानी छोरी’

काठमाडाैं ।  गायिका ईश्वरी बरालले निषेजधाज्ञाले घरमै बसेका संगीतप्रेमी दर्शकका लागि नयाँ खुराक प्रस्तुत गरेकी छिन् । उनकाे नयाँ गीत खानदानी छोरी सार्वजनिक भएको...

राजस्थान र दिल्लीको सहज जीत

अहमदावाद । इन्डियन प्रिमियर लिग (आइपिएल) का हिजो आइतबार दुई खेल सम्पन्न भयो । पहिलो खेलमा सनराइजर हैदरवादविरुद्ध राजस्थान रोयल्स विजयी भयो भने पञ्जावविरुद्ध...

ट्रेन्डिङ

टोटनह्यामका लागि केनको २ सय गोल

काठमाडौं । इग्लिस प्रिमियर लिगमा टोटनह्याम हट्सपरले न्युक्यास युनाईटेडलाई ३–१ ले पराजित गर्दा ह्यारी केनले दुई सय गोलको आकडा पार गरेका छन् । केनले...

दोस्रो लहरको जोखिमसँगै सर्तकता बढाऔं

कोरोनाको दोस्रो लहर बढ्दै गएको छ । तर पनि जनमानसमा यसप्रति कत्ति पनि सावधानी देखिँदैन । दैनिक हेलचेक्य्राइँ र बेवास्ता बढिरहेको छ । मानिसले...

मेरी छोरीलाई ज्वाइले मारे अनि रुखमा झुण्ड्याए : धुरनी देवी

सप्तरी, राजविराज । सप्तरीको खडक नगरपालिका १० फुलबरियाकी ३५ बर्षिया लिला देवी भगतको हत्या भएको आमा धुरनी देवीले दावी गरेकी छिन् । उनले घटनाको...

दैलेखमा आत्महत्या गरेका युवामा कोरोना ‘पोजेटिभ’

दैलेख । दुई दिनअघि आफ्नै घरमा आत्महत्या गरेका दैलेखका एक युवाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । आत्महत्या गरेका दुल्लु नगरपालिका–१० छुवालाका २१...

सिन्धुपाल्चोकमा चार जनाको कोरोना रिपोर्ट नेगेटिभ

सिन्धुपाल्चोक । कोरोना भाइरस (कोभीड–१९) सँग मिल्दोजुल्दो लक्षण देखिएपछि आइशोलेसनमा राखिएका सिन्धुपाल्चोकका चारै जनामा कोरोना नभएको पुष्टि भएको छ । बाह्रविसे स्वास्थ्य केन्द्रको आइशोलेशनमा...

१० महिनादेखि बन्द नाटकघर सञ्चालनमा आए

काठमाडौं । १० महिनादेखि बन्द रहेको काठमाडौंको अनामनगरस्थित मण्डल थिएटरलाई यतिबेला सरसफाइसँगै पुनः मर्मतको काम थालिएको छ । नेपाल सरकारको निर्णयअनुसार चलचित्र भवन खुलेपछि...

कोरोना कोषमा आईक्यानको १ करोड सहयोग

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ । ...

नाजुक गुप्तचर सुधारका सवाल

फ्रान्सको साम्राट तथा सैनिक नेता नेपोलियन बोनापार्टले एक जना सूचना संकलन गर्नेको शाक्ति ५० हजार सेना बराबर हुन्छ भने दावा गरेका छन् । त्यसैगरी,...

३०० विद्यार्थी फर्काउन ३० लाख विनियोजन

दुनै । डोल्पाको एक गाउँपालिकाले तराईका जिल्लामा पढ्न गएका विद्यार्थी घर फर्काउनका लागि रु ३० लाख रकम छुट्याएको छ । काइके गाउँकार्यपालिकाको आपतकालीन बैठकबाट...

भारतमा कोरोना संक्रमित ८१ लाख ८४ हजार नाघे, १ लाख २२ हजार भन्दा बढीको मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या आइतबारसम्ममा ८१ लाख ८४ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४६ हजार ९६४...

त्रिवि सेवा आयोगको परीक्षा पुनः विवादमा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न अध्ययन संस्थान र सङ्कायका लागि लिएको उपप्राध्यापक पदको परीक्षासम्बन्धी विवाद अदालतमा पुगेको छ । नतिजाप्रति असन्तुष्ट २६...

गुणस्तरहीन फलामे डन्डी बेच्ने जगदम्बा स्टिल कारबाहीमा

काठमाडौ । शंकर ग्रुपअन्तर्गतको जगदम्बा स्टिलद्वारा उत्पादित फलामका डन्डी (रड)को गुणस्तर कमजोर देखिएपछि सरकारले बिक्री वितरणमा रोक लगाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको छ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)