काठमाडाैं । विश्व मुख स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। ‘आफ्नो मुखमा गर्व गरौँ’ भन्ने नारासहित मार्च २० मा यो दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम सञ्चालन गरिएको हो। नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनले काठमाडौंको माइतीघर मण्डलामा सचेतनामूलक कार्यक्रम गरेको छ।
मुख स्वास्थ्यको विषयलाई सरकारले प्राथमिकतामा नराखेको कार्यक्रममा सहभागीहरूको गुनासो छ। एसोसिएसनका अनुसार नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा ३ हजार २ सय डेन्टल असिस्टेन्ट, हाइजिनिस्ट र सिडिएस दर्ता भएका छन्।
नेपाल मेडिकल काउन्सिलमा करिब ३३ सय दन्त चिकित्सक दर्ता भएको एसोसिएसनका अध्यक्ष माइकल देवकोटाले जानकारी दिए।
यी जनशक्तिहरुलाई पनि सरकारले सही सदुपयोग गर्न नसकेको उनको भनाइ छ। राज्यले मुख स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने उनको माग छ।
तपाइको प्रतिक्रिया
(Visited 162 times, 1 visits today)