मनाङमा ट्रक दुर्घटना, एक बालक र दुई महिलाको निधन

लमजुङ । हिमाल पारीको जिल्ला मनाङमा भएको ट्रक दुर्घटना एक बालक र दुई महिला गरी ३ जनाको निधन भउको छ । मनाङको नासों गाउँपालिका– ३ को खोत्रोमा सो दुर्घटना शनिबार साँझ भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी दुई बालक सहित ५ जना घाइते भएको प्रहरी भनाई छ ।

उक्त दुर्घटनामा परी मनाङको नासों गाउँपालिका– ४ को ओडार गाउँमा बस्ने अन्दाजी ६, ७ वर्षका बालक लिउन गुरुङ, सोही गाउँकी ३५ वर्षीय महिला मनिषा गुरुङ र सोही गाउँकी ३६ वर्षीया महिला लालकाशी गुरुङ तीनजनाको घट्नास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यायल मनाङका प्रमुख प्रहरी नायव उपरीक्षक सुभास खड्काले बताए । उनका अनुसार सो दुर्घट्नामा परी घाइते हुनेमा सोही ट्रकका चालक लमजुङ घर भएका सुमन तामाङ, वतन खुल्न बाँकी रहेका सहचालक लक्ष्मण नेपाल छन् ।

अन्य घाइतेमा मनाङ गाउँपालिका– ४ बस्ने वर्ष ३५ को धनमान विक र अन्दाजी ६/७ वर्ष उमेरका बालकद्वय पिउन गुरुङ र नियल गुरुङ रहेका छन् । उनले भने ‘घाइते बालकहरू पनि नासों गाउँपालिका– ४ को ओडार गाउँकै हुन् । घाइते उनीहरू सबैको उपचारका लागि लमजुङको सदरमुकाम बेसीशहर पठाइएको छ ।’

बेसीशहरबाट मनाङको सदरमुकाम चामेतर्फ ठेकेदारको सिमेन्ट लोड गरी जाँदै गरेको ध १ ख ५९२ नंबरको ट्रक ओभर लोभका कारण उकालोमा ब्रेक फेल भएर उक्त दुर्घटना भएको देखिन्छ प्रहरी नायव उपरीक्षक खड्काले बताए । उनका अनुसार सो ट्रक सडकबाट करिब १५० मिटर तल खसेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 368 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ: सभापति देउवा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीको कविलासी मेयरर उपमेयरमा कांग्रेस विजयी