Saturday, July 24, 2021
HomeEditor-Picks‘सुरक्षाको ग्यारेन्टी नभए अध्यापन गराउँदैनौं’

‘सुरक्षाको ग्यारेन्टी नभए अध्यापन गराउँदैनौं’

राजधानी समाचारदाता,

इटहरी । निजी कलेजले लकडाउनको समयको समेत शुल्क लिएको विरुद्धमा उत्रिएको आन्दोलनले उग्ररूप लिएको छ । विद्यार्थीले आन्दोलनमा उत्रिएर कलेज तोडफोड नै गर्ने स्थिति सिर्जना भएको भन्दै निजी कलेज सञ्चालकले पत्रकार सम्मेलन गरी आफूहरूको सुरक्षाको पूर्ण ग्यारेन्टी नभएसम्म अध्यापन नगराउने बताएका छन् ।

इटहरीको विश्व आदर्श, कस्तुरी, कोसी र शुष्मा कलेजका सञ्चालकले विद्यार्थीको आन्दोलनले शिक्षक, कर्मचारीहरू त्रासमा रहेकाले सुरक्षाको पूर्ण ग्यारेन्टी नभए अध्यापन नगराउने उल्लेख गरेका हुन् ।

उनीहरूले भर्चुअल माध्यमबाट अध्यापन गराएको बताउँदै कोर्स सकेको शुल्क लिएकाले लकडाउनको शुल्क छोड्न नसकिने बताए । शुल्क नतिरेको खण्डमा विद्यार्थीलाई मानसिक यातना दिएको विद्यार्थीले आरोप लगाएका छन् । शुक्रबार विश्व आदर्श कलेजका सुरक्षा गार्ड मोहन अधिकारीमाथि आक्रमण गरेको कलेजले आरोप लगाएका छ । आक्रमणबाट घाइते अधिकारीको हाल विराट नर्सिङ होममा उपचार भइरहेको छ । कलेज सञ्चालकहरूले दोषीमाथि कारबाही गर्नसमेत माग गरेका छन् ।

‘निजी कलेजमा कार्यरत शिक्षक, कर्मचारी हाल मनोवैज्ञानिक दृष्टिकोणले त्रासदीपूर्ण हिसाबले गुज्रिरहेको अवस्थामा निजी शैक्षिक प्रतिष्ठान र प्रतिष्ठानमा कार्यरत शिक्षक, कर्मचारीको पेशागत हकहितको सुरक्षामा ध्यान दिँदै सुरक्षाको वातावरण मिलाउन कलेज व्यवस्थापन, स्थानीय प्रशासन र सरोकारवालासँग जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । ‘शैक्षिक प्रतिष्ठानजस्तो सम्मानित, संवेदनशील र पवित्र स्थानमा कार्यरत शिक्षक–कर्मचारीको सुरक्षाको ग्यारेन्टी नभए अध्ययन÷अध्यापन गराउने वातावरण नहुने व्यहोरा जानकारी गराउँदछौं ।’ विज्ञप्तिमा उल्लेख छ । तर, प्रतिष्ठित शैक्षिक संस्थाले पैसाका लागि जस्तोसुकै कार्य गर्न पछि नगरेको विद्यार्थीले आरोप लगाउँदै आएका छन् ।

Loading comments...

आजको समाचार

निगमलाई कम्पनीमा लैजाने विवादमा समितिको चासो

काठमाडौं । मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनीमा रूपान्तरण गर्ने सम्बन्धमा उत्पन्न कर्मचारी विवाद र यसले निगमको काम ठप्प भएको सम्बन्धमा संसदीय समितिले...

चेल्सीले हाजार्ड फर्काउन प्रयास गर्ने

लन्डन । इंग्लिस क्लब चेल्सीले आफ्नो पूर्व बेल्जियन फरवार्ड इडेन हाजार्डलाई क्लबमा फर्काउन प्रयास थालेको छ । हाजार्ड २०१९ मा ८८ मिलियन पाउन्डमा स्पेनिस...

पैसाको लोभमा आफ्नै साथीको हत्या

  चितवन । चितवनमा पैसाको लोभका कारण आफ्नै साथीको गोली हानी हत्या भएको छ । सेनाको एउटै गणमा संगै काम गर्ने आफ्नै साथीको हत्या गरी...

शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्रासँग ७० पोर्न फिल्म

मुम्बई । बलिउड फिल्म निर्माता तथा अभिनेत्री शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्राको समूहले ठूलो मात्रामा पोर्न फिल्म बनाएर पोर्न फिल्मको व्यवसाय सञ्चालन गरेको प्रहरीले...

३८ व्यापारिक फर्मको कारोबार रोक्का

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को मापदण्ड विपरीत व्यापार गर्ने ३८ वटा व्यापारिक फर्मको कारोबार रोक्का गरेको...

साताका लोकप्रिय समाचार

एमालेका २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने तयारी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव गरिएको छ । च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा जारी...

दुई न्यायाधीशबीच राय बाझिँदा मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । कालीगण्डकी डाइभर्सन बहुउद्देश्यीय परियोजना तत्काल रोक्ने वा नरोक्ने भन्ने विवादमा सर्वोच्च अदालतमा दुई न्यायाधीशबीच राय बाँझिएको छ । न्यायाधीशबीचको राय बाझिएसँगै अब...

माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन दुई मन्त्रीले दिए राजीनामा

  जनकपुरधाम । प्रदेश २ सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादवले राजीनामा दिएका छन्। उनीसँगै आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री सरोजकुमार सिंहले समेत राजीनामा...

सुभाष नेम्वाङलाई प्रकाशमान सिंहको प्रश्न : आफुले विधि मिच्ने अनि मुल्य मान्यताको कुरा गर्ने ?

  काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एमाले संसदिय दलका उप नेता सुवास नेम्वाङलाई विधि मिचेर मुल्य मान्यता नसिकाउन आग्रह गरेका छन् । शुक्रवार प्रतिनिधी...

ट्रेन्डिङ

बाजुराका २ जनामा आरडिटी पोजेटिभ

बाजुरा । बाजुराको त्रिवेणी नगरपालीकाका पहिलो चरमा ¥यापिट टेष्ट (आरडीटी) मा दुई जनामा पोजेटिभ देखिएको छ । दोस्रो चरमा भने एकजनालाई मात्र पोजेटिभ...

जंगली च्याउ खाँदा तुलसीपुरमा ५ जना बिरामी, एकको अवस्था गम्भीर

तुलसीपुर । जंगलबाट ल्याएको च्याउ खाँदा तुलसीपुरमा ५ जना बिरामी परेका छन् । बिरामी भएका मध्ये एकको अवस्था गम्भीर रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?