Monday, May 17, 2021
Home Breaking News नेपाल खुसी हुने देशमा दक्षिण एसियामा नै अग्रस्थानमा

नेपाल खुसी हुने देशमा दक्षिण एसियामा नै अग्रस्थानमा

निराजन पौडेल,

काठमाडौं । कोरोनाको त्रासको महामारी, आर्थिक संकट र राजनीतिक अस्थिरताको बीच पनि नेपाल खुसी हुने मुलुकको ८७औं स्थानमा रहेको छ । छिमेकी मुलुक भारतभन्दा नेपाली बढी खुसी हुने मुलुकको रूपमा देखिएको छ । नेपाल दक्षिण एसियामा नै सबैभन्दा बढी खुसी हुने देशको रूपमा स्थापित हुन सफल भएको छ ।

कोरोनाको विश्वव्यापी असरले अर्थतन्त्र नराम्रो गरी प्रभावित बन्यो । धेरै कलकारखाना प्रभावित भए र धेरैको रोजगारी पनि खोसिए । यसका बाबजुद पनि नेपाली खुसी देखिएको अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । संयुक्त राष्ट्र संघको सस्टेनेबल डेभलपमेन्ट सल्युसन नेटवर्कअनुसार वल्र्ड ह्यापिनस इन्डेक्स २०२१ अनुसार विश्वको १ सय ५३ देशमध्ये नेपाल ८७औं स्थानमा रहेको छ । गत वर्ष नेपालको स्थान ९२औं स्थानमा रहेको थियो ।

नेपालले गएको पाँच वर्षमा बाल मृत्युदर, प्रजनन तथा मातृत्व स्वास्थ्य, बाल स्वास्थ्य, पोषण तथा विकास, जीवन सन्तुष्टि, शिक्षा, खानेपानी, बिमा, विद्युत्लगायतका सूचकमा उल्लेखनीय प्रगति गरेको देखिएको छ । केन्द्रीय तथ्यांक विभागले प्रकाशित गरेको नेपाल बहुसूचक सर्वेक्षण २०७६ का अनुसार सामाजिक विकासका क्षेत्रमा नेपालको अवस्था सुधारिएको छ ।
खुसीका सामाजिक, आर्थिक, वातावरणीय, भौगोलिकलगायत विविध उपसूचकका आधारमा विभिन्न मुलुकका जनताको खुसीको स्तर यो प्रतिवेदनले मूल्यांकन गर्दै आएको छ । खुसी सूचकको सबैभन्दा अगाडि फिनल्यान्ड, डेनमार्क, स्विट्जरल्यान्ड, आइसल्यान्ड र नर्वे छन् ।

खुसी हुने मुलुकको सूचीमा फिनल्यान्ड लगातार चौथोपटक पहिलो नम्बरमा छ । फिनल्यान्डले कोभिड–१९ नियन्त्रण गर्न लकडाउन गर्नै परेन । खोप विकास भएर प्रयोगमा आएपछि त्यहाँको जनजीवन अझ सहज भयो । फिनल्यान्डमा कोभिडबाट मृत्यु हुनेको संख्या पनि कम रहेको छ ।

यसपटक छिमेकी मुलुकहरू चीन ८४ र भारत १३९औं स्थानमा छन् । एसियाली मुलुक चीन र नेपालले सुखी र खुसी हुनेमा आफ्नो स्थान सुधार गरेका छ । सन् २०१७ मा नेपाल १०१ स्थानमा थियो । गत वर्ष चीन ९४औं, भारत १४४औं, र पाकिस्तान ६६औं स्थानमा थिए । एसियाली मुलुकमध्ये तुलनात्मक रूपमा चीनले आफ्नो स्थान निकै सुधारेको छ ।

यसपटकको सूचीमा डेनमार्क, स्विटजरल्याण्ड, आइसल्यान्ड, र हल्यान्ड क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं नम्बरमा छन् । सबैभन्दा खराब अवस्था अफगानिस्तानको छ, जो जिम्बाबे र रुवान्डाभन्दा पनि मुनि छ । सुखी र खुसी मुलुकको संसारको टप टेनमा नर्वे, स्विडेन, लक्जम्बर्ग, न्युजिल्यान्ड र अस्ट्रिया छन् ।

विश्वका ठूला आर्थिक महाशक्ति राष्ट्रहरू अमेरिका १९ र जापान ५६ नम्बरमा रहेको रिपोर्टमा उल्लेख छ । मालदिभ्स ८९, बंगलादेश १०१, पाकिस्तान १०५ र श्रीलंका १२९ नम्बरमा परेका छन् । बितेका वर्षभन्दा यसपटक थुप्रै मुलुकको नाम सूचीको नम्बरमा निकै तलमाथि परेका छन् ।

(Visited 186 times, 1 visits today)
Loading comments...

आजको समाचार

विवाद मिलाउन एमालेमा बन्याे १० जनाकाे कार्यदल

काठमाडौं । नेकपा (एमाले) भित्रको विवाद मिलाउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच कार्यदल बनाउने सहमति भएको छ। आज...

पेट्रोल र डिजलको मूल्य बढ्यो, अब पेट्रोलको मूल्य प्रतिलिटर १२३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आइतबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाई...

गीतकार चेतन कार्कीको निधन

काठमाडौं । गीतकार, निर्देशक एवं पटकथा/संवाद लेखक चेतन कार्कीको निधन भएको छ । ह्दयघातको कारण निधन भएका कार्की ८४ वर्षका थिए । विश्वास, पहिलोप्रेम,...

बालिकालाई धान दिन्छु भन्दै घर लगे अनि यौन दुर्व्यवहार गरे

भक्तपुर । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका–५ छालिङ बस्ने ५२ वर्षीय भिम बहादुर बनलाई प्रहरीले पक्राउ गरेको छ । भिम बहादुरले...

बैंकको मुद्दती खाता नवीकरण अब इमेलबाटै गर्न सकिने

काठमाडौं । निषेधाज्ञा अवधिमा बैंकको मुद्दती खाता नवीकरण इमेलबाटै गर्न सकिने भएको छ । नेपाल बैंकर्स एसोसिएसनले आइतबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञा अवधिभर मुद्दती...

साताका लोकप्रिय समाचार

प्रशासनमा नयाँ संस्कृति

सरल अर्थमा सुशासन सेवाको अनुभूति हो । सुशासन शब्द र परिभाषामा होइन अनुभूत गरिने विषय हो । शासकीय प्रणालीको वैधता यसैले सिद्ध गर्छ ।...

कविता : आमा तिमी संसार हौ

आमा तिमी संवेदना भगवान अनि बास्ना हौ माया, ममताको खानी हौ सुख्खा जमिननजिकको झरना हौ आमा तिमी रुँदै गरेको बालकको मातृत्व हौ । त्याग, तपस्या अनि सेवा हौ आँखाको नानी, कोइलीको...

काेराेना संक्रमणबाट २०३ जनाकाे मृत्यु, ६१३५ संक्रमणमुक्त

काठमाडाैं ।  कोरोना भाइरस संक्रमणबाट पछिल्लाे २४ घन्टामा २०३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०३ जनाको...

धादिङ अस्पतालमा कार्यरत ४० जना स्वास्थ्यकर्मी संक्रमित

धादिङ ।  जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीको अभाव भएको छ । अस्पतालमा कार्यरत ४० स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएर आइसोलेशनमा बसेका कारण दैनिक उपचारमा समेत समस्या आएको...

ट्रेन्डिङ

कोलकतालाई पञ्जावको धक्का

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभन पञ्जाव विजयी भयो । पञ्जावसँग कोलकता नाइट राइडरलाई ८ विकेटले पराजित मात्र...

गुल्मीको बाँझकटेरीमा प्याराग्लाइडिङ्गको सफल परिक्षण

गुल्मी । मदाने गाउँपालिकाको वडा नं २ बाँझकटेरीस्थिच कसुरे डाँडाबाट प्याराग्लाइडिङ्गको सफल परिक्षण गरिएको छ । स्काई बर्ड प्याराग्लाइडिङ्ग पोखराको टोलीले बुधबार तीन वटा...

अबको ५५ दिनमा ४० हजार संक्रमित पुग्ने आँकलन

काठमाडौं । नेपालमा आगामी २ भदौसम्म कोरोना भाइरस संक्रमितको संख्या ४० हजार पुग्ने आँकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालको अवस्थालाई सूक्ष्म...

राहतको नाममा ८० करोड बढी खर्च

काठमाडौं । लकडाउनको अवधिमा देशभरमा रहेका विभिन्न स्थानीय तहले राहतका नाममा ८० करोडभन्दा बढी रकम सकेका छन् । स्थानीय तहले वितरण गरेको सो राहत...

१२ दिनमा गयो १७ जनाको ज्यान

काठमाडौं । मनसुन सक्रिय भएसँगै मुलुकभर बाढीपहिरोको जोखिम अत्यधिक बढ्दै गएको विज्ञहरूले औंल्याएका छन् । विगत १० वर्षयताकै राम्रो मनसुन सुरुवात भएकाले स्थानीय तहहरूले...

कोरोना संक्रमित एक युवकको सिरहामा मृत्यु

सिरहा । बुधबार कोभिड–१९ को संक्रमण पुष्टि भएका सिरहाको गोलबजार नगरपालिका वडा नम्बर –१२ का २३ वर्षीय अशोक महतोको मृत्यु भएको छ । उनको...

नेपाली भूमि बचाउन सिमानामा बस्ती बसाउ : मन्त्री अर्याल

काठमाडौं, ४ चैत्र । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले नेपाली भूमि बचाउन सिमानामा बस्ती बसाउनुपर्ने बताउनुभएको छ । कैलाली, कञ्चनपुरको...

मुख्यमन्त्रीद्धय गुरुङ र पोखरेललाई कार्वाही

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड– माधव कुमार नेपाल समूहले प्रदेश इन्चार्जबाट पुथ्वी सुब्बा गुरुङ र शंकर पोखरेललाई जिम्मेवारीबाट हटाएको छ । गुरुङ र पोखरेल...

नेपालमा १, विदेशमा ३ जना नेपालीमा कोरोना संक्रमण

काठमाडौं । हालसम्म चार जना नेपालीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । विदेशमा रहेका तीन र विदेशबाट नेपाल भित्रिएका एक नेपालीमा कोरोना...

टेकु अस्पताल भन्छ : केही दिनमै डिस्चार्ज हुँदैछन् कोभिड सङ्क्रमित

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोभिड–१९ का दुई सङ्क्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हँुदैछन् । कोभिड–१९...

अवकाश प्राप्त कर्मचारीबाट स्वयंसेवक सेवा लेऊ

नेपाली उखान छ, ‘कुनैबेला ... पुछेर फालेको ढुंगा पनि काम लाग्छ ।’ यसमा सत्यता छ । कानुन, प्रचलन एवं परांपराका आधारमा मानिस पद, पेसा...

६ महिनापछि आजबाट लामो दुरीका सवारी साधन सञ्चालन

काठमाडौं । विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले ६ महिनाअघि गरेको लकडाउनसँगै बन्द भएका लामो दुरी तथा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)