Saturday, September 25, 2021
Your Ads Here
HomeBreaking Newsफास्ट ट्र्याकको उल्झन: सेनाका २५ र २७ अर्बका ठेक्कामा अनियमितताको आशंका

फास्ट ट्र्याकको उल्झन: सेनाका २५ र २७ अर्बका ठेक्कामा अनियमितताको आशंका

छानबिन गर्दै लेखा समिति

महेश्वर गौतम,
sharethis

काठमाडौं । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं– तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को २५ र २७ अर्बको दुई वटा ठेक्का प्रक्रियामा अनियमितता भएको आशंकामा संसद्को लेखा समितिले छानबिन थालेको छ । सो ठेक्कामा अनियमितता भएको दाबी गर्दै लेखा समितिमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा लेखा समितिले छानबिन अघि बढाएको हो ।

लेखा समितिले अनियमितताबारे उजुरी परेपछि छानबिनका लागि रक्षा मन्त्रालयसँग प्रतिक्रियासहित आवश्यक कागजात मागेकामा मन्त्रालयले समितिलाई सो कागजात पठाएको छ ।

समितिले ११ वटा विभिन्न तथ्यलाई टेकेर सात दिनको समय दिँदै मन्त्रालयमा जवाफ दिन पत्र पठाएको थियो । रक्षा मन्त्रालयका एक अधिकारीले समितिले मागेका कागजात पठाइएको जानकारी दिए । ‘लेखा समितिले कागजपत्र मागेको थियो, मन्त्रालयले लेखाले मागेका आवश्यक कागजात तीन वटा बाकसमा हालेर पठाइसकेको छ,’ ती अधिकारीले भने । लेखा समितिले अनियमितताको गुनासो आएपछि छानबिन थालेको समितिका सचिव रोजनाथ पाण्डेले जानकारी दिए ।

समितिले द्रुत मार्गको परियोजनामा दुई वर्षअघि नै प्रि–क्वालिफिकेसनका लागि ग्लोबल टेन्डर आह्वान गरिएकोमा ६ वटा कम्पनीलाई सर्ट लिस्टसमेत गरिसकेपछि एकाएक सम्पूर्ण प्रक्रिया रद्द गरेर फेरि टेन्डर गरिएपछि प्रश्न उठाएको हो ।

यसैगरी, दुई वर्षपछि आह्वान गरिएको टेन्डरबाट पहिलो फेजमा दुई र दोस्रो फेजमा एक मात्रै कम्पनी छनोट भएकोमा समेत समितिले चासो राखेको छ । जब कि दुवै टेन्डरमा पूर्वयोग्यता छनोटका आधार एउटै छन् । समितिले यो चरणमा मिलोमतोको आशंका गरेको छ ।

पहिलो फेजका लागि २१ र दोस्रो फेजका लागि २२ अन्तर्राष्ट्रिय कम्पनीले प्रतिस्पर्धा गरेका थिए । तर, पहिलोका लागि दुई र दोस्रोका लागि एउटा मात्र कम्पनी प्रतिस्पर्धाका लागि योग्य मानिएका छन् ।

यसैगरी, दुई वर्षअघिको प्रि–क्वालिफिकेसनका क्रममा छनोट भएका कम्पनी दोस्रोपटक छनोटमै नपरेको तर अघिल्लोपटक छनोटमै नपरेको कम्पनी एकाएक छनोटमा परेको विषयलाई समेत समितिले चासो राखेको छ ।
पहिलो फेजमा २७ अर्बको ठेक्कामा अघिल्लोपटक प्रिक्वालिफिकेसनमा अयोग्य ठहरिएको निर्माण कम्पनीलाई नै प्रतिस्पर्धाका लागि छनोट गरिएको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   दरबारबाट श्रीपेच चोर्न खोज्ने सेनाको नियन्त्रणमा

त्यस्तै, दोस्रोमा २५ अर्बको ठेक्कामा आर्थिक प्रतिस्पर्धाका लागि एउटा मात्रै कम्पनी छानिएको छ । जब कि २२ कम्पनीले प्रतिस्पर्धाका लागि आवेदन दिएका थिए । लेखा समितिले २५ फागुनमा रक्षा मन्त्रालयलाई पठाएको पत्रमा सात दिनभित्र ठेक्कासँग सम्बन्धित सबै कागजपत्र उपलब्ध गराउन भनेको थियो  ।

समितिका सचिव पाण्डेले रक्षा मन्त्रालयले समितिले माग गरेका कागजात पठाएको र सो कागजातलाई विज्ञमार्फत अध्ययन गर्ने काम भइरहेको जानकारी दिए । उनले सो आयोजनामा पूर्वयोग्यता निर्धारण गर्नेक्रममा नै मिलेमतो भएको हुन सक्ने र कागजात बोल्ने भन्दै छानबिनपछि सबै विषय प्रस्ट हुने जानकारी दिए ।

‘थुप्रै डकुमेन्ट आएका छन्, विज्ञहरूलाई राखेर अध्ययन गर्दै छौं, समितिले सार्वजनिक खरिद कार्यालयसँग पनि राय सुझाव लिन्छ, आवश्यकता अनुसार छानबिनअघि बढ्छ,’ समितिका सचिव पाण्डेले थपे ।

काठमाडौंदेखि निजगढ जोड्ने यो सडक आयोजनाको कुल दूरी ७२ दशमलब ५ किलोमिटर मानिएको छ । यो आयोजनामा करिब एक खर्ब ७५ अर्ब खर्च हुने अनुमान छ । यस सडक आयोजनामा कुल तीन वटा सुरुङ रहनेछन् । सुरुङ र ठूला पुल बनाउने कामलाई सेनाले दुई भागमा विभाजन गरेको छ । यसका लागि पहिलो फेजमा २७ अर्ब र दोस्रोका लागि २५ अर्ब लागत अनुमान छ ।

पूर्वयोग्यता निर्धारण गरिँदा एउटा मात्रै कम्पनी छनोट भएको विषयलाई समितिले मुख्य चासो दिएको समितिका एक सदस्यले जानकारी दिए । ठेक्का दिँदा नै प्रतिस्पर्धा हुने स्थिति नदेखिएको र त्यसले गर्दा प्रतिस्पर्धाको वातावरण नभएकाले प्रक्रिया नै सार्वजनिक खरिद ऐनको मर्मविपरीत रहेको हुन सक्ने ती सदस्यले बताएका छन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   दरबारबाट श्रीपेच चोर्न खोज्ने सेनाको नियन्त्रणमा

सेनाले पहिलो फेजका लागि चिनियाँ कम्पनी पोली चंडा इन्जिनियरिङ र चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङलाई छनोट गरेको छ । यस्तै, दोस्रो फेजका लागि चिनियाँ निर्माण कम्पनी पोली चंडा इन्जिनियरिङ कम्पनीलाई मात्र छनोट गरिएको छ । प्रतिस्पर्धामा आएका अन्य २१ कम्पनी भने प्रतिस्पर्धाका लागि नै अयोग्य मानिएका थिए ।

तपाइको प्रतिक्रिया

(Visited 671 times, 1 visits today)

आजको समाचार

दरबारबाट श्रीपेच चोर्न खोज्ने सेनाको नियन्त्रणमा

काठमाडौं । नारायणहिटी दरबार संङ्ग्रहालयमा राखिएको श्रीपेज निकाल्न खोज्ने एकजनालाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई पक्राउ गरेको हो। नारायणहिटी...

सार्क विदेशमन्त्रीस्तरीय बैठक अन्योल

काठमाडौं । अफगानिस्तानको सरकार परिवर्तनको असर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को विदेशमन्त्रीस्तरीय बैठकमा देखिएको छ । विदेशमन्त्रीस्तरीय बैठकमा अफगानिस्तानबाट पहिलाको सरकारको प्रतिनिधित्व नहुने...

दुई खेल खेलेर अफ्रिदी फर्किने

काठमाडौं । पाकिस्तानका पूर्वस्टार अलराउन्डर शाहिद अफ्रिदी चौथो संस्करणको बजाज पल्स एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्न नेपाल आइपुगेका छन् । अफ्रिदी...

विवादमा संगीत रोयल्टी संकलन समाजको नयाँ कार्यसमिति

काठमाडौं । संगीत क्षेत्रका १५ सय स्रष्टाहरूको रोयल्टी संकलन गरेर वितरण गर्ने जिम्मेवारी बोकेको संस्था ‘संगीत रोयल्टी संकलन समाज नेपाल’ यतिबेला आफैं विवादमा छ...

सार्वजनिक सवारी साधनको भाडा बढ्यो

काठमाडाैं । सरकारले आजदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनमा देशभर लागू हुने गरी नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात...

साताका लोकप्रिय समाचार

न्यूनतम ग्यारेन्टीबिना निर्माताले फिल्म नदिने

काठमाडौं । शुक्रबारबाट नेपालका सिनेमा हल खुल्ने भनिएको थियो । तर, १ असोज शुक्रबारबाट हल खुल्न सकेनन् । हलवालाहरूको संस्था नेपाल चलचित्र संघका उपमहासचिव...

तालिवानले ब्युँतायो दण्ड मन्त्रालय, दोषीको हात काट्नेदेखि अंग छेदन गरिने

  काबुल । तालिवानले आँचरण तथा दण्डमामिला मन्त्रालय व्युँताएको छ । सन् १९९६ मा पहिलो शासनकालमा तालिवानले सो मन्त्रालयले गठन गरेको थियो । देशमा कठोर...

राष्ट्रपतिको जन्मगाउँ मानेभञ्याङमा पानी समस्या हट्यो

भोजपुर । पानीको अभाब झेल्दै आएका राष्ट्रपति विद्यादेवी भण्डारीको जन्मस्थान भोजपुर मानेभञ्याङका स्थानीयको समस्या हटेको छ । विगत लामो समयदेखि पानीको समस्यामा रुमलिएका यहाँका...

परराष्ट्रमन्त्री खड्काद्वारा शपथ, लगत्तै न्यूयोर्क जाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्कालाई आज पद तथा गोपनीयताको शपथ दिलाएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा...

कम्युनिस्ट घोषणापत्रको सान्दर्भिकता र समाजवादी क्रान्ति

  सेप्टेम्बर १५ तारिख नेपाल कम्युनिस्ट आन्दोलनको इतिहासमा ऐतिहासिक दिन हो । आजभन्दा ७२ वर्ष अगाडि अर्थात् सन् १९४९ सेप्टेम्बर १५ नेपाली सम्वत् २००६ असोज...

ट्रेन्डिङ

चार मन्त्रीको सांसद पद खारेज

काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्रीको सांसद पद खारेज भएको छ । प्रतिनिधिसभा सदस्यहरु अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४...

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)