मुम्बइ । कंगना रनावतले मुख्य भूमिका निर्वाह गरेकाे चलचित्र ‘थलाइवी’ काे ट्रेलर सार्वजनिक भएकाे छ । कंगनाले यो फिल्ममा अभिनेत्रीबाट राजनीतिज्ञ बनेकी जयललिताको भूमिकामा अभिनय गरेकी छन् । ट्रेलर कंगनाको जन्मदिन पारेर मंगलबार रिलिज गरिएको हो ।
विजयले निर्देशन गरेको फिल्ममा कंगनासँगै अरविन्द स्वामी, प्रकाश राज, जीसु सेनगुप्ता र भाग्यश्रीको अभिनय छ । ट्रेलरमा जयाको फिल्मी जीवन र राजनीतिमा प्रवेश तथा तमिलनाडुको राजनीतिमा उनको पकडका झलकहरु देखाइएको छ । सन् १९८४ मा इन्दिरा गान्धीसँग संसदमा उनले गरेको संवादको दृश्य पनि ट्रेलरमा अटाइएको छ ।
६ पटकसम्म तमिलनाडुको मुख्यमन्त्री रहेकी जयललिताको भूमिकामा अभिनय गर्न कंगनाले २० केजी तौल बढाएको समाचारहरुमा बताइएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 167 times, 1 visits today)