लागुऔषधसहित सरदार पक्राउ

सप्तरी, राजविराज । सशस्त्र प्रहरीले मंगलबार दिउँसो प्रतिबन्धित लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । भारतीय सीमासँग जोडिएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ स्थित बेल्ही बोर्डर क्षेत्रबाट प्रहरीले लागुऔषधसहित कंचनरुप नगरपालिका ११ बस्ने २२ वर्षिय राजु सरदारलाई पक्राउ गरेको हो ।

दिउँसो ३ बजेतिर भारतीय बजार कुनौलीबाट पैदलै आइरहेका सरदारमाथी शंका लागेपछि चेकजाँच गर्दा उनको साथबाट ३५/३५ थानको दरले फेनारगन, डाइजेपाम र लिजेसिक लगायतका लागुऔषध बरामद गरिएको सशस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरी बल बोर्ड आउटपोष्ट खाँडोका प्रहरी सहायक निरिक्षक रामनारायण महतोको कमान्डमा खटिएको टोलीद्वारा पक्राउ परेका सरदारलाई लागुऔषध नियन्त्रण ऐन अन्तरगत कारवाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नं. ६ हेड क्वाटर राजविराजले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 13 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कैलालीका नदीमा देखिन थाले डल्फिन

कुरी-कुरी