Monday, July 26, 2021
HomeEditor-Picksरेड पाण्डा तस्करीको जालो : एकजना पासो थापेर मार्ने, अर्काले बजार खोज्ने

रेड पाण्डा तस्करीको जालो : एकजना पासो थापेर मार्ने, अर्काले बजार खोज्ने

७ थान रेड पाण्डाको छालासहित ३ जना बृद्धा पक्राउ

डि.वि.खालिङ,
sharethis

सल्लेरी, सोलुखुम्बु । मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्र वफरजोनभित्र गैरकानुनी तरिकाले रेड पाण्डाको सिकार गरी ओसारपसार गर्ने ३ जना बृद्धालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले चैत ८ गते ती बद्धाहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा महाकुलुङ गाउँपालिका वडा नं. २ का ७६ बर्षिय जगत वहादुर राई, सोही गाउँपालिका वडा नं. ३ का ५७ बर्षिय मितुरधन राई र वडा नं. ३ कै ५६ बर्षिय कविरशंखर राई रहेका छन् ।

११ चैतमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुद्धारा आयोजित पत्रकार सम्मेलनमा पक्राउ परेको घटना सार्वजानिक गरिएको हो । केही दिन अगाडी मात्रै महाकुलुङ गाउँपालिका वडा नं. १ का पवन विकलाई महानगरिय प्रहरी बृत्त भक्तपुरले जगातीमा १ थान रेड पाण्डाको छाला सहित पक्राउ गरेको थियो । विकको वयानको आधारमा तुरुन्तै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले प्रहरी निरिक्षण मन्दिप चौहानको कमाण्डमा खटाएको प्रहरी टोलीले ७ थान रेड पाण्डाको छाला र ५ थान रेड पाण्डा मार्न प्रयोग गरिने पासो सहित अभियुक्तहरुलाई घरैबाट पक्राउ गरिएको सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक कवित कटवालले वताए ।

संगठित रुपमै चोरी निकासीमा लागेका अभियुक्तवीचमा नै पहिलो ब्यक्तिको तेस्रो ब्यक्तिसंग सम्बन्ध नरहेको र दोस्रो ब्यक्तिको चौथो ब्यक्तिसंग कुनै सम्पर्क नहुने गरेको वताइएको छ । प्रहरीका अनुसार ५७ बर्षिय मितुरधन राईले पासो थापी रेड पाण्डा मारेर ५६ वर्षिय कविरशंखर राईलाई विक्रि गर्ने गरेका थिए भने विरशंखर राईले ७६ बर्षिय जगत वहादुर राईलाई विक्रि वितरण गर्दै आएका थिए । जगत वहादुर राईबाट भने पवन विकले अन्यत्र लैजाने गरेको पाइएको प्रहरीको भनाई छ ।

सोलुखुम्बुमा सगरमाथा राष्ट्रिय निकुञ्ज र मकालु वरुण राष्ट्रिय निकुञ्ज गरी २ वटा निकुञ्ज छन । यी २ वटा निकुञ्जमा मात्र विश्वकै दुर्लभ मानिने २ प्रतिशत रेड पाण्डा रहेको अनुमान गरिएको छ । रेड पाण्डाको चोरी निकासी गर्नेलाई कानुनमा ५ देखि १५ बर्षसम्म कैद र १० लाखसम्म जरीवानाको ब्यवस्था रहेको छ । हाल पक्राउ परेका ३ जना अभियुक्तलाई थप अनुसन्धानको लागि मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्र वफरजोनलाई जिम्मा लगाउने जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी महेन्द्र दर्नालले जानकारी दिए ।

संगठित रुपमै लागेका ती अभियुक्तहरुले हालसम्म के कति रेड पाण्डाको चोरी सिकारी गरे भन्ने खुलीसकेको छैन । रेड पाण्डाको निकासी किमाथाङका नाका हुदै चिन पठाउने गरेको हुन सक्ने प्रहरीको अनुमान छ । त्यस्तै त्यसको निकासी म्यान्मारमा हुने गरेको वताइएको छ । रेड पाण्डाको हालको वजार भाउ भने २ देखि ६ लाख रुपैयासम्म रहेको छ ।

(Visited 438 times, 1 visits today)
Loading comments...

आजको समाचार

कमजोर नबनून् राजनीतिक दलहरू !

नेपालको संविधान २०७२ को प्रस्तावनामामुलुकले ‘जनताको प्रतिष्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली’अँगाल्ने कुरा उल्लेख गरिएको छ । बहुदलीय प्रतिष्पर्धात्मक राज्य व्यवस्थामा आवधिक निर्वाचनको महŒवपूर्ण भूमिका...

निगमलाई निजीकरण नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमलाई तत्काल निजीकरण नगर्न अल्पकालीन आदेश जारी गरेको छ । नेपालका लागि नेपाली पार्टीकातर्फबाट आतिस कार्कीले दायर गरेको...

वर्तमान राजनीतिक अस्थिरताको जवाफदेहिता

प्रारम्भ नेपालको राजनीति अत्यन्त असहज बन्दै गयो ।संक्रमणबाट देशले मुक्तिपाउने अवस्था देखिँदैन । २०४६ सालपश्चात् सरदर एक वर्षमा एउटा सरकार बन्दैगएको छ । जनताको मतको...

चुस्त र प्रभावकारी मन्त्रिमण्डलको खाँचो

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेसँगै मन्त्री माग्नेहरूको थेगिनसक्नु भीड लागिरहेको छ । आफैंमा उदार स्वभावका प्रम देउवा र विभिन्न पार्टीहरूको जोडबलमा बनेको...

साताका लोकप्रिय समाचार

जसपा विवादः महन्थको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले महन्थ ठाकुर पक्षले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’...

यसकारण झस्के प्रधानमन्त्री देउवा ?

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । एक वर्षदेखि राष्ट्रपति...

एउटै भिडियो गीत सम्पादनको एक लाख रुपैयाँसम्म पारिश्रमिक

काठमाडौं । प्राविधिक दुनियाँमा दशकदेखि सक्रिय सुरेशकुमार राउतले चार सयभन्दा बढी म्युजिक भिडियो सम्पादन गरिसके । यसै सातामात्रै उनीद्वारा तीन भिडियो सम्पादन भए ।...

अध्यादेश मार्फत नियुक्त भएका पदाधिकारीलाई पदमुक्त गर्न माग

काठमाडाैं ।  पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारको पालामा अध्यादेश जारी गरी संवैधानिक परिषद्को सिफारिसबाट नियुक्त भएका विभिन्न संवैधानिक निकायका पदाधिकारीलाई पदमुक्त गर्न माग गर्दै...

माथिल्लो तामाकोसीबाट २ सय २८ मेगावाट विद्युत् उत्पादन

  काठमाडौं । दोलखामा निर्माण भएको राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको तेस्रो युनिटबाट समेत विद्युत उत्पादन सुरु भएको छ । शुक्रबार रातिदेखि...

ट्रेन्डिङ

शिक्षा विज्ञसँग कांग्रेसको छलफल

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले कोरोनाका कारण शैक्षिक क्षेत्रमा परेको असरलाई लिएर शिक्षाविद्स“ग छलफल गरेको छ ।  ‘शिक्षा क्षेत्रमा कोरोनाको असर र समाधानसहितको अबको...

केजरीवाल नयाँ दिल्लीका उच्च सरकारी अधिकारीसँग छलफल गर्दै

दिल्ली । भारतको नयाँ दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार नयाँ दिल्लीका उच्च सरकारी अधिकारीहरुसँग आवश्यक छलफल गर्ने भएका छन् । उनले बिहीबार अपरान्ह...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)