काठमाडौं । एलजीले नयाँ वर्ष २०७८ लक्षित गर्दै आफ्नो नयाँ अभियान, ‘हार्दिक बधाई तपाईलाई यस नयाँ वर्ष विशेष सबैलाई’ जारी गरेको छ । योजनाअन्तर्गत एलजीका लागि नेपालको अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्स्ले एलजीका घरायसी सामानको खरिदमा विशेष नगद छुट तथा पक्का उपहार प्रदान गरेको छ ।
नर्मल र स्मार्ट एलईडी टीभी, एयर प्युरिफायर, भ्याकुम क्लिनर तथा सिंगल डोर रेफ्रिजेरेटरकोे खरिदमा ग्राहकले आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । यस अफरमा ग्राहकले साइड बाइ साइड डोर रेफ्रिजेरेटरकोे खरिदमा १४ हजार ४ सय ९० मूल्यको फ्री माइक्रोवेभ ओभन र डबल डोर रेफ्रिजेरेटरकोे खरिदमा २ हजार ४ सय ५० मूल्यको फ्री स्ट्यान्ड फ्यान प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै, ग्राहकले माइक्रो वेभ ओभनको खरिदमा २ हजार ८ सय मूल्यको फ्री खाना पकाउने किट, डिस वासर र वासिङ मसिन फ्रन्ट लोड (९ केजीमाथि)को खरिदमा ५ हजार २ सय ३० मूल्यको फ्री भेजिटेबल प्युरिफायर, वासिङ मेसिन फ्रन्ट लोड (८ केजीसम्म)को खरिदमा २ हजार ६ सय ५० मूल्यको फ्री इलेक्ट्रिक केटली र वासिङ मेसिन टप लोडको खरिदमा १ हजार २० मूल्यको फ्री ड्राइ आयन प्राप्त गर्न सक्नेछन् । साथै हरेक एयर कन्डिस्नरको खरिदमा ग्राहकले ४ हजार मूल्यको फ्री जडान सेवा प्राप्त गर्न सक्नेछन् ।






