Saturday, September 25, 2021
Your Ads Here
HomeBreaking Newsओलीलाई प्रधानमन्त्रीबाट हटाउनु भनेको फलामको च्युरा चपाए जस्तै हो : मुख्यमन्त्री

ओलीलाई प्रधानमन्त्रीबाट हटाउनु भनेको फलामको च्युरा चपाए जस्तै हो : मुख्यमन्त्री

राजधानी समाचारदाता,
sharethis

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अब २ वर्ष केपी शर्मा ओली नै प्रधानमन्त्री हुने बताएका छन् ।
ओलीलाई प्रधानमन्त्रीबाट हटाउन खोज्नु फलामको चिउरा चपाउनु भन्दा गार्हो हुने उनको भनाई थियो । दक्षिण एशियाको नमुना ग्रामीण पर्यटकीय घलेगाउँमा आयोजित वृहत स्वास्थ्य शिविरको उदघाटन गर्दै उनले त्यस्तो बताएका हुन् ।

सरकार के होला ? भन्ने जिज्ञासा बढी रहेको बेला ओलीलाई हटाउन सोँचेजस्तो सजिलो छैन भन्दै पार्टी अध्यक्ष समेत रहेको ओली नेतृत्वको सरकार नै अबको २ बर्षका लागि कायम रहने गुरुङदे दावी गरे । प्रधानमन्त्रीलाई कसैले चाहदैमा हटाउन नसक्ने ठोकुवा गरे उनले । मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न गराएर प्रधानमन्त्री ओली नेतृत्वको सरकार गिराउने चर्को कसरत भइरहे पनि सोचे जस्तो सहज र संभव नभएको उनले बताए ।

माधवकुमार नेपाल र प्रचण्ड नेतृत्वको समुह सरकार गिराउने खेलमा चर्को मेहनेत गरिरहेको बताउँदै अविश्वासको प्रस्ताव ल्याएर सरकार ढालेर देखाउन चुनौती दिए । ‘आन्तरिक किचलोलाई बढाएर अर्को किचलोमा फसेकाहरूमा कसले नेतृत्व गर्ने भन्ने ठूलो द्वन्द्व छ, उनीहरू आफैंमा पनि नेतृत्वको समस्या रहेको छ ।’ उनले भने ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   भोलिदेखि कांग्रेसले ६४ जिल्लामा पालिका अधिवेशन गर्ने

एमाले बाहेक अन्य तीन पार्टी मिलेर सरकार बन्ने अवस्था घाम – जुन मिल्नु जस्तै रहेको उनको भनाई थियो । गण्डकी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा विशेष कार्यक्रम ल्याएको भन्दै गुरुङले प्रदेशमै जनशक्ति उत्पादन गर्ने र सेवा सुविधा राम्रो दिएर प्रदेशमा राख्ने योजनामा प्रदेश सरकार लागेको बताए ।

शिविर आरम्भका अवसरमा गाउँपालिका उपाध्यक्ष कुमारीमुनी गुरुङ, प्रदेश मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरे, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडी, जिल्ला अस्पतालका निर्देशक हेमन्त श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष आश गुरुङ लगायतको सहभागिता थियो । गण्डकी मेडिकल कलेज पोखरा, स्वास्थ्य कार्यालय, गाउँपालिका अन्तर्गत स्वास्थ्य शाखामा कार्यरत् स्वास्थ्यकर्मीले शिविरमा परीक्षण र उपचार सेवा दिइरहेको स्वास्थ्यकर्मी मोहदत्त ढकालले बताए । उनका अनुसार शिविरको पहिलो दिन कुल २ सय ५५ जनाले सेवा लिएका छन ।

तपाइको प्रतिक्रिया

(Visited 175 times, 1 visits today)

आजको समाचार

स्यानीटरी प्याडमा भन्सार महशुल बढाएको छैन : अर्थमन्त्रालय

  काठमाडौँ । सरकारले स्यानीटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय संचारमाध्यममार्फत फैलाएको हल्लाप्रति ध्यानाकर्षण भएको जनाएको छ । अर्थमन्त्रीको सचिवालयले...

त्रिशूलीमा कार खस्याे, एकै परिवारका तीन बेपत्ता

  चितवन ।  इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका...

कांग्रेस काठमाडौँको नगर अधिवेशन असोज १६ मा

  काठमाडाैं ।  नेपाली कांग्रेस काठमाडौँको नगर अधिवेशन यही असोज १६ गते हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन सम्पन्न भएका जिल्लाको...

करिश्मादेखी शान्ता चाैधरी समेतले होम सेन्टरमै दिए कक्षा १२ को परीक्षा

काठमाडाैं ।  राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै भदौ ३० गतेदेखि होम सेन्टरबाट सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट सम्पन्न भएको छ ।...

साताका लोकप्रिय समाचार

नेकपा एसको बैठक सुरु

काठमाडौं । नेकपा नेकपा (एकीकृत समाजवादी) काे केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक सुरु भएको हो । एकीकृत समाजवादी गठन...

सरकारको अलमल किन ?

ओली सरकारको अन्त्य र देउवा सरकारको निर्माणसहितको सर्वोच्च अदालतबाट परमादेश आदेश हुँदा निकै उत्साहका साथ निर्माण भएको देउवा सरकारको दुई महिना मन्त्रिपरिषद् विस्तार गर्न...

वैदेशिक व्यापार उतारचढाव वृद्धि सामान्य

दैनिक उपभोग्य र विलासिताका सामाग्रीका उच्च आयातको निराशाजनक निर्यातले देश ग्रस्त रहेको छ । फलस्वरूप देश आयातमुखी चर्को रूपमा बढ्दै छ । स्वदेशी उत्पादन...

खाद्यमा खेलबाड गर्नेमाथि कडा कारबाही गर

पूर्ण सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंको आफ्नो गोदाममा वर्षौंसम्म थन्किएर रहेको कुहिएको झन्डै ५ सय मेट्रिक टन बास्मती चामल बिक्रीका...

अब प्राधिकरणले ठूला उद्योगीले मागेजति विद्युत् दिने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खपत बढाउने योजनाअन्तर्गत ठूला उद्योगलाई मागेजति विद्युत् उपलब्ध गराउन निर्धाणाधीन प्रसारण तथा वितरण लाइन र सबस्टेसन आयोजनाको निर्माणलाई...

ट्रेन्डिङ

शनिबार ३२ जना थपिए नयाँ संक्रमित, काठमाडौंबाट १ जना

काठमाडौं । शनिबार ३२ जना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरपुर अस्पतालमा गरिएको परीक्षणबाट ३२...

नेकपाको स्थायी कमिटी बैठक सकियो, ५ गते ओली प्रचण्डविच सहमति हुने

 
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   कांग्रेस काठमाडौँको नगर अधिवेशन असोज १६ मा
काठमाडौं । बालुवाटरमा बसेको नेकपा स्थायी कमिटी बैठक सकिएको छ । ५ पुसमा पुनः बस्ने गरी बैठक सकिएको हो । अध्यक्षद्वय केपी शर्मा ओली र...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)