Wednesday, September 22, 2021
Your Ads Here
Homeअर्थमाछा, मासु, दुध र अण्डा मुलुक आत्मनिर्भर भएको सरकारको घोषणा

माछा, मासु, दुध र अण्डा मुलुक आत्मनिर्भर भएको सरकारको घोषणा

कौशिला कुँवर,
sharethis

काठमाडौँ । सरकारले मुलुक पशुपन्छिजन्य उत्पादन माछा, मासु, दुध र अण्डामा आत्मनिर्भर भएको घोषणा गरेको छ । विहिबार एक कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक पशुपन्छिजन्य उत्पादन माछा, मासु, दुध र अण्डामा आत्मनिर्भर भएको घोषणा गरेको हुन् ।

प्रधानमन्त्री ओलीले पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा संगै दूध ढुवानीको लागि प्रतिक(लोगो) चिन्हको समुद्घाटन, धुलो दूधको नयाँ प्याकेज समेत सार्वजनिक गरेका । प्रधानमन्त्री ओलीले पशुपन्छिजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषण गरे तापनि मुलुक मासु र अण्डामा मात्र आत्मनिर्भर भएको कृषि मन्त्रालयले जनाएको छ । दुधमा आत्मनिर्भर उन्मुख रहेको मन्त्रालयले जनाएको छ ।

कृषि मन्त्रालयको तथ्यांक अनुसार हाल मुलुकमा २३ लाख १ हजार मेट्रिक टन दूध, ५ लाख ४८ हजार मे. टन मासु उत्पादन हुन्छ । १ अर्ब ६१ करोड गोटा अण्डा र ९१ हजार मे टन माछा उत्पादन भएको छ । हालको प्रचलित बजार मूल्यको आधारमा करिब १ खर्ब २२ अर्ब दूधबाट, करिब २ खर्ब ७५ अर्ब मासुबाट,१७ अर्ब अण्डाबाट र ३७ अर्ब माछाबाट गरी कुल ४ खर्ब ५० अर्ब रुपैया बराबरको खाद्यबस्तुको उत्पादन भई आयात प्रतिस्थापन भएको मन्त्रालयको दावी छ ।

विश्व खाद्य तथा कृषि संगठनले प्रति व्यक्ति प्रति वर्ष न्यूनतम ९१ लिटर दूध, १४ केजी मासु, ४८ गोटा अण्डा उपभोगको लागि सिफारिश गरेको छ । नेपालमा प्रति व्यक्ति प्रति वर्ष ७९ लिटर दूध, १८.१ केजी मासु, ६१ गोटा अण्डा उपलब्ध हुने गरी अण्डा उत्पादन हुने गरेको मन्त्रालयको दावी छ ।

मन्त्रालयका अनुसार प्रत्येक बर्ष ५ लाख देखि ६ लाखको हाराहारीमा आयात हुने बाख्रा हाल ९७ प्रतिशतले घटेको छ । राँगा भैसीको आयात विगत २ वर्ष देखि यता शुन्य भएको मन्त्रालयको दावी छ । कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले नेपाल पशुपन्छीजन्य उत्पादनको क्षेत्रमा आत्मनिर्भर भएकोले अब निर्यात प्रवद्र्धधनमा जोड दिनु पर्ने बताए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   नेप्से सूचक १०४.८८ अंकले बढ्याे

प्रधानमन्त्री ओलीले पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर घोषणाले कृषि विकासको क्षेत्रमा मुलुक एक कदम अघि बढेको बताए । कुनै न कुनै क्षेत्रमा हरेक दिन एक कदम अघि बढ्ने सरकारी नीति अनुसार कृषि क्षेत्रमा नयाँ प्रगति जनतासामु ल्याइएको उनको दावी गरे । ‘देश एक कदम अघि बढेको छ । सबै नेपाली दाजुभाइ दिदी बहिनीलाई बधाई छ, यो राष्ट्रिय सफलता हो’ उनले भने । कृषि रोजगारको आकर्षण क्षेत्र बनेको छ । कृषिको क्षेत्रको विकास गर्न उत्पादनमा विविधता र बजारीकरण सरकारको प्राथमिकता भएको प्रधानमन्त्रीले ओलीले बताए । नेपालीको सौखिन खाने शैलीले गर्दा प्रशस्त उत्पादन हुँदा पनि कृषिजन्य बस्तुको आयात नघटेको उनको भनाइ छ ।

यसैगरी प्रधानमन्त्री ओलीले स्वदेशमै उत्पादन भएको बिजुलीबाटै रासायनिक मल कारखाना खोल्ने बताए । उनले रासायनिक मल कारखाना खोल्न आवश्यक पर्ने बिजुली दिन कुनै एक परियोजना नै उपलब्ध गराउन सरकारले तयारी थालेको जानकारी दिए । उनले प्राकृतिक ग्याँसबाट मल उत्पादन गर्दा सस्तो पर्ने भएपनि महँगौ लगानीबाट स्वदेशमै उत्पादन हुने विजुलीबाट मल कारखाना खोल्ने बताए ।

कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा कुमारी अर्यालले निर्यात प्रवर्द्धनका लागि वाधक रहेको निश्चित पशुपन्छीका रोगहरु उन्मूलन तथा रोकथामका कार्यक्रममा मन्त्रालयले जोड दिइरहेको बताइन् । उनले र अव निकट भविष्यमा नेपालका पशुपन्छीजन्य उत्पादनहरु निर्वाध विश्व बजारमा पुग्ने बताइन् ।

तपाइको प्रतिक्रिया

(Visited 213 times, 1 visits today)
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   स्थायी समिति प्रचण्डको ‘बिफ्रिङ’ : बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ

आजको समाचार

परराष्ट्रमन्त्री खड्काद्वारा शपथ, लगत्तै न्यूयोर्क जाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्कालाई आज पद तथा गोपनीयताको शपथ दिलाएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा...

लागूऔषध चरेस कारोबारको नयाँ शैली

काठमाडौं । लागूऔषध कारोबारमा संलग्न गिरोहले लागूऔषध चरेसको नयाँ शैलीबाट ओसारपसार गर्दै व्यापार गर्दै आएको पाइएको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले चरेस...

नेपालको चुनौती समाप्त

काठमाडौं । हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपालको एएफसी महिला एसियन कप–२०२२ छनोटको यात्रा समाप्त भएको छ । जित निकाल्नै पर्ने खेलमा हङकङको महिला राष्ट्रिय...

नेप्से सूचक १०४.८८ अंकले बढ्याे

काठमाडौं । सेयर बजारमा चमक आएको छ । मंगलबारदेखि सुधारको लयमा फर्किएको सेयर बजारमा बुधबार नेप्से सूचक १०४.८८ अंकले बढेर २८१६.९५ विन्दुमा आइपुगेको छ...

कुहिएको झन्डै पाँच सय टन चामल बिक्री गर्न सुर्खेत पठाइयो

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनताको स्वास्थ्यमाथि चरम खेलबाड गर्दै आएको पाइएको छ । आफ्नो गोदाममा रहेको कुहिएको झन्डै...

साताका लोकप्रिय समाचार

राजनीतिमा व्यक्तिको होइन, कार्यशैलीको महत्व हुन्छ

राजनीतिमा व्यक्तिको होइन कार्यशैलीको महत्व हुन्छ भने कुरा अहिले होइन प्राग, ऐतिहासिक कालबाटै मान्य हुँदै आएको हो । पूर्ववैदिक युगकै समयमा ठूलाले सानालाई बलियोले...

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा थप २७ हजार १७६...

पोखरीमा चार वर्षीय छाेरासहित आमाकाे शव फेला

  जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकामा साेमबार बिहान एक पोखरीमा आमाछोराको शव फेला परेकाे छ । धनुषाधाम नगरपालिका– २ धर्मपुर टोल बस्ने अशोक सिंहकी २८ वर्षीया...

नेपालले आज फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपालले आज फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ । उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले बलियो टिम फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ...

बर्दियामा छिमेकीले बँदेललाई थापेको पासोमा परेर एकै घरका ३ जनाको मृत्यु

गुलरिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–३ गोदाना भन्ने ठाउँमा शुक्रबार राति जंगली जनावरलाई थालेको विद्युत्तीय पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बँदेललाई...

ट्रेन्डिङ

पार्टीको विवाद मिलाउन बामदेवले राखे दुई अध्यक्षलाई ६ बुँदे प्रस्ताव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी विग्रह तत्काल रोक्नका लागि भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई ६...

काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयमा आजदेखि यी सेवा बन्द

काठमाडौं । काठमाडौंसहित उपत्यकका तीन जिल्ला प्रशासन कार्यालयले आज आइतबारदेखि १६ दिनसम्मका लागि अत्यावश्यकबाहेक अन्य सेवा बन्द गराएका छन् । कोरोना संक्रमण बढ्दै गएकाले...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)