Wednesday, April 14, 2021
Home सौजन्य चियाको चर्चा

चियाको चर्चा

कथा

उमेश रेग्मी,

‘चिया खान आउने होइन ?’, श्रीमतीले बोलाइन सधैंझैं भान्छाबाट । हरेक दिन धेरैपल्ट सुनिने यो प्रश्न । आज अलि अनौठो लाग्दै थियो । ‘पिउने कुरालाई पनि खान बोलाउँदै छिन्,’ यस्तै सोच्दै लम्कें भान्छाकोठातिर ।

‘चिया पिउने हो नि बुढी, खाने कहाँ हो त ?’, मैले उनको वाक्य सुधार्न खोजें ।

‘खाए पनि, पिए पनि जाने पेटमा नै हो,’ उनको सटिक जवाफले मलाई चुप बनाइदियो । त्यसैबेला मेरा मित्र आइपुग्यो ‘नमस्ते’ गर्दै ।

‘भाउजु एककप चिया खाउँ न,’ उसले कुर्सीमा टुसुक्क बस्दै आफ्नै घरझैं फर्माइस तेस्र्यायो, उसकी ‘भाउजु’ याने कि मेरी श्रीमतीलाई । उसले पनि चिया खाने नै कुरा ग-यो । मलाई चित्त बुझेन ।

‘मित्र चिया त पिउने हो नि कहाँ खाने भनिरहेको ?’ ऊ एकैछिन अकमकायो । केही सोचेजस्तो गरे अनि बोल्यो, ‘चिया खाने भन्ने बानी लागिसक्यो, पिउने

भन्न त आउँदो रहेनछ । फेरि जे भने पनि सुन्नेले बुझे भइहाल्यो नि मित्र ।’

उसको कुरासँग म सहमत हुन सकिनँ, ‘सुन्नेले बुझ्ने अनि त्यहीअनुरुप कार्य गर्ने भए त के के भइसक्थ्यो यो मुलुकमा । सुनेर बुझ पचाउनेको मात्रा धेरै भएको ठाउँमा बोल्दाखेरि नै शुद्ध र प्रस्ट बोले पो त † जाबो एउटा चिया पिउने कुरा त सही भन्न नसक्ने जमात भएको हाम्रो समाजमा ठुलो कुराको के अपेक्षा राख्नु ?’

धेरै कुरा एकपछि अर्को गर्दै आउन थाले मनमा तर मैले केही भनिनँ । एकैछिन आएको मित्रलाई आफ्ना कुराले किन खिन्न बनाउनु ? भन्ने लाग्यो ।

मित्रले चिया सकाएपश्चात ‘अफिस जान ढिलो भयो’ भन्दै बिदा लियो । म पनि अफिस जाने तयारी गर्न लागें ।

दुई महिनाअघि बढोत्तरी पाएर हाकिम भएको मेरो शान नै फरक भएको थियो अफिसमा । पुग्नेबित्तिकै पियनले चिया सोध्नेक्रमबाट अफिसको कार्य आरम्भ हुने गथ्र्यो । ‘चिया खाने हैन त सर, लेराउँ ?’ सदाझैं पियनले आफ्नो टाउको हल्लाउँदै सोध्यो । म कुर्सीमा बस्न भ्याएको पनि थिइनँ ।

‘यो पनि चिया खाने कुरा गर्छ ! लेराइज एककप ।’ आफ्नो बिहानदेखिको दिक्दारी सहदै चिया मगाएँ । चियाको पर्खाइमा टेबलमा छरपस्टिएका फाइल मिलाउन थालें ।

अफिसमा समान ओहोदामा काम गर्ने मित्र आए, फाइल बोक्दै मेरो कोठामा ।

‘ओ हो सरले चिया खान लाग्नुभएको रहेछ । मैले आज व्यस्त भएर खान नै पाएको छैन । ए कान्छा, मलाई पनि एककप चिया लेरा त । कस्तो तलतल लागि सक्यो,’ एकै सासमा सबै भन्न भ्याए, मित्रले । म सोच्न थालें, ‘चिया खानेमात्र नभएर यसको तलतल पनि लाग्दोरहेछ । होइन चिया त चिया नभएर एउटा नशा नै पो रहेछ ।’

उनलाई भन्न मन लागेन चिया त पिउने हो खाने होइन भनेर, म शायद बिहानदेखि त्यही कुरा दोहो¥याउँदा दोहो¥याउँदा वाक्क भइसकेको थिएँ ।

हामी दुई चियाको चुस्कीसँगै फाइलको काम सकाउनतिर लाग्यौं । फोनको घन्टी बज्यो, ‘सरलाई निम्तो आयो त ?’ पार्टी कार्यकर्ताको चिरपरिचित स्वरले खै के निम्तोको कुरा गर्दै थियो, मैले बुझिनँ । सोधें उसलाई, ‘के को निम्तो अनि कहाँबाट हो कार्यकर्ताज्यू ?’ फोनको अर्को पट्टिबाट उत्तर आयो, ‘नेताज्यूको निवासमा चिया पार्टी छ क्या भोलि, त्यसैले निम्तोको कुरा गरेको नि † निम्तो हात नपरेको भए पनि आउनुपर्छ है । नेताज्यूसँग बसेर चिया नखाएको पनि धेरै भइसक्यो ।’ फोन काटियो तर मचाहिँ फेरि ‘चिया खाने’ कुराले टाउकोमा हात समातेर धुन्मुनाउन थालें । यस्तो लाग्यो शब्दकोषमा ‘चिया पिउने’ होइन, ‘चिया खाने’ भनेर सच्याउँजस्तो । सँगै रहेका मित्र मेरो

हरकतबाट अचम्भित देखिन्थे ।

‘के भयो मित्र, कसको फोन अनि के को निम्ताको कुरा गरेको ?,’ उनले आफूलाई रोक्न सकेनन्, सोधिहाले आफ्नो कौतुहलता मेट्नु जो थियो ।

‘नेताज्यू कहाँ चिया पार्टी रे ! त्यसैको निम्तो । म त जान्नँ । राजनीतिक गफबाहेक हुने अरु केही होइन । चिया त बहानामात्र हो, त्यहाँ कसलाई कसरी लडाउने र कसलाई पछार्ने ? भन्नेबाहेक अरु कुरा हुने होइन । सबै आफ्नै स्वार्थसिद्ध गर्ने धुनमा हुन्छन्, हामी गएर के गर्नु ? फेरि त्यही एककप चिया लिन पनि घन्टौं कुर्नुपर्छ । कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेजस्तो, देशमा यत्रायत्रा समस्या अनि काण्डमाथि काण्ड घटिरहेछन्, त्यसको निवारण गर्नु त कता हो कता ? चिया पार्टी गर्दै ‘वाह वाह’ बटुल्नुपर्ने । त्यस्तो ‘वाह वाह’ चाहिन्थ्यो त नाचघरमा गएर कम्मर हल्लाएको भए हुन्थ्यो, दर्शकले ताली पनि बजाउँथे अनि आफ्नो इज्जत पनि ज्यूकात्यू रहन्थ्यो । संसारले थुक्न थालिसके, उसलाई चाहिँ चिया पार्टी गर्दै ठीक्क छ, फेरि त्यो पनि सरकारी पैसामा ।’ म रोकिएँ ।

मित्रले भने, ‘यस्तै हो सर, यो देशको अवस्था, हाम्रा नेता अनि सधैं उनीहरूलाई नै जिताउने हामी । यस्ता कुरा जति गरे पनि सकिँदैन । जाउँ घर बरु पाँच पनि बजिसक्यो ।’

हामी दुवै निस्कियौं अफिसबाट । मित्र आफ्नो बाटो लागे । म घर फर्किन ट्याम्पो कुर्न थालें ।

‘ओ हो बन्धु † निकैपछि भेट भयो नि त, कता हो आजभोलि ?’, एउटा चिरपरिचित अनुहार मसामु आएर उभियो । मैले ‘नमस्ते’ टक्र्याएँ र घर जान ट्याम्पो कुरिरहेको वृतान्त सुनाएँ ।

‘यत्रो समयपछि भेट भएको छ, यसो चियासिया खान जाउँ अनि त्यतै बात मारुला,’ उनको यस्तो आग्रह मैले ‘नाइँ’ भन्न सकिनँ । मनमनै सोचें, ‘यिनले चाहिँ कुरा ठीक गरे है, चिया त पिउने नै हो तर सियाचाहिँ खाने होला शायद तर यिनको सियाचाहिँ के होला ?’ सोध्न मन लागे पनि हिम्मत जुटेन । मान्छेपिच्छे फरक

हुन्छन्, आजभोलि चियासँग आउने सियाहरू † उनले नजिकैको रेस्टुराँमा लगे मलाई र सोधे, ‘के पिउने ?’

‘आहा † बल्ल सही मान्छे भेटियो, यिनले चिया खाने भनेन,’ मनमनै सोच्दै मैले आफ्नो फर्माइस गरें, ‘एकएक कप चिया पिउन त दाइ ।’

‘यतिखेर के को चिया ? मत यसो सियातिर लागौं कि भन्ठानेको,’ मुसुक्क हाँस्दै उनले दुई बोतल बियर मगाए । मैले उनको ‘चियासिया’मा सियाको अर्थ बुझें । उनको हरेक साँझ यस्तै चियासियामा बित्नेरहेछ भन्ने कुरा उनीसँगको छोटो बसाइमै प्रस्टियो । हरेक औसत जागिरेको जीवन कहानीझैं उनले आफ्नो कहानी प्रस्तुत गरे बियरको घुट्कोसँगै ।

बियर सकियो । हामी छुटियौं । ट्याम्पो चढेर म घरतिर लागें । श्रीमती सधंैझैं हातमा चिया लिएर कुरिरहेकी रहिछिन् तर मैले चिया खाइनँ ।

(Visited 79 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोनाबीच नेपाली निर्यात क्षमता सन्तोषजनक

कोरोना महामारीसँगै नेपालको उत्पादन निर्यातमा वृद्धि हुने विश्व बैंकको प्रक्षेपणले नेपालीमाझमा आशाको सञ्चार गरेको छ । जीविकोपार्जनमुखी उत्पादन प्रणाली भएको नेपालमा कोरोना महामारीपछि वैदेशिक...

विक्रम संवत्को सान्दर्भिकता

आजबाट २०७८ साल शुभारम्भ भएको छ । नेपालमा सर्वमान्य, वैधानिक र संवत्का रूपमा विक्रम संवत्लाई लिइन्छ । यही संवत्का आधारमा नेपालको राष्ट्रिय पञ्चांग अथवा...

कोरोना संक्रमणको जोखिम उच्च: सीमानाका खुकुलो, नाकाबाट आएकामा देखिँदै छ संक्रमण

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा भारततर्फ जोडिएका सीमानाकाबाट आउनेहरूको विवरण राख्ने र उनीहरूको स्वास्थ्य जाँच गर्ने काममा...

‘जलेर खरानी’

काठमाडौँ । राज लिम्बु र बिष्णु कट्टेल फिचर्ड 'जलेर खरानी'बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। हृदयस्पर्शी यस गीतमा स्वर, शब्द र संगीत...

निफमा तीन वटा नेपाली चलचित्रले प्रस्तिस्पर्धा गर्ने

काठमाडौँ । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब (नीफ) २०२१ मा यो वर्ष तिन वटा नेपालि चलचित्रले नेपाली फिचर फिल्म प्रतिस्पर्धामा अन्तर्गत भाग लिने भएका छन...

साताका लोकप्रिय समाचार

निफमा तीन वटा नेपाली चलचित्रले प्रस्तिस्पर्धा गर्ने

काठमाडौँ । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब (नीफ) २०२१ मा यो वर्ष तिन वटा नेपालि चलचित्रले नेपाली फिचर फिल्म प्रतिस्पर्धामा अन्तर्गत भाग लिने भएका छन...

कांग्रेस केन्द्रीय समिति बैठक वैशाख ५ गते

काठमाडाैं ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी वैशाख ५ गते बस्ने भएको छ । आजका लागि निर्धारित बैठक पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका...

चार सांसदको पद रिक्त हुँदै

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा माओवादी केन्द्रले कारबाही गरेका चारजना सांसदको पद रिक्त भएको सूचना दिने तयारी सभामुख अग्नि प्रसाद सापकोटाले गरेका छन...

भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि

बैतडी । बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा...

ट्रेन्डिङ

सौतेनी आमा बलात्कार गर्नेलाई जन्मकैदको फैसला

इलाम । त्रिसट्ठी वर्षीया सौतेनी आमालाई बलात्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले...

टोरेस सिटीमा

लन्डन । इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेन तथा स्पेनिस क्लब भ्यालेन्सियाका विंगर फेरान टोरेसलाई अनुबन्धित गरेको छ । सिटीले विंगर टोरेसलाई ३७ मिलियन पाउन्डमा...

प्रधानमन्त्रीज्यु कोभिडले थलिएको अर्थतन्त्रले ५० अर्बको निर्वाचन कसरी धान्छ ?

तेह्रथुम । नेकपा दाहाल नेपाल समुहका स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले कोभिड–१९ महामारीले थिलथिलो भएको मुलुकको अर्ततन्त्रले मध्यावधि निर्वाचन धान्न नसक्ने बताएका छन्...

स्वास्थ्य मन्त्री ढकालमाथि अख्तियारले छानबिन थाल्ने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्यजन्य उपकरण खरिदमा अनियमितता गरेको आरोपमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालमाथि छानबिन प्रक्रिया अघि बढाउने भएको छ...

यसरि नष्ट गरियो म्याद गुज्रेका खाद्य सामग्री

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले म्याद नाघेका करिब २ लाख बराबरको समान बरामद गरी नष्ट गरेको छ । चन्द्रपुर नगरपालिकाकी उप प्रमुख रामरती चौधरीको...

यमनका मन्त्रीहरु चढेको विमानमा आक्रमण २२ जनाको मृत्यु

कायारो । यमनको एडन सहरस्थित विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् । हालै गठन...

राष्ट्रिय सभा सदस्य पनि अब प्रधानमन्त्री !

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनका लागि कार्यदल गठन गरेको छ । नेकपा...

सिटिजन्स बैंकद्वारा एक लाख आर्थिक सहयोग

काठमाडौं । सर्वसाधारणलाई गुणस्तरिय सेवा तथा सुविधा दिँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जाजरकोटमा अवस्थित त्रिभुवन माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत एक लाख...

पहिरोले बासै उठेपछि विद्यालयमा काजक्रिया गर्दै

वालिङ । पहिरोले परिवारका नौ सदस्यसहित बासै उठेपछि भोजराज नेपालीले विद्यालयमा बसेर काजक्रिया गरेका छन् । स्याङ्जाको वालिङ–१४ तमादीमा गत बिहीबार माया नेपालीको घरमाथिबाट आएको...

उखु किसानको बक्यौता नतिर्ने चिनी उद्योगीलाई कारवाही गर्न जिल्ला प्रशासनलाई पत्र

काठमाडौं । लामो समय देखि उखु किसानको बक्यौता भुुक्तानी नगर्ने चिनी उद्योगीलाई कारवाही गर्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । मंगलबार...

खाने तेलमा १५ दिनमै दुई पटक मूल्य बढ्यो

काठमाडौँ । पछिल्लो समय उद्योगी व्यवसायीहरुले उपभोक्ताबाट खाने तेलमा मनपरी मुल्य असुल्ने गरेका छन् । उद्योगी व्यवसायीले सातादिनमै खाने तेलमा प्रतिलिटर १५ देखि २०...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)