Wednesday, April 14, 2021
Home Editor-Picks सम्पदा छन्, संरक्षण छैन

सम्पदा छन्, संरक्षण छैन

भक्तबहादुर शाही,

भक्तबहादुर शाही

काठमाडौं, लुम्बिनीपछि दैलेख ऐतिहासिक, धार्मिक पुरातात्विक र पर्यटकीय हिसाबले तेस्रोमा पर्छ । नेपाली भाषाको पहिलो शिलालेख, ज्वाला, बाइसे देवल किर्तिखम्ब, पाथरनाउली कोतगढी बेलापुर, झरना, ताल, गुफा जिल्लाका महत्वपूर्ण पर्यटकीयस्थल हुन् ।

धार्मिक एवं पर्यटनको दृष्टिले महत्वपूर्ण सम्पदा भने प्रचार–प्रसार र पूर्वाधार विकास अभावले जीर्ण बन्दै गएका छन् । प्राकृतिक अनुपम भौगोलिक, सुन्दरता विभिन्न खानीले ३२ जातजातिको उद्गमस्थल यही जिल्लामा छन् ।

पर्यटन विकास क्षेत्रको पञ्चवर्षीय गुरुयोजना बनाइए पनि कार्यान्वयनमा नआएर अवधि सकियो । पर्यटन क्षेत्र ओझेल परेको छ । जिल्लामा दर्जनभन्दा बढी एनजिओ र आईएनजिओ सरकारी कार्यालयको उदासिनताले सुनको सिरानीमा सुतेर नुन खोजी गरिरहेको छ । अधिकांश नगर र गाउँपालिकामा पर्यटकीयस्थल र पर्यटन सम्भावना भए पनि प्रबद्र्धनमा खर्च नगरिनु विडम्बनाजस्तै भएको छ ।

जिल्लाले सडक पहिलो प्राथमिकता राखे पनि अधिकांश पर्यटकीयस्थलसम्म यातायात पहुँच छैन । गन्तव्यस्थल पुग्न सडक सुविधा छैन । पदमार्गसँगै पर्यटकका लागि आवश्यक सुविधायुक्त होटल, खानेपानी, स्वास्थ्य र सुरक्षासमेत अभाव रहेको दैलेखमा पर्यटनमैत्री पूर्वाधार नबनेसम्म विकासले गति लिन सक्ने छाँटकाँट छैन ।

पञ्चकोशी क्षेत्रबाट जिल्लाले खासै फाइदा लिन सकेको छैन । तत्कालीन माओवादीको प्रतिकार उत्रेको दुल्लू विद्रोहको ठाउँमा दुल्लूमा गुरिल्लाविरुद्धको जनताको प्रतिरोध संग्रहालय बनाउन जरुरी देखिएको छ । यसो हुनसके पर्यटकीयस्थल थपिने अधिकांश आन्तरिक वाह्य र आन्तरिक पर्यटकलाई चासो विषय बन्न सक्ने दुल्लूबासी आशावादी छन् ।

पञ्चकोशी क्षेत्र आन्तरिक तथा वाह्य पर्यटकको आकर्षणमा परे पनि प्रचारप्रसार हुन नसक्दा आम्दानी लिन सकेको छैन । पर्यटकीयस्थलमा कच्ची सडक पुगे पनि अन्य पूर्वाधार पहँुचमा छैन । सामान्य खाना, आवाससमेत असुविधा छ ।

पञ्चकोशी क्षेत्रको श्रीस्थान तथा नाभिस्थानमा पुग्ने आन्तरिक तथा वाह्य पर्यटक मोटरसाइकल तथा निजी गाडी रिजर्भ गरी मन्दिर दर्शन गरेर फर्कन्छन् ।

देशको एकमात्र अखण्ड ज्वाला सदियौंदेखि पानीमाथि बलिरहने पञ्चकोशी राज्यको नजरमा पर्न सकेको छैन । प्रचुर पर्यटकीय सम्भावना भए पनि पञ्चकोशी पूर्वाधार नभएकै कारण पछि परेको हो ।

श्रीस्थान तथा नाभिस्थानलगायत अन्य केही क्षेत्र पुग्ने सडक सामान्यतया सुधार भएपछि पछिल्लो समय आन्तरिक पर्यटक छिटपुट घुम्न जानेक्रम सुरु भए पनि जिल्लामा सोचेजस्तो पर्यटक भित्रिएको छैन ।

पञ्चकोशी क्षेत्रसँगै जिल्लामा अन्य दर्जनौं पर्यटकीय गन्तव्य पूर्वाधार र प्रचारप्रसार अभावले ओझेलमा छन् । दैलेख नौमुले गाउँपालिकामा रहेको द्वारी झरना, चमेरेगुफा, नौमुले, गिद्ध नुहाउने ठाउँ, ठाँटीकाँध गाउँपालिकाको मदानताल, धौलापडा, मालिका मन्दिर, नाँकेगुफा, भिमका पाइला, डुंगेश्वर गाउँपालिकाको कुईयाँताल, दुल्लु नगरपालिकाको कृर्तिखम्व, दुल्लु दरबार, पाथरनाउली, सात खम्ब, पौवा दरबार, धुलेश्वर, पादुका, तल्लोडुंगेश्वर र नारायण नगरपालिकाको कोतगढी पाँचभाई पाण्डवद्वारा निर्मित पञ्चदेवल, बेलासपुरलगायत महत्वपूर्ण र जीवित सम्पदा हुन् ।

दैलेख सदरमुकामबाहिरका कतिपय पर्यटकीय गन्तव्यमा अहिलेसम्म सडकसमेत पुग्न सकेको छैन ।

पर्यटन प्रबद्र्धनमा सम्बन्धित निकायको चासो नपुग्दा ती क्षेत्र ओझेल परेको छ । दुल्लू नगरपालिका खागितडामा होमस्टे सञ्चालन गरिएको छ । ‘एक गाउँ एउटा साँस्कृतिक’ कार्यक्रम गर्नसके पर्यटक भित्रिनसक्ने गाउँ पर्यटक अध्यक्ष डा. प्रेम शर्माको विश्वास छ । शरीरका पाँच ज्ञानन्द्रिय थाहा पाएजस्तै पर्यटक भित्र्याउन तिनै ज्ञानन्द्रिय आवाश्यक पर्छ ।

‘गाँसबास, कपास र स्थानीय कच्चा पर्दाथ प्रयोग गरेमात्र पर्यटक आउँछन्, सम्पदा सबै चिज होइनन्,’ शर्मा भन्छन्, ‘सम्पदा, संस्कार संस्कृति हुन जरुरी छ, पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले समिति पनि गठन भए पनि कागजमै सीमित छ ।’

पर्यटक भित्र्याउन कर्णाली प्रदेशमा पहिलोपटक मानवनिर्मित पञ्चकोशी–कोटिला ताल निर्माणका लागि डिपीआर कार्य जारी छ । पञ्चदेवल पुग्न बाटो निर्माण जारी छ ।

नाराण नगरपालिका प्रमुख रत्नबहादुर खड्का नगरपालिका क्षेत्रमा रहेका ऐतिहासिक तथा पुरातात्विक सम्पदा प्रचारप्रसारका लागि वृतचित्र निर्माण गर्ने योजना रहेको बताउँछन् ।

‘दैलेखका ऐतिहासिक तथा पुरातात्विक सम्पदा संरक्षणसँगै प्रचारप्रसार र पर्यटन प्रबद्र्धनका लागि प्रदेश सरकारसँग अनुरोध गरेका छौं,’ नगरप्रमुख खड्का भन्छन्, ‘नारायण नगरपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको फिजिविलिटी अध्ययनका लागि विज्ञसँग परामर्श लिइरहेका छौं र सहयोगी संस्था खोजी गरी साझेदारी गर्न तयार छौं ।’

ठाँटिकाँध गाउँपालिका अध्यक्ष धिरबहादुर शाही गाउँपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण पर्यटकीय क्षेत्र प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक एकपटक पुग्नैपर्ने ठाउँ बनाउनेगरी योजना अघि बढाएको सुनाउँछन् ।

‘यस क्षेत्रमा रहेका सम्पूर्ण पर्यटकीय क्षेत्र संरक्षण तथा प्रबद्र्धनका लागि वृहत् गुरुयोजना निर्माण तयारीमा छौं,’ उनी भन्छन्, ‘पर्यटक भित्र्याउन सबैभन्दा पहिला पूर्वाधार विकास आवश्यकता हो । अहिले धार्मिक तथा पर्यटकीयस्थलसम्म पुग्न सडक निर्माण कार्य प्राथमिकतामा राखेका छौं ।’

यद्यपि, कर्णाली प्रदेशसभा सदस्य अमर थापा पूर्वाधार निर्माण र प्रचारप्रसार अभावमा जिल्लाको पर्यटन गतिविधि पछाडि परेको गुनासो गर्छन् । पर्यटन प्रबद्र्धनका लागि गुरुयोजना बनाउन लागिपरेको उनी बताउँछन् ।

उनका अनुसार दैलेख निर्वाचन क्षेत्र २ प्रदेश निर्वाचन क्षेत्र ‘क’ र निर्वाचन क्षेत्र १ प्रदेश निर्वाचन क्षेत्र ‘ख’ले संयुक्त रूपमा पर्यटन सडक तथा पञ्चकोशी कोटिला ताल निर्माण लागि योजना अघि सारेको छ ।
सांसद थापाले महाँबु क्षेत्र व्यवस्थित गर्नका लागि विशेष योजना बनाइने जानकारी दिए । महाँबु पर्यटन प्रबद्र्धनका लागि दमौडी थानदेखि महाँबुसम्म पुग्न रेलिङसहितको सिँढी निर्माण योजना बनाइएको छ ।

(Visited 71 times, 1 visits today)
Loading comments...

आजको समाचार

विज्ञापन क्षेत्रका विकृति हटाउने प्रतिबद्धता

काठमाडौं । विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन क्षेत्रमा देखापरेका विकृति र विसंगतिको अन्त्य गर्दै यस क्षेत्रमा आमूल सुधार गर्ने प्रतिबद्धता जनाएका छन्...

नयाँ वर्ष राजनीतिक एकताको वर्ष बनोस्

अहिले हामी नयाँ वर्ष २०७८ लाई स्वागत गर्दै छौं । नयाँ वर्षले सबैमा सुख, शान्ति समृद्धि लिएर आओस् । विकृति र विसंगति हटाइदियोस् ।...

जीप दुर्घटनामा प्रशासकीय अधिकृतसहित पाँचको मृत्यु

दाङ । प्युठानको स्वर्गद्वारी जाँदै गरेको जीप दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित पाँच जनाको मृत्यु भएको छ । बुधवार बिहान भएको...

मुम्बई इन्डियन्सको पहिलो जीत

इन्डियन प्रिमियर लिगको साविक विजेता मुम्बई इन्डियन्सले गएराती सम्पन्न खेलमा पहिलो जीत निकालेको छ । स्पीनर राहुल चहरको उत्कृष्ट बलिङको सहयोगमा कोलकत्ता नाइट राइडर्सलाई...

साताका लोकप्रिय समाचार

कांग्रेस केन्द्रीय समिति बैठक वैशाख ५ गते

काठमाडाैं ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी वैशाख ५ गते बस्ने भएको छ । आजका लागि निर्धारित बैठक पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका...

नेपालमा काेराेना संक्रमणबाट एकै दिन ८ जनाकाे मृत्यु

काठमाडाैं ।  कोरोनाभाइरसबाट संक्रमणबाट पछिल्लाे २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । नेपालमा सोमबार ५५९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ५...

१२ जनामा परीक्षण एकमा संक्रमण

काठमाडौं । केही दिनयता नेपालमा कोरोना संक्रमण दर अत्यधिक बढेको पाइएको छ । भारतमा संक्रमण दर बढेसँगै यहाँ पनि प्रभाव परेको हो । हाल,...

पढाइ लेखाइको सुन्दर पक्ष

भनिन्छ, शिक्षा मानिसको तेस्रो आँखा हो । शिक्षाबिना मानिसले जीवनको पूर्ण उज्यालो देख्न सक्दैन । शिक्षाबिना जीवनको क्षितिज अधुरो हुन्छ, अपुरो हुन्छ । अहिलेको...

कोरोना महामारीबाट मुक्ति र शान्तिका लागि कलश यात्रा

सप्तरी, राजविराज । कोरोना महामारीबाट मुक्ति, विश्व शान्ति र मानव कल्याणको प्रार्थना गर्दै यहाँका एक धार्मिक संस्थाले कलश यात्रासहित शक्तिपीठहरुमा पूजापाठ गरेका छन् । राजविराजस्थित...

ट्रेन्डिङ

राष्ट्रपतिबाट विभिन्न महानुभावलाई मानपदवी, अलङ्कार र पदकबाट सुशोभन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पु¥याएका महानुभावलाई आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अलङ्कार र पदकबाट सुशोभन...

लक डाउन र जेल उस्तै लाग्यो संजयलाई

मुम्बई बलिउड अभिनेता संजय दत्तलाई जेलको बसाई र अहिलेको घरको बसाई उस्तैलागेको उनले बताएका छन् । आफ्ना २ सन्तान सहित पत्नी मान्यता दत्त केही...

जहाँ धमाधम भइरहेको छ विकासको काम

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि गरिएको लकडाउनमा सडक विभागले सवारीसाधन र मानिसको भीड कम भएको मौका छोपेर आफ्नो कामलाई निरन्तरता दिएको...

बलिउडका स्टारको वास्तविक नाम

मुम्बई । भारतका थुप्रै कलाकारले बलिउडमा पाइला टेकेपछि आफ्नो नाम परिवर्तन गरेका छन् । यसरी आफ्नो नाम परिवर्तन गर्नेहरूमा अभिनेता अमिताभ बच्चनदेखि अजय देवगनसम्म...

म्यानचेस्टर शीर्ष स्थानमा कायमै

लन्डन । म्यानचेष्टर युनाइटेड इङ्लिस प्रिमियर लिगको पुनः अग्रस्थानमा उक्लिएको छ । आज बिहान सम्पन्न खेलमा फुलह्यामलाई २-० ले पराजित गर्दै  युनाइटेड शीर्ष स्थानमा...

विमानस्थल नियमित हवाई उडानमा जुट्यो

काठमाडौं । कोरोना महामारीका कारण बन्द व्यवसायिक उडान नियमित गर्न सरकारले अनुमति दिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन नियमित हवाई उडान सञ्चालन तयारीमा जुटेको छ...

तनहुँमा ६ वर्षीय बालकमा कोरोना पुष्टि, संक्रमितको संख्या १३७ पुग्यो

तनहुँ । जिल्लास्थित व्यास नगरपालिकाका-६ वर्षीय एक बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। यसैगरी, शुक्लागण्डकी नगरपालिकाका २८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमणको पुष्टि...

गजुरी प्रहरीद्धारा २० किलो चरेससहित एक जना पक्राउ

काठमाडौं । इलाका प्रहरी कार्यालय गजुरीले २० किलो आठ सय ग्राम चरेस सहित एक जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी...

प्रत्येक प्रदेशमा सेनाको आइसोलेसन वार्ड

काठमाडौं । नेपाली सेनाले विश्वभर फैलिँदै गएको कोभिड–१९ को जोखिमलाई मध्यनजर गरी प्रत्येक प्रदेशमा क्वारेन्टाइन र आइसोलेसन वार्ड तयार गरेको छ । सेनाले...

मैत्रीपुर्ण भलिबल प्रतियोगितामा कालिकोट बिजयी

कालिकोट । नेपाली सेनाको स्थापना दिवसका अवसरमा आयोजित मैत्रीपुर्ण भलिबल प्रतियोगितामा कालिकोटवासीको टिम बिजयी भएको छ । नेपाली सेना...

मध्यपुर नगर भदौ ९ सम्म लकडाउनः अस्पताल सिल, अरनिकाे राजमार्गमा यातायात राेक्न माग

भक्तपुर । मध्यपुरथिमि नगरपालिका क्षेत्रभित्र समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि लकडाउन गरिएको छ । नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको नेतृत्वमा उपप्रमुख अञ्जनादेवी मधिकर्मी, सबै वडाका वडाध्यक्ष,...

पदाधिकारी र सदस्यको सिफारिस अनुमोदन

काठमाडौं । नेपाली कांग्रेस खेलकुद विभागले मनोनयका लागि सिफारिस गरेको पदाधिकारी र सदस्यहरूको नामवली नेपाली कांग्रेस केन्द्रीय कार्यालयले अनुमोदन गरेको छ । विभाग प्रमुख...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)