Wednesday, September 22, 2021
Your Ads Here
HomeBreaking Newsफेरि २ अर्ब ७३ करोडको राजस्व छली

फेरि २ अर्ब ७३ करोडको राजस्व छली

मधुजंग पाण्डे,
sharethis

काठमाडौं नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली गर्ने विभिन्न नौ वटा कम्पनीविरुद्ध राजस्व अनुसन्धान विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । ती कम्पनीबाट २ अर्ब ७३ करोड ४४ लाख ५९ हजारको राजस्व छली भएको ठहर गर्दै सोही रकम बराबरको विगो असुल गरी सञ्चालकलाई कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको हो ।

राजस्व अनुसन्धान विभागका अनुसार रेणु ट्रेड इन्टरप्राइजेज, ओएनएस इन्टरप्राइजेज, रुपम ट्रेड कन्सर्न, आरजु इन्टरनेसनलका सञ्चालक किशोरी यादवसहित ओम श्रीराम इन्टरप्राइजेजका सञ्चालक वीरेन्द्र राम चमार, एभरेस्ट नेपाल ट्रेड कन्सर्नका महेश हजारा, द भिजन इन्टरप्राइजेजका सञ्चालन दुर्गेश कुमार झा, गेरु गणेश इम्पोर्ट एन्ड एक्सपोर्टका सञ्चालक सुरेश सहनी मलाह र एनआईसी ट्रेडर्सका प्रोपाइटर भूपेन्द्र कार्कीविरुद्ध मुद्दा दायर गरिएको हो ।

उनीहरूमध्ये किशोरी यादवले विभिन्न नक्कली फर्म तथा कम्पनी खडा गरी झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर बीजक जारी गरी राजस्व छली गरेको भन्दै विभागले दुई अर्ब १७ करोड ३५ लाख १८ हजार १ सय ७ रुपैयाँको बिगो दाबीसहति मुद्दा दायर गरिएको जनाएको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   परराष्ट्र कांग्रेसको भागमा, खड्का मन्त्री बन्दै

यसैगरी, ओम श्रीराम इन्टरप्राइजेजका सञ्चालक वीरेन्द्र राम चमारसहित पाँचवटा फर्मलाई ५६ करोड ९ लाख ४० हजार ८ सय ९६ रुपैयाँ राजस्व छली गरेको अभियोगमा मुद्दा दायर गरिएको छ । जसमध्ये चमारलाई मात्र २७ करोड ६३ लाख ४० हजार ७२५ रुपैयाँ विगो दाबीसहित मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ ।

त्यसैगरी, विभागले अन्य सञ्चालक हजाराविरुद्ध १० करोड १२ लाख, झाविरुद्ध १० करोड १० लाख, सुरेशविरुद्ध ७ करोड ७९ लाख र कार्कीविरुद्ध ४३ लाख रुपैयाँभन्दा बढी बिगो दाबीसहित मुद्दा दायर गरेको जनाएको छ ।

यी सबैले नक्कली मूल्य अभिवृद्धि कर बीजक (भ्याट बिल) मार्फत राजस्व छली गरेको विभागको दाबी छ । उनीहरूले राजस्व छलीको क्रममा मालवस्तु खरिद तथा आयात नै नगर्ने र झुटा विवरण देखाउनेजस्ता काम गरेको विभागको दाबी छ ।

तपाइको प्रतिक्रिया

(Visited 401 times, 2 visits today)

आजको समाचार

नेपालको चुनौती समाप्त

काठमाडौं । हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपालको एएफसी महिला एसियन कप–२०२२ छनोटको यात्रा समाप्त भएको छ । जित निकाल्नै पर्ने खेलमा हङकङको महिला राष्ट्रिय...

नेप्से सूचक १०४.८८ अंकले बढ्याे

काठमाडौं । सेयर बजारमा चमक आएको छ । मंगलबारदेखि सुधारको लयमा फर्किएको सेयर बजारमा बुधबार नेप्से सूचक १०४.८८ अंकले बढेर २८१६.९५ विन्दुमा आइपुगेको छ...

आमा बनिन् प्रियंका कार्की

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीलाई पुत्री लाभ भएको छ । उनी बुधबार आमा बनेकी हुन् । उनका श्रीमान आयुष्मान देशराज जोशीले आफु पिता बनेको...

मोडल कुन्साङ बोम्जन फिचर्ड ‘केवल तिमीभित्रै’

काठमाडौं । सामाजिक कार्यको साथमा नेपाली गीत संगीतमा सक्रिय स्रष्टा र सर्जकको सिर्जनालाई बचाई राख्ने उदेश्य साथ स्थापित स्मुल सिङ्गिङ ओपन ग्रुपको प्रस्तुतिमा रहेको...

स्थायी समिति प्रचण्डको ‘बिफ्रिङ’ : बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ

  काठमाडाैं ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति...

साताका लोकप्रिय समाचार

चीनमा शक्तिशाली भूकम्प, दुई जनाको मृत्यु

  बेजिङ । चीनमा शक्तिशाली भूकम्प गएको छ । सिचुयान प्रान्तमा ६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पमा परी दुई जनाको मृत्यु भएको छ । बिहीबार...

विश्वकर्मा बाबाको मन्दिर उद्घाटन सम्पन्न

  चितवन । भरतपुर महानगरपालिका वडा नं. १७ गोब्रेनीमा शनिवार आयोजित एक कार्यक्रममा विच विश्वकर्मा बाबाको मन्दिर उद्घाटन गरिएको छ । भरतपुर महानगर पालिका वडा अध्यक्ष...

कागज मिलाइदिन्छु भन्दै पाँच हजार घुस लिने पक्राउ

  सप्तरी, राजविराज । सेवाग्राहीसँग घुस लिएको आरोपमा एक कर्मचारी पक्राउ परेका छन् । सप्तरी सदरमुकाम राजविराजस्थित घरेलु तथा साना उद्योग कार्यालयमा कार्यरत बिरेन्द्र साह...

संविधान दिवस : ताप्लेजुङमा हत्या मुद्दाका तीन जनाको आधा कैद सजाय मिनाहा

  ताप्लेजुङ । संविधान दिवसका अवसर पारेर ताप्लेजुङमा तीन कैदीको सजाय मिनाहा गरिएको छ । पाथीभरा याङवरक गाउँपालिकाका-१ हर्कबहादुर राई फुङलिङ नगरपालिका-३ का प्रेम लिम्बु र कुमार...

पत्रकार यात्रुसहित चारलाई नगद पुरस्कार र सम्मान

  काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा नियन्त्रणको क्षेत्रमा बिशेष योगदान दिएको भन्दै वरिष्ठ पत्रकार कुमार यात्रु लगायत दुई जना...

ट्रेन्डिङ

पुष्प र श्रद्धाको ‘कृष्ण–लीला’ चैत्र २७ मा

काठमाडौ । पुष्प खड्का कृष्ण र श्रद्धा क्षेत्री लीलाको भूमिकामा गरेको फिल्म ‘कृष्ण–लीला’ को प्रदर्शन मिति तय भएको छ । दीपक ओली निर्देशीत फिल्म...

मिस वल्र्ड मानुषीलाई छटपटी

मुम्बई । मिस वल्र्डकी विजेता ऐश्वर्य राय बच्चनदेखि थुप्रै सुन्दरी बलिउड नगरीमा नायिकाका रूपमा आए । यसै क्रममा सन् २०१७ की मिस वल्र्ड विजेता...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)