प्रेममय कविता लिएर आए ‘एटम’

काठमाडौं । कवि तथा समालोचक नेत्र ‘एटम’ले आफ्नो नयाँ कविता संग्रह ‘प्रिय मौनता’ पाठकमाँझ ल्याएका छन् । शनिबार राजधानीमा एक समारोहबीच यो पुस्तकको प्रा.डा. कृष्णहरि बराल, पत्रकार दीपक सापकोटा र कवि अमृता शर्माले विमोचन गरे ।

प्रिय मौनतामाथि लामो समयबाट नेपाली साहित्य क्षेत्रमा क्रियाशील रहेका ‘एटम’को यो पहिलो कवितासंग्रह हो । यस अघि साहित्यिक र गैर–साहित्यिक थुप्रै पुस्तक बजारमा ल्याए पनि कवितासम्बन्धी पुस्तक उनले पहिलोपटक बजारमा ल्याएका हुन् ।

कवि नेत्रले यो संग्रहको कवितालाई ‘उपासना कविता’ भनेर उपनाम दिएका छन् । आफूले प्रेम गरेका मानिसका लागि समर्पणस्वरूप यसलाई उपसना राखिएको उनले विमोचन समारोहमा प्रकाश पारे । आफूले विभिन्न विद्धान कविको शैली र भावलाई सापटी लिएर संग्रहका कविता तयार गरेको पनि उनले कार्यक्रममा स्पष्ट पारे । ती शैली र भावलाई आफ्नो शैलीमा परिवर्तनको कोसिस गरेको उनले बताए ।

यो कविता संग्रहमा उनले प्रेमलाई केन्द्रमा राखेर तयार गरेका कविता समेटेका छन् । संग्रहमा प्रणयको प्यासन, प्रमुदित प्रकृति, अभीप्साको उद्बोदन, उपासानाको आलोक खण्ड छन् । जसमा ६० वटा कविता संग्रहित रहेका छन् ।

कवि नवीन प्यासीले सञ्चालन गरेको कार्यक्रममा कवि एलिशा एकलास, बाबा बस्नेत, अतुल तिम्सिना, नवीन शर्मा र निरज दाहालले ‘एटम’का कविता वाचन गरेका थिए । विमोचनपछि पुस्तकमाथि अन्तक्र्रिया गरिएको थियो । अन्तक्र्रियामा प्रा.डा. कृष्णहरि बराल, पत्रकार दीपक सापकोटा र अमृता शर्माले प्रिय मौनतामाथि आफ्नो विचार राखेका थिए ।

डा. कृष्णहरि बरालले कविता सबैले लेख्दै आएको भए पनि आफ्नोपन दिन नसकिरहेको अवस्थामा नेत्र ‘एटम’ले आफूले फरक पहिचानको कविता ल्याएको जिकिर गरे । कविता लेख्दै आएका कतिपयले कविता भन्दै नबुझेको तर नेट आफैं कविताको चिरफार गर्ने स्रष्टा भएको पनि बरालले बताए । कवितालाई गहिराइबाट बुझेका नेत्रको कविता पनि त्यत्तिकै प्रभावशाली भएको जिकिर उनले गरे ।

कवि अमृताले नेत्रका कविता निकै गहन भएको बताइन् । कविताको चिरफार गर्दै उनले प्रेमको धारमा देखिएका यी कवितामा प्रेमका विविध दर्शन समेटिएको छ भनिन् ।

कवि तथा पत्रकार दीपक सापकोटाले नेत्रका कविता नेपाली कवितामा एक मानक बन्न सक्ने विश्वास आफूले लिएको बताए । कवितालाई नबुझी लेख्नु र बुझेर लेख्नुमा धेरै अन्तर हुने गरेको छ भन्दै नेत्रका कविताबाट आफू प्रभावित भएको बताए । यो कविता संग्रहलाई शिखा बुक्सले बजारमा ल्याएको हो । कविता संग्रहको मूल्य ३ सय ५० रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 510 times, 3 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रुकुमपश्चिम सानीभेरी-१ मा माओवादी केन्द्रको प्यानल नै विजयी