लकडाउनको हल्लाले व्यवसायी चिन्तित

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमितको संख्या केही बढ्न थालेसँगै पुनः लकडाउनको हल्लाले व्यवसायी चिन्तित भएका छन् । गत वर्षको ११ चैतमा कोरोना महामारी फैलिन नदिने भन्दै सरकारले लकडाउन घोषणा गरी करिब ६ महिना मुलुकभरका सबै उद्योग, व्यापार, व्यवसाय बन्दको मार खेप्न बाध्य व्यवसायी अहिले फेरि कोरोना संक्रमणको दोस्रो लहर फैलने आशंकाले थप चिन्तित भएका हुन् ।

हाल जनस्वास्थ्यविद्ले दोस्रो चरणको लहर फैलने आँकलन गरिरहेका छन् । उनीहरूले कतै फेरि सरकारले संक्रमण रोक्ने नाममा वर्ष दिनअघिको जस्तै लकडाउनको घोषणा गर्ने त होइन भन्ने त्रास व्याप्त छ । यदि सरकारले स्वास्थ्यविद्को मात्रै कुरा सुनेर लकडाउन जस्ता घातक निर्णय ग-यो भने मुलुकको अर्थतन्त्र फेरि कहिले उठ्न नसक्नेगरी थला पर्छ भन्दै व्यवसायी सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

फेरि लकडाउन हुने हल्लाले आमसर्वसाधारण समेत चिन्तित बनाइरहेका बेला नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पनि लकडाउन’bout सोच्न पनि नहुने बताए । यस्तो अवस्थामा फेरि पनि लकडाउन गर्ने विषय कसैले कल्पना समेत गर्न हुँदैन भन्दै उनले यदि अझै पनि लकडाउन भयो भने नेपालका सबै उद्योगधन्दा सधैंका लागि बन्द हुने बताए ।
हालै राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकलाई पेस गर्दै गोल्छाले भने, ‘लकडाउनका बेला मुलुकका ७३ प्रतिशत उद्योगधन्दारू पूर्णरूपमा बन्द रहे । जसमा साना, लघु र मझ्यौला उद्योग परे । तीमध्ये पनि झन्डै ११ प्रतिशत त सधैंका लागि बन्द भए ।’

यस्तो अवस्थामा भर्खर तंग्रिन लागेको उद्योगधन्दा र व्यवसायलाई आघात पुग्ने कुनै पनि निर्णय सरकारले गर्न नहुने गोल्छाको आग्रह छ । उनले सबैभन्दा बढी चिन्ता पर्यटन क्षेत्रको गरेका छन् । उनले कोरोना महामारीले सर्वाधिक क्षति पु-याएको नेपालको पर्यटन क्षेत्र आन्तरिक पर्यटनका कारण केही राहत महसुस गर्ने अवस्थामा पुगेको बताए । फेरि कोरोनाको सन्त्रास बढ्यो भने पर्यटन व्यवसाय पूर्णजागृत हुन नसक्ने अवस्थामा पुग्छ भन्दै उनले सरकारले लकडाउन जस्ता आर्थिक क्षेत्रलाई प्रत्यक्ष प्रभाव पार्ने विधिको सट्टा विश्व स्वास्थ्य संगठनले जारी गरेका स्वास्थ्य मापदण्डको कडाइका साथ परिपालना गराउने तर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले पनि लकडाउनको विषयमा कुनै चर्चा परिचर्चा नै गर्न नहुने बताए । लकडाउन हुनै हुँदैन । गर्नै मिल्दैन भन्दै उनले व्यापारीको हालको अवस्थालाई प्रस्ट्याउँदै पुनः लकडाउन नगर्न आग्रह गरे ।

‘अहिले पो बैंकको ब्याज केही कम छ र व्यापारी बोल्न सक्ने अवस्थामा छन् । यदि पुनः लकडाउन हुने हो र केही दिन मात्र किस्ता बुझाउन नसक्ने हो भने सबैको बेहाल हुन्छ । हामी कहिले पनि माथि उठ्न सक्दैनौँ ।’ विश्वका अन्य मुलुकमा झैँ नेपालमा पनि सरकारले राहत प्याकेज ल्याउने, घोषण गर्ने र लकडाउन जस्ता महामारी फैलन रोक्ने कदम चाल्ने हो भने त्यो अझ घातक हुने उनी बताउँछन् ।

नेपाल सरकारले पैसा बाँढ्न सक्दैन र बाँढ्न हुँदैन । बरु व्यापार व्यवसाय सुचारु राख्ने कुरा नै ध्यान दिनुपर्छ भन्दै उनले पुनः लकडाउन नगर्न आग्रह गरे । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले भने सरकारले कोरोनाका कारण मारमा परेको उद्योगधन्दा व्यापार व्यवसायलाई माथि उठाउन तत्कालै २५-३० अर्बको राहत प्याकेज घोषणा गर्नुपर्ने बताए । नेपालको हालको आर्थिक स्थितिको आधार’bout आफ्नो धारणा राख्दै उनले भने, ‘नेपालको अर्थतन्त्र बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ३७ सय अर्ब कर्जाका कारण चलायमान छ । यस्तो कर्जा लिने भनेका उद्योगी व्यापारी नै हुन् । यदि उनीहरूको व्यापार व्यवसाय डुब्यो भने अर्थतन्त्र नै कोल्याब्स हुन्छ ।’

आफू गभर्नर रहेका बेला पुँजी वृद्धिको योजनाबाट बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह गर्ने क्षमता १३ सय अर्बबाट ३२ सय अर्बमा पु-याएको स्मरण गर्दै उनले भने, ‘मेरो कार्यकालमा विकास भएको यही क्षमताको आधारमा टेकेर अहिले बैंकले ३७ सय अर्ब लगानी गर्न सकेका हुन् ।’ आफ्नो दाबीलाई पुष्टि गर्न नेपाल अगाडि थप्छन्, ‘मेरो कार्यकालमा पाँच प्रधानमन्त्री र पाँच अर्थमन्त्री फेरिए । तर, कसैले पनि पुँजीगत खर्च वृद्धि गर्न सकेनन् । तथापि, कुल ग्रहास्थ उत्पादन (जीडीपी) भने ६ प्रतिशतको हाराहारीमा वृद्धि भइरह्यो । त्यो अरू कुनै कारणले नभएर बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाकै कारण सम्भव भएको हो ।’

उद्योगी व्यापारी झैँ फेरि लकडाउन गर्ने विषय’bout कल्पना नै गर्न नसकिने कुरामा पूर्वगभर्नर नेपालले पनि जोड दिए । उनले यदि आफूहरूले फेरि लकडाउन हुनसक्ने कुरा मात्रै ग¥यो भने पनि उद्योगी व्यापारीको मनोबल गिर्ने प्रतिक्रिया दिए ।

तपाइको प्रतिक्रिया
(Visited 252 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा एमाले विजयी