मेलम्चीको पानी वितरण सुरु

काठमाडौं । लामो समयदेखि काठमाडौं उपत्यकावासीले प्रतीक्षा गरेको मेलम्चीको पानी वितरण गर्न सुरु भएको छ । आइतबार उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कार्यकारी निर्देशक मिलन शाक्य, खानेपानी मन्त्रालयका पदाधिकारी र मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीले संयुक्त रुपमा पानी वितरणको शुभारम्भ गरेका हुन् ।

गत फागुन २२ गते सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएको पानी मीनभवन, महांकाल, अनामनगर र ललितपुरको खुमलटारको नयाँ ट्याङकीमा पठाइएको थियो । वितरण केन्द्रहरुमा संकलन गरिएको पानी उपभोक्ताको घरघरमा पठाइएको हो ।

आइतबारदेखि देवकोटा सडक, बत्तिसपुलली, जयवागेश्वरी, चाबहिल, कुटुबहाल, सिफल, कालोपुल, एयरपोटहाइट, धनवन्तरीमार्गलगायत क्षेत्रका धाराहरुमा पानी वितरण गरिएको केयूकेएलले जानकारी दिएको छ ।

पहिलो दिन आइतबार चार करोड लिटर पानी महाँकालचौर, अनामनगर, मीनभवन र खुमलटारस्थित पोखरीहरुमा जम्मा हुने जनाइएको छ । केही ठाउँमा पानी पुरानो पाइपलाइनबाट वितरण गरिएको छ भने केही ठाउँमा नयाँ पाइपलाइन परीक्षण र सफाइ गर्ने योजना छ । हाल पानी प्रशोधन केन्द्र, पाइपलाइन, ट्याङ्की परीक्षणका लागि पानी वितरण गरिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 7 times, 1 visits today)

epaper

भर्खरै

१० सचिवको सरुवा, कसलाई कहाँ पठाइयो ?

कुरी-कुरी