काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर सभामुख सापकोटाले प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।
प्रतिनिधिसभा पुनर्स्थापना भएपछि उनीहरुबीच पहिलो पटक भेटवार्ता भएको हो । प्रधानमन्त्री ओलीले संसदीय दलको बैठकमा चालू संसद चाडै अन्त्य हुने र बैशाखमा बजेट अधिवेशन बोलाइने बताएका थिए ।
यद्यपि प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच संसद प्रभावकारी ढंगले अगाडि बढाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जानकारी दिएको छ । साथै सार्वजनिक महत्वका विधेयकलाई अगाडि बढाउने विषयमा पनि उनीहरुबीच छलफल भएको बताइएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 177 times, 1 visits today)