चिहानमा डोजर लगाउँदा स्थानीय आक्रोशित

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका–६ सिधुवास्थित चिहानडाँडामा डोजर लगाएर नेवार समुदायको समाधिस्थल भत्काइएको भन्दै स्थानीयबासी आक्रोशित भएका छन् । सडक निर्माण गर्ने नाममा एक दर्जन भन्दा बढी चिहान भत्काइएको भन्दै स्थानीय नेवार समुदायले विरोध जनाएका हुन् ।

स्थानीय डम्वरवहादुर थापाले आफ्नो जग्गामा निजी कृषि फार्म खोलेपछि त्यहाँसम्म जान दुई वटा सडक निर्माण गरेका छन् । दोस्रो सडक निर्माण गर्ने क्रममा डोजर लगाएर १५ भन्दा बढी चिहान भत्काइएको भन्दै स्थानीयबासीले चिहानडाँडामा भेला भई बिरोध जनाए । व्यक्तिगत स्वार्थका लागि दोहोरो सडक निर्माण गरेर धार्मिक स्थल अतिक्रमण गरेर सामाजिक सद्भाव विथोल्न खोजिएको भन्दै उनीहरुले आक्रोश पोखे ।

स्थानीयबासीले सामुहिक प्रेस विज्ञप्ति जारी गरेर चिहान भत्काउँने थापालाई कारबाहीको माग गरेका छन् । ऐतिहासिक समाधिस्थललाई कसैसँग सरसल्लाह नगरी बिना जानकारी भत्काइएको भन्दै उनीहरुले छथरजोरपाटी गाउँपालिका र प्रशासनलाई पनि ध्यानाकर्षण गराएका छन् ।

सिधुवा वजारसहित आसपास क्षेत्रमा वसोवास गर्ने नेवार समुदायले बि.सं.१९०० सालभन्दा अघिदेखि प्रयोग गर्दै आएको ऐतिहासिक समाधिस्थल व्यक्तिगत प्रयोजनका लागि भत्काइनु गलत भएको सिधुवा बजार व्यवस्थापन समिति अध्यक्ष शिवकुमार श्रेष्ठले बताए । ‘यो ठाउँ २०३१ सालको नापीमा सार्वजनिक चिहानडाँडाको रुपमा कायम भईसकेको छ ।

कसैको स्वार्थका लागि हाम्रा पुर्खाहरु गाडिएको ऐतिहासिक ठाउँ भत्काउँनु त भएन नि,’ श्रेष्ठले भने ‘फार्मसम्म जाँने पहिलो सडक बनाइएकोमा हाम्रो आपत्ती हैन, तर दोस्रो पटक अर्को सडक खोल्ने नाममा एक बर्ष पनि नभएको चिहान भत्काइएको छ । मृतकको कपाल छरपस्ट भेटियो । यो काम गलत हो । गलत काम गर्नेलाई कारबाही हुनुपर्छ ।’

यता चिहानडाँडामा सडक निर्माण गर्ने थापाले व्यावसायिक प्रयोजन र सार्वजनिक हितका लागि सडक निर्माण गर्दा दुई वटा चिहानमा क्षति पुगेको स्वीकार गरे । ‘मेरो स्वार्थका लागि मात्र हैन, त्यहाँ मलामी आउँनेलाई पनि सजिलो हुन्छ भनेर सडक बनाएको हो,’ थापाले भने ‘चिहान भत्काउँने मेरो कुनै उद्धेश्य हैन, सडक खन्ने क्रममा घारीले नदेखिदा दुई वटा चिहानलाई दख्खल परेको छ । तर, अरुले भनेजस्तो १०–१५ वटा चिहान भत्किएको कुरा गलत हो ।’

चिहानडाँडाको विषयमा विवाद निम्तिएपछि छथर जोरपाटी गाउँपालिकाले पनि यो विषयमा चासो देखाएको छ । अब, दुई पक्षलाई राखेर समस्या समाधानको पहल गरिने गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बुले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 239 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीको महाधिवेसन पुस २६-२८मा

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
मतदान गर्न जाँदा मोबाइल र क्यामेरा लैजान नपाइने