Monday, May 17, 2021
Home भर्खरै प्रदूषण उस्तैः कडा रोग निम्ताउन सक्ने विज्ञको चेतावनी !

प्रदूषण उस्तैः कडा रोग निम्ताउन सक्ने विज्ञको चेतावनी !

प्रशान्त वली,

काठमाडौं । केही दिनदेखि राजधानी काठमाडौंलगायत देशका विभिन्न सहरमा देखिएको वातावरण प्रदूषणको उग्र रूपले मानव स्वास्थ्यमा गम्भीर समस्या पर्न सक्ने देखिएको छ । प्रदूषणको समयमा मनपर्दी हिँडडुल गर्दा स्वास्थ्यमा दीर्घकालीन समस्या पर्न सक्ने चिकित्सकले बताएका छन् ।

उनीहरूले वातावरण प्रदूषण बढ्दै गएको भन्दै सचेत र सजग रहन सर्वसाधरणलाई आग्रह गरेका छन् । केही दिनयता धुलोधुवाँका कण वातावरणमा अत्यधिक बढेपछि प्रदूषण दर उच्च भएको हो । वातावरण प्रदूषण बढ्दै जाँदा यसले अल्पकालीन र दीर्घकालीन जोखिम निम्त्याउने चिकित्सक बताउँछन् । वरिष्ठ छाती रोग विशेषज्ञ सहप्राध्यापक डा. निरज बमले धुम्रपान नगर्ने व्यक्ति पनि वातावरण प्रदूषणका कारण धुम्रपान गरेसरहको समस्याबाट ग्रसित हुनुपर्ने अवस्था आएको बताए ।

दीर्घकालीन असर
– हृदयघात र पक्षघात बढाउने जोखिम
– फोक्सोमा क्यान्सर
– रक्तचाप बढ्ने
– मुटुसम्बन्धी समस्या

सामान्य असर
– आँखा पोल्ने
– छाती घ्यारघ्यार हुने
– श्वासप्रश्वासमा अफ्ठेरो
– एलर्जी हुने
– रुघाखोकी

डा. बमका अनुसार यस्तो अवस्थामा १० पीपीएमभन्दा साना धुलोका कण र २.५ पीपीएम (पार्टिकुलेट म्याटर) भन्दा साना ग्याँसका कण श्वासनलीमा प्रवेश गर्छन् र फोक्सोको श्वासनलीका भित्तामा क्रियाप्रतिक्रिया उत्पन्न गराएर श्वासनलीको भित्री भागमा समस्या गर्छ, जसका कारण सो भाग सुन्निन सक्छ । यसैगरी, नाकको प्वालदेखि तलसम्म र फोक्सोका श्वासनलीमा एलर्जी गराएर रुघाखोकी लाग्ने, छाती घ्यारघ्यार हुने, सास फेर्नसमेत समस्या देखिने र आँखा पोल्ने, छाला चिलाउनेजस्ता गम्भीर समस्या देखापर्न सक्ने डा. बलमे बताए ।

डा. बमले ग्याँस पदार्थ १० पीपीएमभन्दा साना आर्सनिक, सिल्कालगायत बालुवाका कणहरू सबैमाथि जाने र २.५ पीपीएमभन्दा साना ग्याँसका कार्वनमोनोक्साइड, कार्बन, साइनाइट, सल्फरडाइअक्साइड, नाइट्रोअक्साइड कण फोक्सोबाट रगतका नसासम्म नै पुग्ने बताए । ‘जसका कारण धमनीलाई साघुँरो गराइदिएर रक्तचाप बढ्न सक्छ । वातावरण प्रदूषणले हृदयघात र पक्षघात १४ गुणा बढाउने जोखिम बढ्न सक्छ ।

धुम्रपान नगर्ने व्यक्ति पनि वातावरण प्रदूषणका कारण धुम्रपान गरेसरह हुनुपर्ने अवस्थाको सिर्जना भएको छ
– डा. निरज बम वरिष्ठ छाती रोग विशेषज्ञ

यस्तै, प्रदूषणका कारण दीर्घकालीन फोक्सोका क्यान्सर हुने सम्भावना रहन्छ,’ उनले भने । फोक्सो तथा क्रिटिकल केयर विशेषज्ञ डा. रक्षा पाण्डेले वातावरण प्रदूषणका कारण रोगको जोखिम बढी हुने बताइन् । प्रदूषणका कारण व्यक्तिको आयु पनि घट्ने भन्दै प्रदूषण बढ्दै गए दीर्घरोग (दम, मुटु)को समस्या पनि देखिने उनले जनाइन् । हाल विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा २५ गुणा माथिसम्म प्रदूषण बढेको पाइएको छ । वातावरणमा वाष्पीकरण एकदमै घटेको छ ।

यसैबीच, वातावरण प्रदूषण बढ्दै गएपछि चिकित्सकले सकेसम्म घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने बताए । चिकित्सकले कोठाको वातावरण सफा राख्नुपर्ने, सरसफाइमा ध्यान दिनुपर्ने बताउँदै आएका छन् । काठमाडौंलगायत देशका अन्य ठूला सहरमा मुख्य रूपमा सवारीसाधनबाट निस्कने धुवाँका कारण प्रदूषण बढ्दै गएकाले यसलाई नियन्त्रण गर्न‘पर्नेमा त्यस्तो हुन सकेको छैन ।

विद्युतीय सवारीसाधनको प्रयोग गर्नेतर्फ सरकारको ध्यान अझै जान सकेको छैन । प्रदूषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर परेको विभिन्न अध्ययनले समेत देखाएका छन् ।

(Visited 514 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

बैंकको मुद्दती खाता नवीकरण अब इमेलबाटै गर्न सकिने

काठमाडौं । निषेधाज्ञा अवधिमा बैंकको मुद्दती खाता नवीकरण इमेलबाटै गर्न सकिने भएको छ । नेपाल बैंकर्स एसोसिएसनले आइतबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञा अवधिभर मुद्दती...

एउटै घरका तीन दिदीबहिनी सगरमाथा शिखरमा

काठमाडौं । विश्वको सर्बोच्च छानो सगरमाथा चढेर नयाँ कीर्तिमानी कायम गराउने प्रतिस्पर्धाकाबीच बुधबार दोलखाको एकै घरपरिवारका तीन दिदीबहिनीले सगरमाथाको सफल आरोहण गरेका छन् । दोलखास्थित...

बिरामी लिएर हिँडेको ट्याक्सी दुर्घटनामा दुईको मृत्यु

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाईते भएका छन । बिरामी लिएर पोखराबाट ढोरपाटन नगरपालिका–५...

पूर्व रानी कोमलको स्वास्थ्यमा सुधार, ज्ञानेन्द्र शाह र प्रेरणा सङ्क्रमण मुक्त

काठमाडाैं ।  पूर्व रानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ । नर्भिक इन्टरनेशल अस्पतालमा उपचाररत उहाँको स्वास्थ्य अवस्थामा सुधार आएपछि केही दिनदेखि...

प्रेस युनियनको मोबाइल डाक्टर सेवा सुरु

इटहरी । नेपाल प्रेस युनियन सुनसरीले जिल्लामा रहेका कोरोना संक्रमित सञ्चारकर्मीहरुलाई घरमै गएर परामर्श दिने भएको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार...

ट्रेन्डिङ

करेन्ट लागेर मृत्यु

जनकपुरधाम । धनुषामा करेन्ट लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं.५ ललिया पुर्वारी टोलस्थित बेल्ही बाण नजिक आफ्नो...

पक्राउ परेका ५२ जनालाई २ घन्टापछि छोडियो

तुलसीपुर । लकडाउन उल्लंघन गरेको आरोपमा तुलसीपुर बजारबाट ५२ जनालाई नियन्त्रणमा लिएर २ घन्टापछि प्रहरीले छोडेको छ । लकडाउनको समयमा तुलसीपुर बजारमा हिडिरेका उनिहरुलाई...

‘धोनी सर्वश्रेष्ठ कप्तान’

मुम्बई । इंग्ल्यान्डका क्रिकेट खेलाडी केवीन पीटरसनले दुईपटकका विश्वकप विजेता महेन्द्रसिंह धोनी अहिलेसम्मकै सर्वश्रेष्ठ कप्तान रहेको दाबी गरेका छन् । पिटरसनले धोनीको सर्वश्रेष्ठताको विषयमा...

अर्थ सचिव र नाडा प्रतिनिधिमण्डलबीच छलफल

काठमाडौं नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयका सचिवसँग सवारीसाधन आयातका विविध विषयमा छलफल गरेको छ । अध्यक्ष कृष्णप्रसाद दुलालको नेत्रृत्वमा गएको १०...

नेपालमा खेलकुद चलायमान हुने कहिले ?

काठमाडौं । सरकारले कोरोना महामारी रोक्न गरेको लकडाउन तथा निषेधाज्ञाले बिहीबार ५ महिना पूरा भएको छ । नेपालमा खेलकुद गतिविधि भने चैतको पहिलो साताबाट...

जब प्रचण्ड पलौंटी मारेर सडकमा बसे (फोटोफिचर)

काठमाडौं । संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा नेपाल बन्द आहृवान गरेको दाहाल–नेपाल समूहका शीर्ष नेताहरु बिहीवार बिहानै सडकमा निस्किए । ललिलपुरको सातदोवाटो क्षेत्रमा अध्यक्ष पुष्पकमल...

बालबालिकामा कोरोना संक्रमण दर बढ्दो

काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट नेपालमा बालबालिका प्रभावित हुने क्रम बढेको छ । कोरोना भाइरस संक्रमण सुरु भएको १...

काबुलमा बम बिस्फोट पाँच व्यक्तिको मृत्यु

(रासस/एएफपी) । अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार बिहान एउटा आत्मघाती आक्रमणमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।...

वर्षापछि हिमपातको सम्भावना

काठमाडाैै ।  पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेकाे छ । पश्चिमी वायुको...

कपिलवस्तुमा महिलाको हत्या

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा एक महिलाको गए राति हत्या भएको छ । चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर...

म्यान्मारमा सैनिक शासन थप क्रुर बन्यो, एकै दिन ३८ प्रदर्शनकारीको मृत्यु

काठमाडौं । म्यानमारमा सुरक्षाकर्मीको गोलीबाट एकै दिन ३८ जनाको मृत्यु भएको छ । सैनिक शासकविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि सुरक्षाकर्मीले गोली चलाउँदा बुधबार एकै दिन ३८...

प्रहरी समायोजनको प्रक्रिया प्रारम्भ

काठमाडौं । सरकारले सङ्घीय प्रणालीअनुसार प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने औपचारिक प्रक्रिया शुरु गरेको छ । सातै प्रदेशका आन्तरिक मामिला...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)