आफ्नै विद्यार्थी करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

बझाङ । आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–६ नौरामा रहेको भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंंह रहेका छन् ।

सिंहले कक्षा ९ मा अध्ययन गर्दै गरेकी गाउँकै १४ वर्षीया बालिकालाई जर्बजस्ती करणी गर्न खोजेका थिए । पीडित पक्षले दिएको उजुरीका आधारमा आइतबार साँझ शिक्षकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चैत १४ गते एक्लै पानी भर्न धारामा गएको मौका छोपी ग्वानी भन्ने ठाउँमा बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको पीडित बालिकाका आफन्तले बताएका छन् ।

पक्राउ परेका शिक्षकलाई प्रहरी हिरासतमा राखेर घटनाका ’boutमा थप अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 99 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार