२९ जनाको कोरोना परीक्षण गर्दा १५ जनामा संक्रमण

धनगढी । सोमबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना परिक्षण गरिएका २९ जना मध्ये १५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । परीक्षणमा धनगढीका ४ सहित सुदूरपश्चिमका थप १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २९ नमूना परीक्षण गर्दा १५ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार धनगढी उपमहानगरपालिका ४ जनासहित १५ जनामा संक्रमण पुस्टि भएको हो। ती मध्ये २ जनालाई आइसियू र २ जनालाई आइशोलेसनमा राखिएको सूचना अधिकारी श्रेष्ठले बताए । भारतमा कोरोना भाइरसको दोस्रो लहर तिव्र बनिरहेका बेला सुदूरपश्चिममा पनि संक्रमण देखिन थालेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 477 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
निर्वाचन आयोगले प्रचण्डलाई सोध्यो २४ घण्टे स्पष्टीकरण