Friday, June 18, 2021
Home बिचार वातावरण सन्तुलनमा विशेष ध्यान देऊ

वातावरण सन्तुलनमा विशेष ध्यान देऊ

राजधानी समाचारदाता,

वातावरण प्रदूषणका कारणले मानव स्वास्थ्यमा ठूलो असर गरिरहेको छ । त्यसमा पनि काठमाडौंलगायत मुख्य सहरमा वातावरण प्रदूषणको दुष्प्रभाव निकै परिरहेको छ । प्रदूषणको दुष्प्रभावका कारण मानिसलाई साझँ–बिहान हिँड्नसमेत निकै गाह्रो भएको छ भने गाडी गुड्दा निस्कने धुवाँधुलोले त्यसमा झनै समस्या थप्ने गरेको छ । चिकित्सक तथा वातावरणविद्हरूले आफ्नो स्वास्थ्यको ख्याल गर्न र वातावरण प्रदूषणबाट बच्न विशेष ख्याल गर्नुपर्ने चेतावनीमूलक सुझाव दिइरहेका छन् । यस्तो अवस्थामा जनसाधारणले हेलेयाक्र्याइँ र बेवास्ताजन्य क्रियाकलाप रोक्न जरुरी छ । एकै हिँउदमा पटकपटक वातावरण प्रदूषण देखा पर्नु शुभ संकेत होइन । यसका पछाडि जलवायु परिवर्तनजस्ता मानवजन्य क्रियाकलापका कारण सिर्जित प्राकृतिक कुराले पनि काम गरिरहेका छन् भने दिन प्रतिदिन मानिसले गरिरहेका वातावरण विनाश र प्रदूषण फैलाउने प्रत्यक्ष क्रियाकलापले काम गरिरहेका छन् । यी त्रिक्रयाकलापको असर संयुक्त रूपमा देखापर्न थालेपछि यसबाट पर्ने प्रभाव चानचुने हुनेछैन ।

त्यसै त काठमाडौं उपत्यका आफैंमा चारैतिर पहाडले घेरिएको कचौराजस्तो आकारमा रहेको हुनाले पनि यहाँ सिर्जित प्रदूषण बाहिर जान पाउँदैन । काठमाडौं उपत्यकाभित्र बहुप्रभावकारी क्रियाकलापका कारण वातावरण प्रदूषण सघन बनेको छ । हिमालयको चिसो हावा पनि नजिक भएको र काठमाडौं भित्रका सवारीसाधनले उत्पन्न गरेका दुर्गन्ध मानव श्वासप्रश्वासका कारण सिर्जित दुर्गन्ध, सहरका फोहोरका कारण उत्पन्न दुर्गन्ध तथा अव्यवस्थित र खुला ढलका कारण काठमाडौंको वातावरण विषम प्रकारको छ । त्यसमा पनि ठाउँठाउँमा प्लास्टिकजन्य फोहोर जलाउनु, टायर बाल्नु तथा केही औद्योगिक केन्द्र पनि काठमाडौंभित्रै रहेकाले प्रदूषणको मात्रा झनै बढ्न गएको छ । काठमाडौं उपत्यकाभित्रका भौतिक पूर्वाधार निर्माण, गगनचुम्बी महल, कालोपत्रे गरेका सडक र जमिनमा सिँचाइ नहुनु आदि कारणले वातावरणीय सन्तुलन बिग्रिएको छ । यो वातावरणलाई सन्तुलनमा ल्याउन कुनै एउटा कुरामा मात्रै सुधार गरेर हुने देखिँदैन । त्यसका लागि वातावरण प्रदूषण हुने सबै स्रोतको खोजी गरी ती सबै स्रोतको न्यूनीकरण गर्दै वातावरणमैत्री क्रियाकलापमा ध्यान दिन जरुरी छ ।

वातावरण प्रदूषण कुनै एउटा सहर वा कुनै एउटा देशको मात्रै हुँदैन । यो सर्वव्यापी हुन्छ । यसको सर्वव्यापी स्वरूपलाई पहिचान गरी टोलटोलबीचमा वातावरणमैत्री अभियान सञ्चालन गर्ने र देश–विदेश, जिल्ला–जिल्लाबीच समन्वयन गरी न्यूनीकरणका उपाय अपनाउनुपर्ने देखिएको छ । त्यस्तै, विज्ञान प्रविधिमा भएको विकासका कारण विभिन्न देशमा चलिरहेका ठूलाठूला आणविक भट्टी र सहरीकरणका प्रोजेक्टलाई पनि व्यवस्थित रूपले चलाउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ ।

मानिसले नै गरेको विज्ञान प्रविधिको विकासले मानिस आफैंलाई समस्यामा पारेको स्थितिमा वायु प्रदूषणमा मुख्य भूमिका खेलेका उद्योग, कलकारखाना, सवारीसाधनलगायतको राम्रो व्यवस्थापन हुन सक्यो भने मानिस स्वास्थ्यको विषयलाई लिएर कमै चिन्तित हुनेछन् । प्रदूषणले मानिसहरुमा दीर्घकालीन समस्यासमेत निम्त्यिाउन सक्ने भएकाले वातावरण सन्तुलन कायम गर्नेमा बढी ध्यान दिनु अत्यावश्यक छ ।

(Visited 87 times, 1 visits today)
Loading comments...

आजको समाचार

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

उपभोक्ता ठग्ने ९७ व्यवसायीलाई कारबाही

काठमाडौँ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न गरिएको निषेधाज्ञामा उपभोक्ता संरक्षण ऐन २०७५ मा व्यवस्था गरेको मापदण्ड विपरीतका गतिविधि गरी ठगी गर्ने...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिने

  पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् । गत २९ जेठमा संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्त...

साताका लोकप्रिय समाचार

प्रधानमन्त्री ओलीलाई हत्या गर्ने धम्की !

काठमाडौं । नेपाली कांग्रेसका बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न आफू तयार रहेको बताएका छन् । बाग्मती प्रदेश सरकारले...

बाढीपहिरो पीडितलाई राहत पु-याऊ

बंगालको खाडीबाट मनसुनी हावा प्रवेश गरेपछि लगातार वर्षा हुँदा बाढी तथा पहिरोले क्षति पु¥याउँदै गइरहेको छ । यसअघिको अबर सागर र बंगालको खाडीबाट आएको...

सशस्त्र प्रहरीलाई नवनियुक्त गृहमन्त्रीको १२ बुँदे निर्देशन, बढुवा र थप जनशक्तिका लागि पहल गर्ने

काठमाडौं । गृहमन्त्री खगराज अधिकारीले शनिबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण गरेका छन् । त्यस अवसरमा उनले राष्ट्र र नागरिकको सेवा र...

कोभिड महामारी र शैक्षिक क्षेत्रको दायित्व

  शताब्दीकै सबैभन्दा खराब विपद् कोरोना महामारीको ठूलो प्रभाव शिक्षा क्षेत्रमा परेको छ । जनस्वाथ्य अन्तरसम्बन्धित विषय भएकाले यसले जनजीवनका सबै क्षेत्रमा एकसाथ प्रभाव पारेको...

ट्रेन्डिङ

सिन्धुलीमा कोरोनाबाट पुरुषको मृत्यु, शव व्यवस्थापनमा स्थानीयको अवरोध

सिन्धुली । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट सिन्धुलीमा थप एक जनाको मृत्यु भएको छ । बिहिबार विहान कमलामाई नगरपालिका ५ का ४८ वर्षिय...

कोलकतालाई पञ्जावको धक्का

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभन पञ्जाव विजयी भयो । पञ्जावसँग कोलकता नाइट राइडरलाई ८ विकेटले पराजित मात्र...

हेटौंडामा ट्रक र अटो ठोक्किँदा दुई जनाको मृत्यु

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौंडा ३ बसामाडीको तीनताप्के भन्ने स्थानमा पूर्वपश्चिम राजमार्गअन्तर्गत आज ट्रक र अटो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने...

सशस्त्र प्रहरी परिवार महिला संघद्वारा स्वास्थ्य शिविर संचालन

सुनसरी । केन्द्रीय सशस्त्र प्रहरी परिवार महिला संघ र प्रदेश नम्बर १ स्थित सशस्त्र प्रहरी परिवार महिला संघको आयोजनामा सुनसरी जिल्लाको हरिनगर गाँउपालिका ६...

विगतमा गरिएका प्रतिबद्धता पूरा गर्न प्रतिबद्ध छौँ : मुख्यमन्त्री भट्ट

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिम प्रदेशमा रहेका ऐतिहासिक, धार्मिक, पुरातात्विक तथा पर्यटकीय क्षेत्रको विकास गर्न प्रदेश सरकारले उच्च प्रथमिकता दिएको बताएका...

पेस्तोलसहित विप्लवका कार्यकर्ता पक्राउ

बैतडी । बैतडीमा बिप्लब नेतृत्वको प्रतिबन्धीत नेकपाका युवा संगठन जिल्ला इन्चार्ज लोकेन्द्र धामी पक्राउ परेका छन् । आइतबार दिउँसो दोगडाकेदार गाँउपालिका वडा न. ७...

मिनीट्रक र मोटरसाइकल ठोकिँदा बाबुछोराको मृत्यु

काभ्रेपलाञ्चोक । जिल्लाको बनेपा नगरपालिका–१३ स्थित भैँसेपाटीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान ६ बजे मिनी ट्रक र मोटरसाइकल एकआसपासमा...

कालो बजारी गरेको आरोपमा जनकपुरमा को को पक्राउ परे ?

जनकपुरधाम । आलु र प्याजको कालोबजारी गरेको आरोपमा धनुषा प्रहरीले जनकपुरधामबाट ११ जनालाई पक्राउ गरेको छ । ‘लक डाउन’को मौकाछोपी आलु र प्याजको तिनीहरुले...

बलात्कार प्रयासमा एक जना पक्राउ

बैतडी । बैतडीको मेलौलीका एक ब्यक्ति बलात्कार प्रयासको आरोपमा पक्राउ परेका छन् । मेलौली नगरपालिका वडा न. ५ का ४५ बर्षीय केशब चन्दलाई बलात्कार...

निर्यात क्षमता १२ गुणा बढ्ने आँकलन

काठमाडौं । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि २.७ प्रतिशत हुने प्रक्षेपण गरेको विश्व बैंकले निर्यात क्षमता ११ खर्ब पुग्ने आँकलन गरेको छ ।...

क्वारेन्टिनमा बसेकासँग मदिरा सेवन गर्ने वडाध्यक्षलाई स्थानीयले राखे क्वारेन्टिनमा

खाेटाङ ।  हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका स्थानीय बासिन्दाले वडाध्यक्ष ज्ञानबहादुर पुरीलाई क्वारेन्टिनमा राखेका छन् । वडाध्यक्ष पुरी गए राति मादक पदार्थ सेवन गरेर क्वारेन्टिनमा...

बर्नमाउथ र स्वान्सी विजयी

लन्डन । इग्लिस फुटबलको शीर्ष डिभिजन प्रिमियससिपमा बढुवा हुनको लागि दोस्रो श्रेणीको लिग च्याम्पियनसिपको प्ले–अफ् खेलहरु सुरु भएका छन् । यो सिजनको च्याम्पियनसिपको उपाधि...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)