प्रवीण र अनिशा मोडल हन्ट नेपाल

काठमाडौं । ‘छैटौं मोडल हन्ट नेपाल २०२१’ उपाधि पुरुषतर्फ प्रवीण चापागार्इँ र महिलातर्फ अनिशा शाक्यले हासिल गरेका छन् । शनिबार अबेर काठमाडौंमा सम्पन्न यो प्रतियोगितामा ३४ युवा एवं ३२ युवतीबीच प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगिताको पुरुषतर्फ फस्ट रनरअप मिनाल्ड लामिछाने र सेकेन्ड रनरअप अनुप कार्की भए भने महिलातर्फ श्रीयशी श्रेष्ठ फस्ट रनरअप र परितोषिका पन्त सेकेन्ड रनर अप घोषित भए ।

सो प्रतियोगितामा गणेशराज जोशी र श्रीयशी श्रेष्ठ कमर्सियल मोडल, सौगात श्रेष्ठ र पूजा कार्की मोस्ट पपुलर, शुभम् भण्डारी र स्मृति ओली होप इन्टरनेसल एजुकेसनका ब्रान्ड एम्बेसडर, शुभम् भण्डारी र स्नेहा पोखरेल बेस्ट फेस विनय पन्त र अनिशा शाक्य मोस्ट फोटोजेनिक, मिनाल्ड लामिछाने बेस्ट फिजिक र अदिती मानन्धर बेस्ट फिगर घोषित भए ।

यस्तै अनुप कार्की र सरिता बाडी बेस्टवाक, शुभम् भण्डारी र श्रीरुधी बस्न्यात पब्लिक च्वाइस तथा मिस्टर एन्ड मिस मल्टिमिडिया, प्रतिभा गुरुङ र कविर घले गुरुङ सोसियल्ली रेस्पोन्सिबल, लक्ष्मी राना र सौर्या तिर्वा मोस्ट स्टाइलिस, प्रवीण चापागाईं र राजश्री कार्की बेस्ट पर्सनालिटी, घोषित भए ।

फेसन डिजाइन प्रशिक्षक शैलजा अधिकारी, सञ्चारकर्मी सुरजसिंह ठकुरी, पूर्व मिस नेपाल माल्भिका सुब्बा, डा. आयुष्मान घिमिरे, फेसन डिजाइनर इन्टा श्रेष्ठ यो प्रतियोगिताको निर्णायक थिए । नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको यो प्रतियोगिताको कोरियोग्राफर तथा रोजिन शाक्य रहेका थिए ।

हरेक वर्ष व्यावसायिक मोडल जन्माउन आफूहरूले यो प्रतियोगिता नियमित गर्दै आएको आयोजक संस्थाका अध्यक्ष रबी धमालले कार्यक्रममा बताए ।

तपाइको प्रतिक्रिया
(Visited 2 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रदेश २ काे नाम र राजधानी टुंग्याउन मतदानकाे तयारी

कुरी-कुरी