भूकम्प प्रतिरोधी घरमा तला र कोठा थप्न दिने तयारी

काठमाडौं । सरकारले भूकम्प प्रतिरोधी घरमा तला तथा कोठा थप गर्न दिने तयारी गरेको छ । भूकम्पपछि पुनर्निर्माण भएका ‘लोड वियरिङ’ घरहरूमा लाभग्राहीले कोठा तथा तला थप्न पाउने गरी कार्यविधिको मस्यौदा तयार भएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन)ले तला र कोठा थप गर्न मिल्नेगरी कार्यविधिको मस्यौदा तयार गरे पनि कार्यान्वयनमा भने ल्याएको छैन ।

प्राधिकरणले मस्यौदा तयार भएको र अहिले विभिन्न संघसंस्थासँग मस्यौदाको विषयमा छलफल गर्ने, परामर्श गर्ने काम भइरहेको जनाएको छ । प्राधिकरणका अनुसार अब सरोकारवाला निकाय, विज्ञको सुझाव समेटेर कार्यविधिको आवश्यक संशोधन गरी पारित गरेर कार्यान्वयनमा ल्याइनेछ ।

परिवारका सदस्य थपिएको तथा एकतले घर सानो भएको भन्दै सेवाग्राहीले आफूखुसी तला थप्ने, कोठा थप गर्ने क्रम बढेपछि प्राधिकरणले कार्यविधि नै बनाएर यसको हल गर्ने प्रयास गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)ले भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट)को प्राविधिक सहयोगमा कार्यविधि तयार गरेको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले कार्यविधि कार्यान्वयनको केन्द्रबिन्दु स्थानीय तहलाई बनाउनुपर्ने र सम्बन्धित केन्द्रीय निकायले मेरुदण्डका रूपमा काम गर्नुपर्ने बताएका छन् । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलले आगामी दिनमा बन्ने घर विस्तारका लागि पनि यो कार्यविधि उपयोगी हुने बताएका छन् ।

विभिन्न विज्ञहरूले भने पुनर्निर्मित घरमा तला तथा कोठा थप गर्दा पुनः भूकम्पको जोखिम बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । अनिल पोख्रेल, जितेन्द्र बोथरा, विवेक रावल, डा. हरिराम पराजुली, श्याम किशोर सिंह, डा. रमेश गुरागाईंलगायत विज्ञ तथा जानकार व्यक्तिले पुनर्निर्माणको चरणमा लागू गरिएका मापदण्ड, विधि र पद्धतिलाई निरन्तरता दिइएमा मात्रै पुनर्निर्माणको दौरानमा गरिएका प्रयास दिगो हुने बताएका छन् । नयाँ थपिने संरचना निर्माणमा ध्यान पु¥याइएन भने फेरि भूकम्प आउँदा पुरानै नियति बेहोर्नुपर्ने उनीहरू बताउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 158 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
महाराजगन्ज नगरपालिकामा उपमेयर पदका उम्मेदवारको मृत्यु