नेता, नीति र नेतृत्व

सानाठूला संघसंस्था तथा संगठन मात्र होइन कि घरदेखि राष्ट्र सञ्चालनका लागि नेतृत्व (लिडरसिप)को आवश्यक पर्छ । घरको नेतृत्व घरमूलीले गर्छ भने संघसंस्थाको नेतृत्व कार्यकारी प्रमुखले गर्छ । त्यसैगरी, राष्ट्रको नेतृत्व राष्ट्र प्रमुख वा सरकार प्रमुखले गर्छन् । नेपालको संविधान २०७२ मा संघीय गणतन्त्र नेपालको कार्यकारी अधिकार प्रधानमन्त्रीमा निहित भएकाले राष्ट्रपति राष्ट्रप्रमुख भए तापनि नेपाल राष्ट्रको नेता भनेको प्रधानमन्त्री हो ।

नेपालमा गणतन्त्र स्थापना भएपछि नेपालमा सात जना राजनीतिक व्यक्तिहरू नेपालको कार्यकारी प्रमुख हुने औसर पाए ः प्रचण्ड, माधव, झलनाथ, डा. बाबुराम भट्टराई, सुशील कोइराला, केपी शर्मा ओली तथा शेरबहादुर देउवा । यी सबै नेता सम्बन्धित पार्टीका प्रभावशाली व्यक्तित्व थिए । तर, विडम्बना के भने कुनै पनि नेताले समयले माग गरेको र नेपाली नागरिकले आशा गरेको समर्थता देखाउन सकेनन् । कसैले पनि कुनै उल्लेखनीय कार्य गर्न सकेनन् । एकपछि अर्को उही कान चिरेको लोभी जोगी साबित भए ।

उहिलेदेखि नै नेपालमा सधैं एक समर्थवान् राजनेताको अभाव खड्किरहेको छ । यो देशमा हरहमेसा तोरी नेताहरूको नै बिगबिगी र हालीमुहाली हँुदै आएको छ । सानाठूला हरेक नेतालाई केवल कुर्सी चाहिएको छ । त्यसैले यो देश बारम्बार सत्ताको लुचाचुँडीमा नै थिचिएको छ, मिचिएको छ, पिल्सिएको छ ।

विष वृक्ष रोपेर अमृतको सपना बाँड्नेका कारण अहिले यो देश यस्तो निस्पष्ट अँध्यारो सुरुङभित्र जाकिएको छ, जहाँबाट बाहिर निस्किने कसैले कुनै स्पष्ट बाटो देखेका छैनन् । यो गर्छु र त्यो गर्छु भनेर जति हल्ला बोले पनि प्रायः सबै नेता कुहिरोको कागजस्ता भएका छन् । त्यसैले देशलाई यो अँध्यारो सुरुङबाट बाहिर निकाल्न अब सजिलो छैन । यो देशमा तोरीनेता (सधैं कुर्सीमाथि अर्जुनदृष्टि राख्ने नक्कली नेता) होइन कि ‘राजनेता’ नजन्मिएसम्म केही हुनेवाला छैन । एक दृष्टिले नेता दुई प्रकारका हुन्छन् ः राजनेता (स्टेट्समेन) र तोरीनेता (नक्कली नेता) । प्रज्ञापूर्ण, दूरदर्शी तथा व्यावहारिक राजनीतिज्ञ नै ‘राजनेता’ हुन् । धूर्त र ढोंगी राजनीतिज्ञ नै ‘तोरीनेता’ हुन् ।

राष्ट्रको भविष्य नेता, नीति र नेतृत्वमा टिकेको हुन्छ

त्यसैले त राजनेताले हमेसा दूरदर्शी समाधान खोज्छन्, तोरीनेताले सधैं कुर्सी खोज्छन् । राजनेताले सहयोग, विश्वास र रचनात्मकता उत्पन्न गर्छन्, तोरीनेताले भ्रान्ति, झैंझगडा र विवाद पैदा गर्छन् । राजनेताले सही मार्गदर्शन गर्छन्, तोरीनेताले गुमराह पार्छन् । राजनेताले सधैं देश र जनताको सेवा गर्छन्, तोरी नेताले कथित चमत्कारको सपना बाँडेर देश र जनतालाई सधैं आफ्नो सेवा गराउँछन् । अधिकांश तोरी नेता यति नीच हुन्छन् कि सत्ता र आफ्नो निजी स्वार्थका लागि जतिसुकै तल गिर्न पनि पछि पदैनन्, पैसा र पावरका लागि देशको शिर नै झुकाउन पनि किञ्चित लाज मान्दैनन् । नेपालमा यही त भएको छ ।

कुरा समर्थ नेताको पनि हो । कुरा नेता, नीति र नेतृत्वको मनोविज्ञानको पनि हो । यसै कुरामा जोड दिँदै प्रसिद्ध मनोवैज्ञानिक प्राडा डेनियल गोलमैन भन्दछन्, ‘बुद्धिमत्ता समर्थता, त्यो अश्वशक्ति हो, जसले मानिसलाई सफलताको चुचुरोमा पुग्ने ऊर्जा दिन्छ । बुद्धिलब्धि (आईक्यू), ठूलाठूला शैक्षिक योग्यता तथा प्राविधिक विशेषताभन्दा बढी महत्वपूर्ण हुन्छ, भावनात्मक बुद्धिमत्ता ।’

कठिन, असहज तथा विषम परिस्थितिमा बुद्धिको भन्दा पनि भावनात्मक समर्थताको महत्वपूर्ण भूमिका रहन्छ, त्यसैले भावनात्मक रूपमा समर्थवान् मानिस जस्तोसुकै विषम परिस्थितिमा पनि नआत्तिकन, नहडबढाइकन समस्याको दूरदर्शी समाधान खोज्नेतिर लाग्छ । तर, विडम्बना के भने यस किसिमको बुद्धिमत्ता विश्वका थोरै मानिसमा देखिने गर्छ । त्यसैले पनि कतिपय ज्ञानका मस्तिष्क त्यसै हराएर जान्छन् ।

अतः कुनै पनि कार्यको सुसम्पादनका लागि भावनात्मक सक्षमताको आवश्यकता पर्दछ, जुन सक्षमता भावनात्मक बुद्धिमत्तामा निर्भर रहन्छ । आफ्नो क्षमता र अरूको मनस्थितिको पहिचान गर्न सक्ने, जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि होसहवास नछोड्ने, कठिनाइमा अवसर खोज्न सक्ने, आफूलाई आफैंले उत्प्रेरित गर्न सक्ने तथा आफ्नो र मानवीय अन्तर्सम्बन्धको भावनाको तालमेल गर्न सक्ने खुबी नै भावनात्मक समर्थता हो, जुन बुद्धिमत्ता दुई प्रमुख कुराको संयोजनले बनेको छ, एउटा बौद्धिकता र अर्को भावनात्मकता ।

मनोवैज्ञानिकहरूको दाबी छ कि बौद्धिकता र भावनात्मकताजस्ता दुई सक्षमता मानिसको मस्तिष्कको छुट्टाछुट्टै भागसँग सम्बन्धित रहन्छन् । तर, दुःखको कुरा के भने सबै मस्तिष्कमा यी दुवै सक्षमता सक्रिय भएको पाइँदैन । यसका साथै खुसीको कुरा के भने यी सक्षमताको केही हदसम्म भए पनि आफूमा विकास गर्न सकिन्छ । तर, लाखौंमा एकाध मानिसले मात्र यस्ता सक्षमता आफूमा विकास गर्न लागिपरेको देखिन्छ । त्यसैले त राष्ट्रमा मात्र होइन कि हरेक संघसंस्थामा समेत एक समर्थवान् नेतृत्वको अभाव सधैं खड्किरहेको हुन्छ ।

जुन चेतनाद्वारा समस्या पैदा भएको छ, त्यही चेतना स्तरमा कुनै पनि समस्याको समाधान हुन सक्दैन

एउटा वैज्ञानिक तथा मनोवैज्ञानिक सत्य के हो भने कुनै पनि संघसंस्थाको प्रगति र समृद्धि, संघसंस्थासँग सम्बद्ध पदाधिकारी (नेतृत्व)को आचारणमा सकारात्मक परिर्वतनबिना सम्भव हुँदैन । तर, आचारण परिर्वतन भनेको ज्यादै कठिन कुरा हो । थुप्रै वैज्ञानिक अध्ययनले यसलाई पुष्टि पनि गरेको छ । जस्तो कि मुटुको बाइपास सर्जरी गरेका १० मध्ये एक जनाले मात्र स्वास्थ्यकर जीवनशैली अपनाएको पाइन्छ । तर, बाँकी नौ जनाले नयाँ जीवनशैली जीवन हो, यथास्थिति मृत्यु हो भन्ने कुरा जान्दाजान्दै पनि नयाँ जीवनशैली अपनाएको पाइँदैन । संघसंस्थामा पनि यही कुरा लागू हुन्छ । जस्तो कि हरेक नयाँ कार्यकारी प्रमुख संघसंस्थालाई नयाँ ढंगबाट नयाँ उचाइँ दिने संकल्पका साथ संघसंस्थामा प्रवेश गर्छ तर न त आफूलाई परिर्वतन गर्न सक्छ, न त सहकर्मीलाई लक्षित उद्देश्य परिपूर्तिका दिशामा एक ढिक्का बनाई अगाडि लिएर जान सक्दछ, यथास्थितिमा नै आफ्नो पदावधि गुजार्छ । यही कुरा राष्ट्रको नेतृत्वमा पनि लागू हुन्छ ।

दुई दशकयता स्नायु वैज्ञानिकले मानव प्रकृति र आचारण परिर्वतनका ’boutमा नयाँ तथा धेरै सटिक तथ्य पत्ता लगाएका छन् । स्नायु विज्ञानका प्रविधिले हिजोसम्म रहस्यमय रहेका स्नायु कोष र स्नायु रसायनका ’boutमा धेरै तथ्य उजागार गर्न सफल भएका छन् । स्नायु विज्ञानको क्षेत्रमा भएको यो प्रगति निश्चित रूपमा संगठनात्मक नेतृत्वका लागि ज्यादै नै खुसीको कुरा हो । त्यसैले देशका नेता, कम्पनीका कार्यकारी प्रमुख वा संघसंस्थाका प्रमुखले स्नायु विज्ञानको यो नवीन खोजलाई राम्रोसँग बुझ्ने हो भने आफ्नो नेतृत्वलाई समर्थवान् बनाई राष्ट्र, कम्पनी तथा संघसंस्थालाई रूपान्तरण गरी नयाँ उचाइँ दिन सक्छन् ।

अन्त्यमा कुनै पनि संघसंस्था होस् वा संगठन होस्, त्यसको नेता जति कुशल र समर्थवान् हुन्छ, नीति जति स्पष्ट र दूरदर्शी हुन्छ, त्यत्ति नै नेतृत्व सशक्त हुन्छ र नै सम्बन्धित संघसंस्था तथा राष्ट्र प्रगति पथमा अगाडि बढ्न सक्दछ । अतः यसरी सानाठूला संघसंस्था हुन् वा राष्ट्र होस्, तिनीहरूको भविष्य नेता, नीति र नेतृत्वमा टिकेको हुन्छ ।

त्यसैले नयाँ नेपालको रट लगाउने नेताहरूले अन्तर्मनदेखि नै सुन्दर, शान्त र समृद्ध नेपालको परिकल्पना गरेका हुन्, यो कुरा बुझ्नुपर्छ । यसका लागि सबैभन्दा पहिला आआफ्नो वर्तमान चेतनास्तरबाट माथि उठ्नुपर्छ । त्यो ’cause महान् वैज्ञानिक अलबर्ट आइन्सटाइनले भनेझैं जुन चेतनाद्वारा समस्या पैदा भएको छ, त्यही चेतना स्तरमा कुनै पनि हालतमा समस्या समाधान हुन सक्दैन । अतः यसरी नेपाली राजनीतिले आफ्नो चेतनास्तरबाट माथि उठी आफूमा समर्थ नेतृत्वको विकास गरी सकारात्मक राजनीतिलाई अगाडि बढाउँदै समस्यामा अवसर खोज्यो भने नेपालको भविष्य जाज्वल्यमान छ ।

तपाइको प्रतिक्रिया
(Visited 1,005 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

मोबाइल चार्ज गर्दा करेन्ट लागेर युवतीको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एकीकृत समाजवादीको चुनावी प्रतिबद्धता सार्वजनिक