काठमाडौं । राजधानी दैनिकका सम्पादक सागर पण्डितलगायत विभिन्न सञ्चारकर्मी पुरस्कृत भएका छन् । पत्रकारिताका माध्यमबाट मुलुकमा उल्लेखनीय योगदान पु-याएको भन्दै सम्पादक पण्डितलगायत विभिन्न सञ्चारकर्मीलाई रिपोर्टर्स क्लब नेपालले पुरस्कृत गरेको हो ।
सो अवसरमा सम्पादक पण्डितलाई यस वर्षको कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । मंगलबार राजधानीमा आयोजित क्लबको २३औं वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सो पुरस्कार प्रदान गरेका हुन् । क्लबका अध्यक्ष ऋषि धमलाको स्वर्गीय बुबाआमाको स्मृतिमा स्थापित यो पुरस्कारको राशि ४० हजार रुपैयाँ रहेको छ ।
सम्पादक पण्डित विगत साढे दुई दशकदेखि नेपाली पत्रकारितामा सक्रिय छन् । यसैगरी, रिपोर्टर्स क्लब नेपालले यो वर्ष घोषणा गरेको विभिन्न पुरस्कारमध्ये मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा उज्यालो मल्टिमिडिया प्रालिका कार्यकारी अध्यक्ष÷सञ्चालक गोपाल गुरागाईंलाई प्रदान गरिएको छ ।
नेपाली राजनीतिका चर्चित जनप्रिय नेता, जनताको बहुदलीय जनवादका प्रणेता, विचारक एवं नेकपा (एमाले)का पूर्वमहासचिव मदनकुमार भण्डारीको स्मृतिमा स्थापित यस पुरस्कारको राशि १ लाख रुपैयाँ रहेको छ । गुरागाईं विगत तीन दशकभन्दा अघिदेखि पत्रकारितामा सक्रिय छन् ।
त्यसैगरी, क्लबले प्रदान गरेको तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार रेडियो नेपालका समाचार महाशाखा प्रमुख डा. नवराज लम्साल र नेपाल टेलिभिजनका प्रमुख समाचार सम्पादक सालिक सुवेदीले पाएका छन् । उनीहरूलाई संयुक्त रूपमा जनही नगद ५० हजार रुपैयाँ राशिको सो पुरस्कार प्रदान गरिएको थियो ।
यस वर्षको कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार ताजा खबर साप्ताहिकका सम्पादक ईश्वरी वाग्लेले पाएका छन् । यो पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ । वाग्ले ३५ वर्षदेखि पत्रकारितामा सक्रिय छन् । त्यसैगरी शहिद जगदजंगप्रकाश शाह स्मृति पत्रकारिता पुरस्कार नागरिक दैनिकका बालकृष्ण अधिकारीले पाएका छन् ।
सो पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ । उमा सिंह स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर दैनिककी बिनु सुवेदीले पाएकी छन् । उनलाई प्रदान गरिएको पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ । बाबुछिरि फोटो पत्रकारिता पुरस्कार रिपोर्टर्स नेपाल डटकमकका फोटो पत्रकार मुकुन्द कालिकोटेले पाएका छन् । उनलाई दिइएको सो पुरस्कारको राशि पनि नगद २५ हजार रुपैयाँ रहेको छ ।
वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार एबीसी टेलिभिजनका अनन्त अनुरागले पाएका छन् । उनलाई प्रदान गरिएको सो पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ । त्यसैगरी, क्लबले यस वर्षको उत्कृष्ट युवा पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समितिका जीवन भण्डारी, डीसी नेपाल डट कमका मदन कोइराला, प्राइम टाइम्स टेलिभिजनका दीपक अर्याललाई प्रदान गरिएको थियो ।
सो पुरस्कार पाउने अन्य पत्रकारमा योहो टेलिभिजनका रोहन श्रेष्ठ, दामन पोस्ट साप्ताहिकका सम्पादक सन्तराम विडारी, नेपाल पुकार टेलिभिजनका प्रकाशचन्द्र दाहाल, न्युज एजेन्सी नेपालका देवआनन्द शिल्पकार, सरोकार टेलिभजन तथा हिमालय टेलिभ्वाइसका दुर्लभ थापा मगर रहेका छन् । उनीहरू सबै जनालाई प्रधानमन्त्री ओलीले पुरस्कार र सम्मानपत्र प्रदान गरेका थिए ।
यसैगरी, प्रधानमन्त्री ओलीले डेमेक्रेसी खबर साप्ताहिकका गणेश खड्का, न्युज फिल्मी डटकमका अनुप भट्टराई, रमाइलो छ का उत्सव रसाइली, क्यानडा नेपाल डटकमका रौनक निरौला र प्राइम टाइम टेलिभिजनका श्रीकान्त गुप्तालाई पनि सो पुरस्कार प्रदान गरेका थिए । यसैगरी, क्लबले समाजको विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु-याएको भन्दै वरिष्ठ पत्रकार श्रीमाधव शर्मा, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मलहोत्रा, वरिष्ठ सञ्चारकर्मी निर्जल श्रेष्ठ, बराह गु्रपका अध्यक्ष शिवकुमार लामिछाने, शिक्षासेवी मनास्लु वल्र्ड कलेजका अध्यक्ष गेन्द्र लामा, नेपाल हेवी इक्विपमेन्ट व्यवसायी महासंघका संस्थापक अध्यक्ष ताराबहादुर कुँवरलगायत विशेष सम्मान प्रदान गरेको थियो ।
त्यसैगरी, रिपोर्टर्स क्लबको प्रदेश शाखामा रहेर उत्कृष्ट भूमिका निर्वाह गर्ने क्लबका लुम्बनी प्रदेश संयोजक रामकुमार क्षेत्रीलाई पनि सम्मान गरिएको थियो । उनीहरू सबैलाई प्रधानमन्त्री ओलीले सम्मान गरेका हुन् ।