बेपत्ता भएको १३ दिनपछि बालकको कंकाल फेला

खोटाङ । खोटाङमा बेपत्ता भएको १३ दिनपछि १४ वर्षीय बालकको कंकाल फेला परेको छ । गत चैत ३ गतेदेखि बेपत्ता भएका बराहपोखरी गाउँपालिका–३ साउनेचौंरका रञ्जित राईको कंकाल सोमबार फेला परेको प्रहरीले जनाएको छ ।

बेपत्ता भएका रञ्जितको कंकाल बराहपोखरी गाउँपालिका–१ बराहपोखरीको राँकुली खोला र न्याउले खोलाको दोभानमा फेला परेको हो । बालक रञ्जितको कंकाल मात्र बाँकी रहेकाले लगाएको लुगाको आधारमा बालकको पहिचान गरिएको वडाध्यक्ष शम्भु निरौलाले बताए ।

शारीरिक अपांगता भएका रञ्जितको कंकाल घरभन्दा करिब चार घण्टा टाडा रहेको अप्ठ्यारो भीरमुनि खोलामा भेटिएको हो । खोलामा कंकाल फेला परेपछि स्थानीयले परिवारलाई पहिचानका लागि खबर गरेका थिए । बेपत्ता भएको चार दिनसम्म पनि फेला नपरेपछि आफन्तले खोजीका लागि प्रहरीलाई तस्बिर सहित निबेदन दिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 160 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पर्सामा एमालेले बिरासत तोड्यो