Monday, July 26, 2021
Homeप्रदेशप्रदेश १खोटाङका चार आगलागी पीडितलाई सहयोग

खोटाङका चार आगलागी पीडितलाई सहयोग

सुर्य तामाङ,
sharethis

खोटाङ । खोटाङ प्राकृतिक सहयोग कोषले जिल्लाका चार आगलागी पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । पछिल्लो समयमा आगलागीबाट बिस्थापित भएका केपिलासगढी गाउँपालिका–३ बासपानीका थामबहादुर राई र पदमबहादुर खड्का, केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका चन्द्रमणी राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका रामबहादुर राईलाई कोषले आर्थिक सहयोग गरेको हो ।

खोटाङ सेवा समाज हङकङले स्थापना गरेको कोषमार्फत आगलागीबाट विस्थापित परिवारलाई प्रतिपरिवार १० हजारका दरले आर्थिक सहयोग गरेको खोटाङ प्राकृतिक सहयोग कोषका कोषाध्यक्ष युगसन किराँतले बताए । केपिलासगढी गाउँपालिकाका आगलागी पिडितलाई सम्वन्धित वडाका जनप्रतिनिधिको रोहवरमा सोही गाउँपालिकाका खोटाङ प्राकृतिक सहयोग कोषका प्रतिनिधि समिर राईमार्फत आर्थिक सहयोग प्रदान गरिएको कोषले जनाएको छ ।

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका आगलागी पिडितलाई सम्वन्धित वडाका जनप्रतिनिधिको रोहवरमा कोषाध्यक्ष युगसन किरातमार्फत आर्थिक सहयोग प्रदान गरिएको छ । हङकङमा बसिरहेका खोटाङ्गेको अगुवाईमा प्राकृतिक विपत्तीमा परेका जिल्लाबासीको सहयोगार्थ २०७२ सालमा स्थापना गरिएको कोषको वार्षिक व्याजबाट प्राकृतिक विपत्तीमा परेका जिल्लाबासीहरुलाई आर्थिक सहयोग गर्दै आएको छ । २० लाखबाट सुरु गरिएको कोषको मुल धन अहिले २८ लाख पुगेको कोषाध्यक्ष किरातले बताए ।

(Visited 91 times, 1 visits today)
Loading comments...

आजको समाचार

जसपा विवादः महन्थको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले महन्थ ठाकुर पक्षले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’...

जसपा आधिकारिकता विवादको टुंगो आज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आधिकारिताबारे निर्वाचन आयोगले आज (सोमबार) निर्णय गर्दै छ । आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव...

कमजोर नबनून् राजनीतिक दलहरू !

नेपालको संविधान २०७२ को प्रस्तावनामामुलुकले ‘जनताको प्रतिष्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली’अँगाल्ने कुरा उल्लेख गरिएको छ । बहुदलीय प्रतिष्पर्धात्मक राज्य व्यवस्थामा आवधिक निर्वाचनको महŒवपूर्ण भूमिका...

६० सचिव फेरबदलको गृहकार्यमा देउवा सरकार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विभिन्न मन्त्रालय र निकायका प्रशासनिक नेतृत्वमा रहेका सचिवको सरुवा तयारी गरेको छ । विभिन्न मन्त्रालय र निकायमा...

को हुन नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी...

साताका लोकप्रिय समाचार

उच्च सर्तकता जरुरी

  नेपालमा हालसम्म प्राथमिकताका आधारमा नागरिकहरूले धमाधम खोप लिए पनि महामारी संक्रमणमा भने कमी आएको छैन । संक्रमितहरूको संख्यामा कमी नहुनु, खोप लिएकाहरू पनि पुनः...

बिरामीका आफन्तले डक्टर कुटेपछि स्वास्थ्यकर्मी आन्दोलित

  दमक । आइतवार साँझ हल्दीवारीका पुष्प निरौलाले मेची अस्पतालका मेडिकल अफिसर डा.केवल कपुरीलाई कुटपिट गरेपछि कारवाहीको माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित बनेका छन् । उनीहरुले निरौलालाई...

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

  काठमाडाैं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने गरी आइतबार श्रेष्ठलाई...

शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्रासँग ७० पोर्न फिल्म

मुम्बई । बलिउड फिल्म निर्माता तथा अभिनेत्री शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्राको समूहले ठूलो मात्रामा पोर्न फिल्म बनाएर पोर्न फिल्मको व्यवसाय सञ्चालन गरेको प्रहरीले...

रेलमा झेलैझेल

काठमाडौं । भारतबाट करीब वर्ष दिनअघि ल्याइएको रेल सञ्चालन टुंगो अझै लागेको छैन । सरकारी पक्षबाट रेल सञ्चालनका लागि पटक–पटक समय तोके पनि तयारीमा...

ट्रेन्डिङ

चाइनीज स्याउ तस्करीमा सुनसरीका एसपी संलग्न रहेको आशंका

  इटहरी । लकडाउनको मौका छोपेर पछिल्लो केही महिनायता भारतसँगको खुल्ला सीमाबाट तस्करीको धन्दा मौलाएपछि आर्थिक लेनदेनको विवादमा मुछिएका सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापा...

२५ जनाको ज्यान लिने चितुवालाई चितवन लगियो

बैतडी । बैतडीको मेलौली नगरपालिका ९ असुरमा खोरमा फसेको चितुवालाई उद्धार शनिबार गरिएको छ । बिहीबार राती चितुवा खोरमा फसेको थियो ।...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)