एमाले विवादः नेपाल समूहमा थामिएन आक्रोस

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता एवं पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल समुहले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यसत्ताको दुरुपयोग गरेको निष्कर्ष निकालेको छ ।

नेता नेपाल र भीम रावललाई पार्टी हितविपरित कार्य गरेको भन्दै ६ महिनाका लागि पार्टी सदस्यबाट ओलीले निष्कासन गरेपछि मंगलबार बसेको नेपाल समुहको स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

साथै नेपाल समुहले नेपाल र रावलमाथि गरिएको कारवाही प्रति आपती जनाउँदै अमान्य रहेको जनाउँदै सो समूहले अध्यक्ष ओलीको कदमले एमालेलाई विभाजनतिर लैजाने निष्कर्ष निकालेको छ । नेपाल समूहका ११ स्थायी कमिटी सदस्यहरुको बैठकले नेता नेपाल र रावलमाथि गरिएको कारबाहीको निर्णय विधान विपरित भएको जिकिर गरेको छ ।

बैठकपछि ११ स्थायी कमिटी सदस्यहरुले संयुक्त रुपमा जारी गर्दै भनेका छन्, ‘यस्ता कार्य पार्टीभित्र विचार र संगठन’bout छलफल र बहस गर्ने ढोका बन्द हुने र एमालेलाई विभाजन गरी छिन्नभिन्न गर्ने दुराशयकै परिणाम हो । यस्तो पार्टी विधान, पद्धति र मान्यता विपरितको कार्यको हामी भत्र्सना गर्दर्छौ ।’

एमालेको नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, त्यसबाट पारित विधान र पद्धति मिच्दै अध्यक्ष ओलीबाट एकपछि अर्को निरंकुश र स्वेच्छाचारी कार्य भइरहेको नेपाल समुहको निष्कर्ष रहेको छ । राज्यसत्ताको दुरुपयोग गर्दै तानाशाही लाद्ने दुस्प्रयास भइरहेको उल्लेख गर्दै आफूहरुलाई यस्ता कार्य मान्य नभएको जनाएका छन् ।

आफैले गोप्य सम्झौताका साथ घोषणा गरेको माओवादी केन्द्रसँगको एकीकरणका विरुद्ध अनेकौं पडयन्त्र गर्दै पार्टी एकतालाई भङ्ग गर्न उद्दत ओलीबाट गत २३ फागुनमा सर्वोच्च अदालतको फैसला पछि पुनर्जिवित एमालेलाई समेत विभाजन गरी नेपालको कम्युनिस्ट आन्दोलनलाई नै विसर्जन गर्ने दूस्प्रयत्न भइरहेको नेपाल समुहको निष्कर्ष रहेको छ ।

‘नेपाली जनताले पाँच वर्षका लागि निर्वाचित गरेको प्रतिनिधिसभालाई असंवैधानिक किसिमले विघटन गर्ने निर्णय बदर भएपछि उत्तेजित बन्नुभएका केपी शर्मा ओलीबाट राज्यका विभिन्न निकायलाई निकम्मा बनाउनुका साथै नेकपा (एमाले) विभाजित गरी कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षडयन्त्रपूर्ण काम भइरहेका छन्’ नेपाल समुहले भनेको छ ।

ओली समुहले गरेको अवैध निर्णय रद्द गरी एमालेलाई पूर्ववत् स्थितिमा क्रियाशील बनाई अगाडि बढ्न आग्रह गर्दै नेपाल समुहले पार्टी एकता र कम्युनिस्ट आन्दोलनलाई प्रतिक्रियावादीहरूको षड्यन्त्रपूर्ण प्रहारबाट जोगाउने आफूहरुको प्रस्ताव ओलीले व्यक्तिगत स्वार्थ, अहंकार, अराजकता र कम्युनिस्ट आन्दोलनको विसर्जनतर्फ उन्मुख गराएको भन्दै मान्य नहुने जिकिर गरेका छन् ।

प्रधानमन्त्रीको पद र शक्ति प्राप्त भएपछि ओलीबाट निरन्तर नेपाल र नेपाली जनताको हितमा आघात पुर्याउने, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, अखण्डता र स्वाभिमानमा आँच पुन्याउने विभिन्न कामहरू भएको उल्लेख गर्दै नेपाल समुहले भ्रष्टाचार र अनियमित कार्यहरुको चाङ लाग्न थालेको जनाएको छ । देश र जनताप्रतिको उत्तरदायित्व र सुशासनका सबै मान्यताहरू भत्किन थालेको उनीहरुले भनेका छन् ।

‘सत्ता, शक्ति र स्रोतको उन्मादले ग्रसित केपी शर्मा ओलीद्वारा पार्टी विभाजनको रेखालाई फराकिलो बनाउने दुराशयबाट नवौं राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित वरिष्ठ नेता कमरेड माधव कुमार नेपाल, उपाध्यक्ष कमरेड भीम रावल, उपमहासचिव कमरेड घनश्याम भुसाल र स्थायी कमिटीका सदस्य कमरेड सुरेन्द्र पाण्डेलाई अनेक झुठा आरोप लगाउँदै कथित स्पष्टिकरण सोधियो । त्यो उहाँको पार्टीभित्र अन्तरद्वन्द्व चर्काउने दुरायशको हिस्सा थियो’ नेपाल समुहले भनेको छ ।

पार्टी विधान, पद्धति र मान्यता विपरीतको कार्यको भत्र्सना गर्दै नेपाल समुहले ओलीबाट भएका देश, जनता र पार्टीको हित विपरीतका क्रियाकलापका विरुद्ध तथा पार्टीको क्रान्तिकारी सिद्धान्त र विचारको पक्षमा दृढतापूर्वक एकताबद्धरुपमा संगठित भई देशव्यापी रुपमा सक्रिय हुने निष्कर्ष निकालेको छ ।

एमालेका वरिष्ठ नेता नेपाल समुह झलनाथ खनाल, उपाध्यक्षत्रय युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, उपमहासचिव घनश्याम भुषाल, सचिवहरु भीम आचार्य, गोकर्ण बिष्ट, योगेश भट्टराई, स्थायी कमिटीका सदस्यहरु मुकुन्द न्यौपाने र सुरेन्द्र पाण्डेले संयुक्तरुपमा विज्ञप्ती जारी गर्दै यस्तो जनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 141 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भिमदत्त नगरपालिकामा सर्वदलीय बैठक पछि मतगणना सुचारु