Monday, May 17, 2021
Home भर्खरै एक सातादेखि काठमाडौंको फोहोर उठेन

एक सातादेखि काठमाडौंको फोहोर उठेन

रासस,

काठमाडौं । स्थानीयवासीले अवरोध गरेपछि काठमाडौँ उपत्यकाको फोहोर छ दिनदेखि व्यवस्थापन हुन सेकेको छैन । विगत १३ वर्षदेखि उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटका बासिन्दाले विभिन्न माग राखी अवरोध गरेपछि उपत्यकाको फोहोर उठ्न नसकेको हो ।

सिसडोलका स्थानीयवासीले यही चैत १३ गतेदेखि उपत्यकाको फोहोर लान अवरोध गरेका छन् । फोहोरमैला प्रभावित क्षेत्रका शिक्षक व्यवस्थापन सङ्घर्ष समितिले प्रभावित क्षेत्रका विद्यालयमा ५१ वटा शिक्षक दरबन्दी थप गर्नुपर्ने र प्रभावित सबै विद्यार्थीका लागि माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गर्नुपर्ने जस्ता माग राखेर अवरोध गरेका हुन् ।

यस विषयमा काठमाडौँ महानगरपालिकाले छलफल गरिहेको छ । ५१ जना शिक्षकको माग गरिएकामा २० जना शिक्षकको दरबन्दी दिने निर्णय कामपाले गरिसकेको छ । कामपा वातावरण विभागमा प्रमुख हरिकुमार श्रेष्ठका अनुसार फोेहोर व्यवस्थापन कार्य सबैको साझा समस्या भएकाले यसमा सहयोग गरिदिन प्रभावित क्षेत्र सिसडोलका बासिन्दासँग आग्रह गरे ।

विभागका प्रमुख हरिकुमार श्रेष्ठले भने, “स्थानीय बासिन्दाको माग सम्बन्धमा कामपा, नेपाल सरकार, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयसँग समन्वय गरी छलफल अघि बढाइसकेकाले माग पूरा हुने सकारात्मक अपेक्षा छ ।” अहिले साइटमा फोहोर लैजानसक्ने अवस्था नरहेकाले घर, पसल, उद्योग, कलकारखाना, व्यवसाय तथा कार्यालयका उत्पादकलाई स्रोतमै फोहोर वर्गीकरण गर्न विभागले अनुरोध गरेको छ । नकुहिनेलाई घरमै व्यवस्थापन गर्न र कुहिने फोहोरलाई सङ्कलन गर्ने गाडी आएपछि पठाउन कामपाले आग्रह गरेको छ ।

काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहोर विगत १३ वर्षदेखि नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटमा विसर्जन गरिँदै आएको छ । शुरुमा दुई वर्षका लागि भने पनि १३ वर्षसम्म निरन्तर फोेहोर व्यवस्थापन गर्दा विभिन्न किसिमको समस्या आएको भन्दैै स्थानीयवासीले अन्यत्र विकल्प खोज्नका लागि अवरोध गर्दै आएका छन् ।

उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिक टन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । सबैभन्दा बढी कामपाबाट ५०० मेट्रिक टन फोहोर लगिने गरिएको छ । हरेक दिन उपत्यकाबाट निजी र कामपाको गरी २०० गाडी फोहोर लगिने गरिएको छ । दीर्घकालीन ल्यान्डफिल निर्माणका लागि सिसडोलभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा एक हजार ७०० रोपनी जग्गा अधिग्रहण गरिसकेको भए पनि निर्माणको काम सम्पन्न भएको छैन ।

(Visited 54 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

धादिङ अस्पतालमा कार्यरत ४० जना स्वास्थ्यकर्मी संक्रमित

धादिङ ।  जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीको अभाव भएको छ । अस्पतालमा कार्यरत ४० स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएर आइसोलेशनमा बसेका कारण दैनिक उपचारमा समेत समस्या आएको...

जसपा विवादकै घेरामा

काठमाडौं । सरकार निर्माणका लागि निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) विवाद बिहीबारसम्म समाधान हुन सकेन । शीर्ष नेताबीचको छलफलमा सरकार निर्माणका लागि सहमति...

टीकापुर अस्पतालमा पाँचको मृत्यु

कैलाली ।  कैलालीको टीकापुर अस्पतालमा उपचारका क्रममा आज थप पाँच जनाको ज्यान गएको छ । अस्पतालका मेसु डा रेमकुमार राईका अनुसार टीकापुर नगरपालिका–१ की...

झण्झटिला प्रक्रिया छोट्याएर नागरिकको जीवन रक्षा गर्नुस् : प्रधानमन्त्री

काठमाडाैं ।  कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र(सिसिएमसी)ले महामारीविरुद्ध लड्न थप केही कानूनी संरचना आवश्यक भएको महसुस गर्दै तर्जुमाका लागि गृहकार्य गर्न कानून, न्याय तथा...

वैशाखमा मात्रै डेढ लाख कोरोना सङ्क्रमित थप, १६०८ ले ज्यान गुमाए

काठमाडौं । वैशाखमा मात्रै नेपालमा कोरोना भाइरसबाट डेढ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । वैशाख १ गतेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन लाख सात...

ट्रेन्डिङ

३३ एसएसपीको सरुवा, महानगरीय प्रहरी प्रमुखमा अशोक सिंह

काठमाडौं । नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सरुवा सूची अनुसार महानगरीय प्रहरी...

संसद विघटनको बिरोधमा जसपाले जलायो प्रधानमन्त्री र राष्ट्रपतिको पुतला

सप्तरी । असंबैधानिक प्रतिनिधिसभा विघटनको बिरोधमा शुक्रबार जनता समाजवादी पार्टी नेपाल सप्तरीले राजविराजमा बिरोध प्रदर्शन गर्नुका साथै प्रधानमन्त्री र राष्ट्रपतिको पुतला दहन गरेका छन्...

निर्मला हत्या प्रकरण : प्रहरीको निलम्बन फुकुवाको तयारी

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणको फितलो अनुसन्धानको आरोप लागेपछि निलम्बनमा परेका प्रहरीको निलम्बन फुकुवाको तयारी भएको छ । सरकारले मन्त्रिपरिषद् बैठकमार्फत...

ओलीलाई भेट्न दाहाल बालुवाटारमा

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएर बालुवाटार फर्किएका प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्...

मुम्बईलाई पाँचौं पटक आईपीएल उपाधि

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि मुम्बई इण्डियन्सलेले जितेको छ । आइपिएलको १३ औं संस्करणसम्म आइपुग्दा उसले यो उपाधि पाँचौं पटक उपाधि...

एकै दिन बिके ५४० खसीबोका

काठमाडौँ । सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याएका खसी तथा बोका बजार मूल्यअनुसार धेरै सस्तो भएपछि एकैदिन धेरै बिक्री भएको छ...

मन्त्रिपरिषद् चार महिनादेखि अपुरो

काठमाडौं । एउटै पार्टीको स्पष्ट बहुमतप्राप्त वर्तमान सरकार विगत चार महिनादेखि अपुरो रहेको छ । चार महिनादेखि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सहरी...

सार्वजनिक कार्यहरूको मूल्यांकन र नागरिक सहभागिता

प्रजातान्त्रिक शासन प्रणाली भनेको जनताका लागि जनताद्वारा जनताको हितमा गरिने शासन हो । जनताले आफूमा अन्तर्निहित सार्वभौम अधिकार प्रयोग गर्न प्रतिनिधिको निर्वाचन गर्दछन् र...

नेपालमा कोभिड–१९ निको हुने दर बढ्दो

काठमाडौँ । नेपालमा कोभिड–१९ निको दर बढेको पाइएको छ । विश्वका तुलनामा नेपालमा निको हुने दर बढेको हो । बिहीबारको तथ्याङ्कानुसार विश्वमा निको हुने...

पूरा भएको मेलम्ची सपना

सपनाका कुराझैं लाग्ने सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौं उपत्यकामा आइपुगेपछि काकाकुल अवस्थामा रहेको काठमाडौं सहर अबका केही वर्षसम्म त्यो समस्याबाट मुक्त रहने अपेक्षा गरिएको...

स्ववियू निर्वाचन स्थगित गरिएकोमा नेविसंघको आपत्ती

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थागित गरिएकोमा नेपाली कांग्रेस निकटको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको आपत्ती जनाएको छ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थी संगठनको...

टासी पुनः मानार्थ अध्यक्ष

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले टासी घलेलाई पुनः मानार्थ अध्यक्षमा फर्काउने निर्णय गरेको छ । एन्फा कार्यसमितिको मंगलबार बसेको आपत्कालीन बैठकले पूर्वमानार्थ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)