Friday, July 23, 2021
Homeप्रमुखबाले कुटेर मारे, छोरा ५ लाखमा बयान फेर्न धम्कि दिन्छन्

बाले कुटेर मारे, छोरा ५ लाखमा बयान फेर्न धम्कि दिन्छन्

पिडककाे धम्किपछि दलित परिवार विस्थापित

कुमार श्रेष्ठ,

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ३ विरौटामा बस्दै आएका मेहरमान बिकको छिमेकीको कुटपिटबाट मृत्यु भएपछि परिवार नै विस्थापित भएको छ । स्थानीय साङतेन्जी शेर्पाको कुटपिटबाट मृत्यु भएपछि बिकको परिवार नै विस्थापित भएको हो ।

बारी जोत्ने ट्याक्टरको विषयमा सामान्य विवाद हुँदा शेर्पाको निर्घात कुटपिटबाट मुत्रथैली फुटेपछि विकको उपचारको क्रममा मृत्यु भएको थियो । विकको मृत्युपछि पक्राउ परेका शेर्पालाई छुटाउन शेर्पाका छोराले मृतकका परिवारलाई दबाब दिएपछि आपूmहरु घर छोडेर हिड्न बाध्य भएको मृतककी श्रीमती पम्फादेवि विकले बताइन् ।

अभियुक्तका छोराले ५ लाख रुपैयाँ दिन्छु अदालतमा बयान फेर भनेर दबाव दिएपछि घर छोडेर हिड्न बाध्य भएको मृतककी श्रीमतिले गुनासो गरिन । आपूmहरु घर नै छोडेर हिड्ने तर अपराधीलाई उन्मुक्ति दिन नसकिने मृतक विककी श्रीमतिको भनाई छ ।

मृतकका परिवार विस्थापित मात्र भएका छैन उनीहरु बेसहारा समेत भएका छन् । गोकुलगंगा गाउँपालिका–४ बेतालीमा रहेको ६ आना जग्गा विद्युतको हाइटेन्सन लाइन र सडकमा परेपछि भूमिहिन भएका विकको परिवार गोकुलगंगा–३ विरौटामा पूर्णबहादुर कार्कीको जग्गामा घर बनाएर बस्दै आएका थिए ।

महेरमानको मृत्युपछि उनका परिवार आफन्तको घरमा आश्रय लिएर बसेका छन् । मेहरमानको हत्यापछि पीडकका छोराले आफ्ना बुबालाई छुटाउन पीडित परिवारलाई दबाव दिएकै कारण घर छोडेर हिड्न बाध्य भएको गोकुलगंगा गाउँपालिका वडा नं. ४ का सदस्य सिताराम कार्कीले बताए । घर छोडेर हिडेपछि विकको परिवार अहिले घरबार बिहीन भएका छन् ।
राज्यद्धारा नै भूमिहिन बनाइएका विकले आरन चलाएर ८ जनाको परिवार पाल्दै आएका थिए । उनको मृत्युपछि परिवार विचल्लीमा परेका छन् । घरमुलीको मुत्युपछि परिवारको अवस्था सडकबासीको जस्तो भएको वडा सदस्य कार्कीको भनाई छ ।

काम गर्न सक्ने जेठो छोरा पनि सवारी दुर्घटनामा गरि मेरुदण्ड भाँचिएपछि काम गर्न सक्दैनन् भने उनका भाइबहिनी नाबालग छन् । सवारी दुर्घटना परि मेरुदण्ड भाँचिएपछि सिधा उभिएर हिड्नै गाह्रो हुने भएकाले काम गर्न सकिने अवस्था नरहेको मृतका जेठो छोरा रुद्र विकले बताए । ‘मेरो यो हालत छ, भाइबहीनी सानै छन्, अब हामी के खाएर बाँच्ने, हाम्रो भविष्य नै अनिश्चित भयो ।’ मृतकको उपचारमा ५ लाख रुपैयाँ खर्च भएको त्यो पैसा समेत पीडकले नतिरेको पीडित परिवारको गुनासो छ ।

Loading comments...

आजको समाचार

ललिता निवास जग्गा प्रकरणः मुख्य बिचौलियासहित ३२ जना अझै फरार

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको १ सय १३ रोपनी सरकारी जग्गा किनबेच गरेर भ्रष्टाचार मुद्दामा मुछिएका मुख्य बिचौलिया अझंै फरार रहेका छन् । फरार...

६० हजारकाे लाेभमा १५ वर्ष जेल : जीवनभर पश्चाताप

चितवन ।  जिल्लाको कोराकका एक चेपाङले र ६० हजार रूपैंयाँको लोभले १५ वर्ष जेल जीवन बिताउनु प-यो । जेल जीवन त पूरा भयो तर...

ओलीबा र देउबा देशका निर्णायक

ओलीबा र देउबामा देशको ढुकुटी गएको लामै समय भइसकेको छ । अहिले पछिल्लो समय ओलीबाले ढुकुटी रित्याएर बालकोट फिर्ती सबारीमा जुलुस निकाले, ज्येष्ठ नागरिकलाई...

लोकतन्त्रको आधार चेतनशील समाज

समाजमा पछिल्ला दिनमा राजनीतिक दल र सरकारमा संलग्न नेताको आलोचना बढ्दै गएको पाइन्छ । अहिले एमालेको सरकार आप्mनै ढंगले ढले पछि नेपाली कांग्रेसका संसदीय...

साताका लोकप्रिय समाचार

अस्पतालको वेडबाट झलनाथको आग्रह : देउवा सरकारलाई विश्वासको मत दिऔं

  काठमाडाैं ।  पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाइ विश्वासकाे मत दिनु पर्ने बताएका छन् ।  दिल्लीमा उपचाररत खनालले...

धकेलिँदै कांग्रेस महाधिवेशन

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन धकेलिने भएको छ । कांग्रेसले वडा तहदेखि केन्द्रसम्मकै पूर्वनिर्धारित कार्यतालिकामा केही हेरफेर गर्दै एक सातादेखि १० दिनसम्म...

निर्माण सम्पन्न नहुदै भत्कियो झोलुंगे पुल

सिन्धुली । तिनपाटन गाउँपालिका वडा नं. १ को सिक्रे र वडा नं. २ को हिलेपानी जोड्ने झोलुंगे पुल निर्माण सम्पन्न नहुदै भत्किएको छ ।...

पोखरा महानगरपालिका प्रमुख जिसीलाई हृदयघात, खतरामुक्त

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई हृदयघात भएको छ । महानगरपालिका प्रमुख जिसीलाई शुक्रबार बिहान लगभग ४ बजे हृदयघात भएको हो । अहिले पोखराकै...

१५ अर्ब १५ करोड रुपैयाँ वैदेशिक सम्पत्ति घट्यो

काठमाडौं । आर्थिक वर्ष २०७७-७८ को ११ महिनामा विस्तृत मुद्राप्रदाय १६.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय १२.९ प्रतिशतले बढेको...

ट्रेन्डिङ

गाँजा तस्कर दुई महिला पक्राउ

महोत्तरी । महोत्तरीको जलेश्वरमा आईतवार प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको मधुवनी गाउँपालिका.४ कि ४५...

राहत प्याकेज कार्यक्रमलाई कार्यान्वयन गर

कोरोना संक्रमणविरुद्ध गरिएको लकडाउनका कारण सिंगो देशमा सिर्जित दैनिक उपभोग्य सामग्री तथा आर्थिक अभावलाई सन्तुलनमा राख्नका लागि सरकारले राहत प्याकेज कार्यक्रम घोषणा गरेको छ...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?