Wednesday, April 14, 2021
Home विदेश म्यानमारकी नेतृ सुकीको स्वास्थ्य अवस्था राम्रो रहेको दाबी

म्यानमारकी नेतृ सुकीको स्वास्थ्य अवस्था राम्रो रहेको दाबी

एजेन्सी,

म्यानमार । म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसाङ सुकीको स्वास्थ्य अवस्था राम्रो नै रहेको पाइएको छ । झण्डै दुई महिनादेखि थुनामा रहनु भएकी ७५ वर्षीय सुकीको स्वास्थ्यमा कुनै समस्या नरहेको सेनाले दावी गरेकाे छ ।

कूटनीतिक दबाब धेरै परेपछि सुकीका वकिलहरुलाई भेट्न दिइएको थियो । उनीहरुले नै उनको अवस्था सामान्य रहेको जानकारी दिएका हुन् । म्यानमारका सेनाले शासन हातमा लिएर सुकीलगायतका नेताहरुलाई थुनामा राखेको छ । उनीहरुको अवस्थाका बारेमा अहिलेसम्म कुनै जानकारी गराइएको थिएन ।

सेनाले सत्ता हातमा लिएदेखि म्यानमारमा अहिलेसम्म पनि जनआन्दोलन चलिरहेको छ । आन्दोलनका क्रममा अहिलेसम्म ५२० भन्दा बढीको मृत्यु भइसकेको छ ।

निर्वाचित सरकार र संसद्लाई भङ्ग गरी निष्पक्ष तरिकाले नयाँ निर्वाचन गराउन भन्दै सत्ता हातमा लिनु परेको सेनाको भनाइ छ । यसअघि भएको निर्वाचन निष्पक्ष हुन नसकेको भन्दै निर्वाचनको नतिजाप्रति सेनाले असन्तुष्टि र अविश्वास प्रकट गर्दै आएको थियो ।

नवगठित संसद्को पहिलो बैठक बस्नै लागेको दिन गत फेब्रुअरी १ का दिन सेनाले सत्ता हातमा लिएको घोषणा गर्दै शीर्ष नेताहरुलाई नियन्त्रणमा लिएको हो ।

सेनाको कदमको विरोध गर्दै अहिले म्यानमारका दैनिक हजारौँ आन्दोलनकारीले प्रदर्शन गर्ने गरेका छन् भने अन्तर्राष्ट्रिय क्षेत्रबाट समेत सेनाको कदमको विरोध भइरहेको छ । केहीदिन अगाडि आन्दोलनका क्रममा एकैदिन झण्डै १०० जनाको मृत्यु भएपछि सैन्य सरकारको दमनको विश्वभरीबाट थप विरोध भइरहेको छ ।

सेनाको आलोच्य कदमका कारण कतिपय देशहरुले म्यानमारलाई दिँदै आएको सहयोग रोक्ने घोषणा गरेका छन् भने कतिपयले अनिश्चितकालका लागि कुनै सहकार्य नगर्ने उद्घोष गरेका छन् ।

जापानले म्यान्मारमा प्रजातान्त्रिक प्रक्रिया अवरुद्ध गरी सेनाले सत्ताविद्रोह गरेको भन्दै नयाँ आर्थिक सहायता दिन बन्द गरेको छ । म्यान्मारका लागि जापान सबैभन्दा ठूलो दातृ मुलुक हो । जापानका विदेशमन्त्री तोसिमिचु मोटेगीले आर्थिक सहायता रोकेर म्यान्मारलाई प्रस्ट सन्देश दिन खोजेको बताएका छन् ।

संसद्मा मङ्गलबार सम्बोधन गर्दै विदेशमन्त्री मोटेगीले भने “म्यान्मारका निम्ति सबैभन्दा बढी आर्थिक सहायता उपलब्ध गराउने जापान प्रमुख राष्ट्र हो । अब नयाँ सहायता म्यान्मारलाई दिइने छैन । हामीले प्रस्ट अडान राखेका छौँ ।”

संयुक्तराज्य अमेरिका, बेलायत र युरोपेली युनियनले सत्ताविद्रोहमा संलग्न प्रहरी र सेनाका वरिष्ट कमान्डरका साथै सेनाको नियन्त्रणमा रहेका व्यापारिक एवं व्यावसायिक कम्पनीमाथि विभिन्न किसिमका प्रतिबन्धहरु घोषणा गरिसकेका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार नयाँ सहायता मात्र रोकिने छन् । हाल सञ्चालनमा रहेका आयोजनामा हुने लगानी भने यथावत् रहनेछ । जापानले म्यान्मारको सैन्य सत्ता विद्रोहलाई लिएर आलोचना गर्नुका साथै लोकतन्त्रको पुनर्बहालीका लागि आह्वान गरेको छ ।

म्यानमारमा आन्दोलनका क्रममा अरू दर्जनौँ व्यक्ति घाइते भएका छन् भने मुलुक राजनीतिक तथा आर्थिक सङ्कटमा फसेको छ । रासस

(Visited 31 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोनाबीच नेपाली निर्यात क्षमता सन्तोषजनक

कोरोना महामारीसँगै नेपालको उत्पादन निर्यातमा वृद्धि हुने विश्व बैंकको प्रक्षेपणले नेपालीमाझमा आशाको सञ्चार गरेको छ । जीविकोपार्जनमुखी उत्पादन प्रणाली भएको नेपालमा कोरोना महामारीपछि वैदेशिक...

सप्तरीमा लाग्ने ऐतिहासिक मेला प्रशासनको निर्देशनपछि स्थगित

सप्तरी, राजविराज । नयाँ वर्षको उपलक्ष्यमा सप्तरीको शम्भुनाथ र बोदेबरसाईनमा प्रत्येक वर्ष लाग्दै आएको एक महिने ऐतिहासिक मेला लगातार दोश्रो वर्ष पनि स्थगित भएको...

‘जलेर खरानी’

काठमाडौँ । राज लिम्बु र बिष्णु कट्टेल फिचर्ड 'जलेर खरानी'बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। हृदयस्पर्शी यस गीतमा स्वर, शब्द र संगीत...

राजधानीकर्मी पोखरेल सम्मानित

गुल्मी । राजधानी राष्ट्रिय दैनिकका गुल्मी जिल्ला संवाददाता हुमाकान्त पोखरेल सम्मानित भएका छन् । नयाँ बर्षको अवसरमा बुधबार पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको पद...

विज्ञापन क्षेत्रका विकृति हटाउने प्रतिबद्धता

काठमाडौं । विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन क्षेत्रमा देखापरेका विकृति र विसंगतिको अन्त्य गर्दै यस क्षेत्रमा आमूल सुधार गर्ने प्रतिबद्धता जनाएका छन्...

साताका लोकप्रिय समाचार

खाद्यान्न, भोकमरी र कुपोषण

विश्व लहर हालसम्म हाम्रो देश कृषि प्रधान नै हो । तर, पनि विश्वव्यापी भोकमरी सूचकांक १०७ देशमध्ये नेपाल ७३औं स्थानमा छ । सन् २००० मा...

बिस्केट जात्राको रथ तान्दा मध्यराति ढुङ्गा हानाहान, १९ घाइते

भक्तपुर । भक्तपुरमा हिजोदेखि शुरु भएको बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १९ जना घाइते...

फर्केर हेर्दा : ‘महाउत्सव’को त्यो दिन

२२ वर्ष पत्तै नपाई बितेछ । सम्झिँदा पनि आनन्द लाग्छ । नगन्य यातायतले छुँदै गरेको त्यतिबेलाको ललितपुर चापागाउँ ‘दुर्गम’जस्तै थियो । लगनखेलसम्म पुग्न पनि एकदिनको...

कोरियामा नेपाली मजदूरको भिसा अवधि थप

सिउल । इपिएसमार्फत दक्षिण कोरियामा आई श्रम गरिरहेका नेपालीलगायत सम्पूर्ण श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको छ । यहाँको न्याय मन्त्रालयका अनुसार कोरियाको...

भ्यारियन्टअनुसार सावधानीका उपाय देऊ

कोरोना महामारीको दोस्रो लहर आएसँगै त्यसले नेपालमा पनि भयावह स्थिति निम्त्याउन सक्ने सम्भावना निकै बढेर गएको छ । कोरोना महामारीको बेलायती भ्यारियन्टले विश्वमा त्रास...

ट्रेन्डिङ

सुदूरपश्चिममा थप १२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४३५ पुग्यो

धनगढी । सुदूरपश्चिममा सोमबार थप १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य प्रतिष्ठान, चितवन प्रयोगशाला, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र सेती...

५२ दिनपछि सप्तरीमा निषेधाज्ञा खुल्याे, चहलपहल बढ्यो

राजविराज । स्थानीय प्रशासनले जिल्लामा जारी निषेधाज्ञा आज मंगलबार ५२ दिनपछि हटाएको छ । स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने सर्तसहित निषेधाज्ञा हटाएलगत्तै बजारमा चहलपहल बढेको...

राप्रपामा चिन्ह विवाद, गाई कि हलो ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी भित्र पार्टी एकता हुँदा देखि नै नसुल्झिएको निर्वाचन चिन्हको विवाद फेरी बल्झिएको छ । गत २८ फागुनमा पार्टी एकता...

सचिवकै व्यवस्थापन हचुवामा, प्रधानमन्त्री कार्यालय नै बन्न सकेन चलायमान

काठमाडौं ।  सरकारले निजामती सेवाको उच्च, महत्वपूर्ण र प्रभावकारी मानिने सचिवको व्यवस्थापन हचुवाको आधारमा गर्दा मन्त्रालय र मातहत निकायले प्रभावकारी परिणाम...

प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि घट्यो मूल्य

काठमाडौँ । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि आकासिएको प्याजको मूल्य बिस्तारै घट्न थालेको छ । भारतले आन्तरिक उत्पादनमा कमी आएको भन्दै गत भदौ २९...

अब ७५ रुपैयाँमा विषदीरहित एकछाक खाना

काठमाडौँ । नेपाल युथ डेवलपर क्लबले अबको एक वर्षभित्र २० हजार युवालाई रोजगारी दिने उद्देश्यका साथ विषादीरहित सस्तो र गुणस्तरीय किचेन शुरु गरेको...

कोरोनाबाट मृत्यु भएकी महिलाको सम्पर्कमा रहेका ५३ जनाको रिपोर्ट नेगेटिभ

सिन्धुपाल्चोक । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा नै पहिलो पटक मृत्यु भएको सुत्केरी महिलाको सम्पर्कमा रहेकामध्ये ५३ जनामा कोरोना नभएको रिपोर्ट आएको छ...

थप ५३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १० हजार नाघ्यो

काठमाडौँ । कोरोना भाइरस (कोभिड– १९) को सङ्क्रमण आज ५३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता...

धनुषामा देखियो अनौठो नाग, स्थानीयवासीको भीड

जनकपुरधाम । धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिकाको पौर्ताहामा नाग (सर्प) फेला परेको छ । नाग हेर्न स्थानीयवासीको भीड लागेको छ । पोर्ताहा ८ स्थित...

सम्पत्ति विवरण समयमै सार्वजनिक गर

नेपालमा प्रधानमन्त्री तथा मन्त्रीका रूपमा आउने राजनीतिक नेतृत्वले नियमित रूपमा नै सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परा छ । यसैगरी राष्ट्रसेवक कर्मचारीले भने हरेक आर्थिक...

कम्युनिष्ट सरकारले गरेको विकास देख्न नसक्ने छटपटाए :  प्रवक्ता श्रेष्ठ

सर्लाही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भ्रातृत्व, मित्रता र सामाजिक एकताका लागि खेल क्षेत्र एक महत्वपूर्ण क्षेत्र रहेको बताउनुभएको छ...

अस्पतालको सेवा चुस्त बनाउन निर्देशन

काठमाडाैं । गृहसचिव महेश्वर न्यौपानेले नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट प्रवाह गर्ने सेवा चुस्त बनाउन निर्देशन दिएका छन् । अस्पतालको निरीक्षण पश्चात आज आयोजित कार्यक्रममा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)