भुपु सैनिकहरुको सहायक शिविर सम्पन्न

सप्तरी, राजविराज । भूपु सैनिक सम्मेलन २०७७ सहायक शिविर बुधबार राजविराजस्थित भिमदल गणमा सम्पन्न भएको छ । भिमदल गण राजविराजका गणपति प्रमुख सेनानी निरज भण्डारीद्वारा संचालित शिविरमा एक सय भुपु सैनिकहरुको उपस्थिति रहेको थियो ।

उक्त शिविरमा भर्चुअल माध्यमवाट प्रत्यक्ष प्रसारण मार्फत मुख्य शिविरस्थलबाट प्रधान सेनापति लगायत रथिबृन्द र कल्याणकारी बोर्डका सदस्यहरुले सम्बोधन समेत गरेका थिए ।

शिविर सम्पन्नपछि भूपु सैनिकहरुलाई मण्डी, फष्ट एड किट, सल, पि–क्याप र सैनिक कल्याणकारिको कार्यक्रम पुस्तिकाका साथै दैनिक तथा भ्रमण भत्ता समेत बितरण गरिएको सो गणका प्रमुख सेनानी भण्डारीले जानकारी दिएका छन् ।

उनका अनुसार सप्तरी जिल्लामा ३ सय ९० भुपु सैनिक र एकल महिला भएपनि कोभिड–१९ का कारण सय जना मात्रको उपस्थिति रहेको थियो ।

यस्तै बुधबार सहायक शिविरमा अनुपस्थित भएका भुपु सैनिकहरुलाई बिहीबारबाट ती सामाग्रिहरु बितरण गरिने भिम दल गण राजविराजले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
झापामा काँग्रेस एमाले समिकरण बन्न सक्ने संकेत