Monday, May 17, 2021
Home भर्खरै हडपिएको २३ रोपनी सरकारी जग्गा एक महिनाभित्रै फिर्ता

हडपिएको २३ रोपनी सरकारी जग्गा एक महिनाभित्रै फिर्ता

राजधानी समाचारदाता,

काठमाडौं । काठमाडौंको बानेश्वर तथा अनामनगर क्षेत्रको धोबीखोलामा विभिन्न व्यक्तिद्वारा हडपिएको २३ रोपनी सरकारी जग्गा एक महिनाभित्रै सरकारको नाममा ल्याइने भएको छ ।

भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न व्यक्तिबाट हडपिएका ती जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया सुरु गरेको हो । मन्त्रालयका सचिव टेकनारायण पाण्डेले हडपिएका सरकारी जग्गा वैशाख महिनाभित्रै फिर्ता गर्नेगरी तदारुकताका साथ काम अघि बढाइएको जानकारी दिए ।

राजधानी दैनिकले बिहीबार मात्रै २३ रोपनी सरकारी जग्गा १२ वर्षदेखि भूमाफियाको मिलिमतोमा विभिन्न व्यक्तिले आफ्नो नाउमा गराइ हडप्दै आएको खुलासा गरेको थियो । राजधानीमा समाचार प्रकाशन भएलगत्तै भूमिव्यवस्था मन्त्रालय र मातहतको मालपोत कार्यालय डिल्लीबजारले ती जग्गा सरकारको नाममा ल्याउने गृहकार्य अघि बढाएका हुन् ।

– हडप्नेलाई कानुनी दायरामा ल्याइने
– भौतिक संरचना भत्काइने
– सो क्षेत्रमा पुनः नापजाँच र सीमांकन गरिने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत बिहीबार भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव, भूमिव्यवस्था विभागका महानिर्देशक तथा मालपोत कार्यालय डिल्लीबजारका कार्यालय प्रमुखलगायतलाई आयोगमा नै बोलाएर ती जग्गा फिर्ता प्रक्रिया थाल्न निर्देशन दिएको थियो । मन्त्रालयका सचिव पाण्डेले अख्तियारले आफ्नो निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको र सोहीअनुसार हडपिएका जग्गा फिर्ता प्रक्रिया थालिएको जानकारी दिए ।

अख्तियारले गत २०६५ साल ९ मंसिरमा ती जग्गा सरकारी रहेको र विभिन्न व्यक्तिले गैरकानुनी रूपमा हडपेको ठहर गर्दै सरकारको नाममा फिर्ता ल्याउने निर्णय गरेको थियो । तर, अख्तियारको सो निर्णय मालपोत कार्यालय डिल्लीबजारले कार्यान्वयन गर्न नसक्दा विभिन्न व्यक्तिले हडपेको सरकारी जग्गा फिर्ता हुन सकेको थिएन ।

मन्त्रालयका सचिव पाण्डेले अब अख्तियारको निर्देशनअनुसार नै वैशाख महिनाभित्रै हडपिएका सबै सरकारी जग्गा फिर्ता गराएरै छोडिने प्रतिबद्धता जनाए ।

अनामनगर र बानेश्वर क्षेत्रमा हडपिएको सरकारी जग्गा फिर्ता गर्ने प्रक्रिया थालिसकेका छौं, वैशाख महिनाभित्रै फिर्ता गराउँछौं
टेकनारायण पाण्डे, सचिव, भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय

साबिक काठमाडौं बानेश्वर महादेवस्थान–५ को कित्ता नम्बर १४३ र क्षेत्रफल २३ रोपनी जग्गा धनी नेपाल सरकार मोही धोबीखोला जनाइएकोमा तत्कालीन कामनपा–३२ अनामनगरस्थित सार्वजनिक सरकारी जग्गा कानुन प्रतिकूल दर्ता गराई व्यक्तिको हक भोगमा परिवर्तन गरिएको थियो । जसअनुसार तत्कालीन कामनपा–१० सिट नम्बर १०२–११०६ २२ कित्ता नम्बर ६६ क्षेत्रफल ०–२–३–२ पर्तीमध्ये तथा कित्ता नम्बर १०७, कित्ता नम्बर १५६, ५४९, ४३१, ४३३, ४४७ का विभिन्न क्षेत्रफलमा सरकारी जग्गा व्यक्तिको नाममा गरिएको थियो । यसैगरी त्यस क्षेत्रमा रहेको कित्ता नम्बर ४४९, २६२, २६३, २६४, लगायत दर्जनांै कित्तामा सरकारी जग्गा घुसाएर हडपिएको थियो ।

मन्त्रालयका सचिव पाण्डेका अनुसार हालसम्म हडपिएका विभिन्न कित्तामध्ये २० वटा कित्ता सरकारको नाममा आइसकेको छ भने २० देखि २२ वटा कित्ता सरकारको नाममा आउन बाँकी छ । ती सबैलाई सरकारकै नाममा फिर्ता गरिनेछ ।

मन्त्रालयले त्यहाँ रहेको जम्मा सरकारी जग्गाको क्षेत्रफल पत्ता लगाउन पुनः नापजाँच गर्ने भएको छ भने पुराना सबै कित्ताको खोजी गर्ने भएको छ । सो नापजाँचबाट त्यहाँ रहेको सरकारी जग्गा र व्यक्तिको नाममा गएको जग्गाको कुल क्षेत्रफल पत्ता लगाइनेछ । त्यस क्षेत्रमा पुनः नाप गर्ने र वास्तविक सिमांकन गरी हडपिएको जग्गा एकिन गरिने सचिव पाण्डेले जानकारी दिए ।

सरकारी जग्गा हडपेर बनाइएका संरचना स्थानीय प्रशासनको सहयोगमा हटाइने मन्त्रालयले जनाएको छ । त्यसैगरी अतिक्रमणकारीलाई कानुनअनुसार कारबाहीको दायरामा ल्याइनेछ ।

सार्वजनिक सरकारी जग्गा जो जसको नाममा जुनसुकै तरिकाबाट दर्ता वा भोगकायम भएको भए पनि त्यस्तो जग्गा जहिले पनि नेपाल सरकारको नाममा कायम हुन सक्ने व्यवस्था मालपोत ऐन २०३४ को दफा २४(२)ले व्यवस्था गरेको छ ।

(Visited 328 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

एउटै घरका तीन दिदीबहिनी सगरमाथा शिखरमा

काठमाडौं । विश्वको सर्बोच्च छानो सगरमाथा चढेर नयाँ कीर्तिमानी कायम गराउने प्रतिस्पर्धाकाबीच बुधबार दोलखाको एकै घरपरिवारका तीन दिदीबहिनीले सगरमाथाको सफल आरोहण गरेका छन् । दोलखास्थित...

काेराेना संक्रमणबाट १८७ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घन्टामा कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९)...

प्रशासनमा नयाँ संस्कृति

सरल अर्थमा सुशासन सेवाको अनुभूति हो । सुशासन शब्द र परिभाषामा होइन अनुभूत गरिने विषय हो । शासकीय प्रणालीको वैधता यसैले सिद्ध गर्छ ।...

भारतमा कोभिड–१९ बाट दैनिक सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढी

नयाँदिल्ली । भारतमा कोभिड–१९ बाट दैनिक सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या भन्दा निको हुनेको सङ्ख्या बढी भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी गराएको छ...

प्रधानमन्त्री ओलीले लिए शपथ

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका छन् । शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । वैशाख २७...

ट्रेन्डिङ

अब लकडाउन बढ्छ कि बढ्दैन ? आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज शनिबार ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठकमा मुलुकभर लगाइएको लकडाउन र स्वास्थ्य सामग्री खरिदलगायतका विषयमा...

फरार १६ अभियुक्त प्रहरी फन्दामा

सप्तरी, राजबिराज । विभिन्न अपराधमा संलग्न भई अदालतबाट कैद सजाय तोकी फरार रहेका एक महिलासहित १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुई दिन...

कालिमाटी तरकारी बजारमा कृषिमन्त्री अर्यालको छड्के

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गरेकी छन् । मंगलबार कालिमाटीस्थित तरकारी बजारमा पुगेर अनुगमन...

जोखिम बढेसँगै काठमाडौं प्रशासनका सेवा कटौती

काठमाडौं । उपत्यकामा कोरोना संक्रमणको जोखिम अत्यधिक बढेसँगै काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवा कटौती गरिएको छ । तीनवटै जिल्लाका प्रमुख...

क्वारेन्टिन र आइसुलेसन अनुगमन, स्याङ्जामा कोरोना संक्रमित २३ पुगे

स्याङ्जा । स्याङ्जामा भारतबाट आउनेको संख्या बढ्न थालेपछि र कोरोना संक्रमण देखिन थालेपछि जिल्ला सुरक्षा समितिले हरेका पालिकामा अनुगमन शुरु गरेको छ । क्वारेन्टीनमा...

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा बाढीपहिरोले पु-याएको क्षतिप्रति दुःख ब्यक्त

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी र पहिरोबाट देशभर पुगेको जनधनको क्षतिप्रति दुःख ब्यक्त गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रले एक विज्ञप्ति जारी गर्दै भनेका...

एक नवीन क्रान्तिको खाँचो !

हालको राजनीतिक आन्दोलन एक जना प्रधानमन्त्रीलाई हटाएर अर्को प्रधानमन्त्री बनाउने उद्देश्यमा केन्द्रित देखिन्छ । न्यायसम्मत बहस अदालतको हातमा छ, मात्रै यसभित्रको एउटा भाष्यले पिरोल्छ...

कर्णालीमा कोरोना संक्रमितको संख्या १०५पुग्यो

वीरेन्द्रनगर । कर्णालीमा दिनप्रतिदिन काेराेना संक्रमण बढ्दाे क्रममा छ । कर्णाली प्रदेशमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान...

बिना मगरको दुख : पहिला किन गरिनस्, अहिले किन गरिस् ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरेपछि निवर्तमान खानेपानीमन्त्री भएकी बिना मगर अहिले परिवारका सदस्यसंग रमाउन थालेकी छिन् । दाहाल नेपाल समुहले...

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ पुरुष तथा ४ जना महिला रहेका...

आइतबारदेखि गजेन्द्र नारायण सिंह अस्पतालमा हुने भो काेराेना परिक्षण

सप्तरी राजविराज । कोरोना परिक्षणका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका साथै विराटनगर र काठमाण्डौ स्थित प्रयोगशालाको भरमा बस्नु पर्ने यहाँका बासिन्दाको बाध्यता अब...

हडपिएका सरकारी जग्गा तत्काल फिर्ता गराऊ

विगतमा भ्रष्टाचारले उग्र रूप लिँदा देशभरका हजारांै रोेपनी र बिघा सरकारी जग्गा भूमाफियाले हडप्न सफल भएका थिए । सरकारका अधिकांश निकाय तथा अदालतलाई समेत...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)