Thursday, May 6, 2021
Home प्रदेश प्रदेश ३ सरकारी अस्पतालप्रति अविश्वास बढ्दो

सरकारी अस्पतालप्रति अविश्वास बढ्दो

प्रशान्त वली,

काठमाडौं । सरकारी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न नसक्दा निजीमा धाउनुपर्ने अवस्था आएको भन्दै संसदीय समितिले ध्यानाकर्षण गराएको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बिहीबारको बैठकमा छलफलमा सांसदले ‘सरकारी अस्पतालमा सहज र सरल उपचार पाउनुपर्ने’मा समेत जोड दिएका छन् ।

समिति सदस्य चित्रलेखा यादवले सरकारी अस्पतालप्रति अविश्वास बढ्दै गएको औंल्याउ“दै ‘सरकारी अस्पतालमा जाँदा ज्यान जाने र निजीमा जाँदा भएका पनि सबै गुम्ने अवस्था रहेको’ सुनाइन् । सांसद मानबहादुर विश्वकर्माले सरकारी अस्पतालको क्षमता वृद्धि गर्नुपर्नेमा जोड दिए ।

समिति सदस्य जीवनराम श्रेष्ठले अझै अधिकांश नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको औंल्याउँदै जनसंख्याका आधारमा चिकित्सक दरबन्दी मिलान गर्नुपर्ने आवश्यकता रहेको बताए । यसैबीच, समितिले कोरोना सम्बन्धमा सरकारले गरेका कामकारबाहीबारे अनुगमन गर्न गठित उपसमितिले तयार पारेको प्रतिवेदन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई बुझाउने भएको छ । प्रतिवेदनमाथि छलफल भएको छ ।

– निजी अस्पतालमा स्वास्थ्य उपचार समरूपता अन्योल
– ठूला अस्पताल नै सरकारी नीति पालनामा अटेरी
– दरबन्दीअनुसार जनशक्ति व्यवस्थापन गर्न सुझाव
– स्वास्थ्यमन्त्रीलाई प्रतिवेदन बुझाउने तयारी

सो प्रतिवेदन पारित गर्दै आगामी २४ चैतमा स्वास्थ्यमन्त्री त्रिपाठीलाई बुझाइने समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन् । बैठकमा आएका सुझावका आधारमा प्रतिवेदन पुनर्लेखन गरेर बुझाइने बताइन् । कोभिड–१९ सम्बन्धमा सरकारले गरेका कामकारबाही सम्बन्धमा श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय अनुगमन उपसमिति गठन गरिएको थियो । अधिकांश अस्पतालले कोरोना मापदण्ड पूरा नगरेको उनले बताए ।

‘कोभिड–१९ उपचारमा काठमाडौंका ठूला अस्पताल नै सरकारले तय गरेका नीति, निर्देशिका कार्यान्वयन गरेका छैनन्,’ सांसद श्रेष्ठले भने, ‘काठमाडौंभित्र रहेका ठूला अस्पतालले नै कोरोना संक्रमणका धेरै केस हेरेको भए पनि सरकारी नीति कार्यान्वयन नगरेको पाइयो । हामीले विभिन्न अस्पताल अनुगमनसमेत गरेका थियौं ।’

पूर्वस्वास्थ्यमन्त्री समिति सदस्य खगराज अधिकारीले कोरोना संक्रमण रोकथाममा संसदीय समितिले गरेका सुझाव सरकारले ग्रहण गर्नुपर्ने बताए । पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले ‘टर्सरी लेभल’का अस्पताल प्रत्येक प्रदेशमा स्थापना गर्नुपर्नेमा जोड दिए ।

यसैबीच, उपसमितिले तयार पारेको प्रतिवेदन सुझावसहित पारित गर्दै हालको कोभिड–१९ जस्ता संक्रामक महामारी भविष्यमा पनि आउन सक्ने सम्भावना ध्यानमा राखी उपचार र नियन्त्रणका लागि सबै प्रदेश र केन्द्रमा आवश्यक सुविधासहित संरचना तयार गर्न ध्यान दिनुपर्ने सुझाव दिएको छ ।

त्यस्तै, निजी तथा सरकारी अस्पतालमा अक्सिजन प्लान्ट राख्ने व्यवस्था मिलाउनुपर्ने र भएका अक्सिजन प्लान्ट निरन्तर चालू अवस्थामा राख्नुपर्ने सुझाव दिएको छ । समितिले अस्पतालमा दरबन्दीअनुसार जनशक्ति व्यवस्थापन, खुला बोर्डर भएका ठाउँमा संक्रामकलगायत रोगसम्बन्धी चेकजाँच गर्न स्थायी स्वास्थ्य परीक्षण केन्द्र व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ ।

समितिले प्रादेशिक अस्पताल प्रदेशले नै सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्ने, प्रादेशिक र जिल्ला अस्पताललाई भेन्टिलेटरसहित सघन उपचार कक्ष (आईसीयू)लगायत सेवा प्रदान गरी सुविधा सम्पन्न बनाउनुपर्ने, प्रादेशिक अस्पतालमा सबै रोग उपचार हुनेगरी सेवा सुविधा प्रदान गर्न क्षमता अभिवृद्धि गर्नुपर्ने, नीजि अस्पतालमा स्वास्थ्य उपचारमा समरूपता कायम गरी दररेटसम्बन्धी नीति निर्माण गर्नुपर्ने सुझाव दिएको छ ।

त्यस्तै, देशभर १ सय ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमित संख्या २ लाख ७७ हजार ४ सय ६१ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५ सय ७९ सक्रिय संक्रमित छन् । ४ हजार २ सय १३ जनाको पीसीआर परीक्षण भएको छ । यससँगै देशभर पीसीआर परीक्षण हुनेको संख्या २२ लाख ७५ हजार ४ सय ४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमित मृतक संख्या ३ हजार ३१ पुगेको छ । हाल, ६३ जना क्वारेन्टाइनमा छन् । पछिल्लो २४ घण्टामा ६५ जना डिस्चार्ज भएका छन् । देशभर संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ८ सय ५१ जना पुगेको छ ।

(Visited 122 times, 1 visits today)
Loading comments...

आजको समाचार

आईपीएल स्थगित

मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितकालका लागि स्थगित भएको छ । एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि आईपीएल अनिश्चितकालका लागि स्थगित हुन पुगेको...

कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु, ८६५९ मा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

चार्टर्ड र उद्धार उडान सञ्चालन हुने

काठमाडौं । कोरोना महामारीको दोस्रो लहर तीव्र रूपले बढेर संक्रमितको संख्या दैनिक ३४ सय नाघेको र मृत्युदर पनि बढेर दैनिक ३७ जना पुग्न थालेपछि...

सर्लाहीको ग्रामीण क्षेत्रमा कोरोना भाइरस सँग मिल्दो लक्षण भएका बिरामीको संख्या बढदै

सर्लाही । सर्लाहीको ग्रामीण क्षेत्रमा कोरोना भाइरस सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको संख्या एक्कासी बढेको छ । बिरामीमा उच्च ज्वरो आउने, घाँटी दुख्ने, रुघाखोकी...

इजरायली प्रधानमन्त्री नेतन्याहू बहुमत सिद्ध गर्न असफल, नयाँ सरकार गठनमा अन्यौल कायमै

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले नयाँ गठबन्धन सरकार निर्माण असफल हुनु भएको छ । नयाँ गठबन्धन सरकार निर्माणका लागि प्रधानमन्त्री नेतन्याहूलाई मङ्गलबार मध्यरातको समयसीमा...

साताका लोकप्रिय समाचार

ग्रामीण पर्यटनमा कोरोनाको प्रभाव

पर्यटन शब्दको कुरा गर्दा फ्रेन्च शब्द टुरिजमबाट उत्पत्ति भएको हो । सामान्य अर्थमा भन्ने हो भने पर्यटन पर्यटकको माध्यमबाट सञ्चालन गरिने व्यवसाय हो ।...

मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त

वुटवल ।  लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम आइतबार...

मेरो पद खोस्ने प्रचण्डलाई शहिदको श्राप लगछ : उपप्रमुख महतो

गौर। रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाकी उपप्रमुख कान्ति देवी महतोले आफ्नो पद खोस्ने प्रचण्डलाई शहिदको श्राप लाग्ने बताएकी छिन् । प्रचण्डले उपप्रमुख महतोलाई पदमुक्त गरेको...

मास्क नलगाउने ७ सय ५० जनालाई कारवाही

सप्तरी, राजविराज । कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएपछि स्थानिय प्रशासनले चलाएको तपाईको मास्क खोई ! अभियान अन्तरगत जिल्लामा ३ दिनमा ७ सय ५०...

कोभिड-१९ को दोस्रो लहरका कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताएका छन्। 'समावेशी र दीगो आर्थिक पुनरुत्थानको मार्गमा महामारिको...

ट्रेन्डिङ

सदनमा संविधान संशोधन विधेयक पेश

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेश भएको छ । नेपालको अद्यावधिक नक्सा संविधानको अनुसूची (निशान छाप) समावेश गर्न सो विधेयक...

पाथीभरा मन्दिर छेउ पुग्यो डढेलो

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको आगलागीले ठूलो रुप लिन थालेको छ । आइतबार आंशिक रुपमा नियन्त्रणमा आएको...

नेपालमा संघीय शासनको सन्दर्भ

विश्वभर विभिन्न प्रकारका राजनीतिक व्यवस्थाका आधारमा राज्य सञ्चालन गरिएको हुन्छ । केन्द्रीय शासन व्यवस्थाका आधारमा जनकल्याणकारी हिसाबले शासन व्यवस्था सञ्चालन गर्दा विकेन्द्रीकरण, निक्षेपण आदिजस्ता...

झापामा कोराना संक्रमितको सङ्ख्या २७ पुग्यो

भद्रपुर । झापामा कोराना भाइरसको सङ्क्रमण देखिएका व्यक्तिको सङ्ख्या २७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा कचनकवल...

सप्तरीबाट प्रदेश स्तरिय पर्यटन विकास अभियान सुरु

सप्तरी, राजविराज । कोरोनाका कारण संकटमा परेको पर्यटन क्षेत्र र व्यवसायलाई उकास्ने उद्देश्यका साथ प्रदेश २ स्तरिय अभियान शुक्रबारदेखी सप्तरीबाट सुरु भएको छ । नेपाल...

निखारिँदै कला

काठमाडौं । हँसिली–फुर्तिली । स्टेज नउक्लिँदै उनको नाममा ‘हुटिङ’ सुरु भइहाल्छ– कला–कला । सांगीतिक फाँटमा चर्चा बटुल्दै गरेकी कला लम्साल राष्ट्रिय झण्डाअंकित चौबन्दी चोलीमा...

सभामुखको पहलमा लिदीका पहिरो पीडितलाई सोलार वितरण

सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ लिदीका पहिरोबाट विस्थापित भएकाहरु यतिबेला सोही गाउँपालिका–१ सेलाङमा रहेको बाँसखर्कको जंगलमा आएर बस्न सुरु गरेका छन् । गाउँपालिका र जिल्ला...

निजी वित्तीय संस्थाले गडबढी गरे राष्ट्र बैंकमा उजुरी गर्न सकिने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबारेमा कुनै गुनासो या समस्या भएमा सिधै नेपाल राष्ट्र बैंकमा उजुरी गर्न सकिने गरी पहिलोपटक कार्यविधि आएको छ ।...

६ हजार ऋणको ब्याजवापत श्रमसँगै यौन शोषण

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–९ की ४१ वर्षीया महिला चार वर्षदेखि यौन तथा श्रम शोषणमा परेको घटना बाहिरिएको छ । छिमेकी ६८ वर्षीय...

गायक कर्णदासलाई मातृशोक

पोखरा । गायक कर्णदासलाई मातृशोक परेको छ । उनकी ममतामयी माता रत्नदेवी दासको मुटुरोगको कारण ७० वर्षको उमेरमा शनिबार दिउँसो निधन भएको हो । स्व....

कोरोनाबीच नेपाली निर्यात क्षमता सन्तोषजनक

कोरोना महामारीसँगै नेपालको उत्पादन निर्यातमा वृद्धि हुने विश्व बैंकको प्रक्षेपणले नेपालीमाझमा आशाको सञ्चार गरेको छ । जीविकोपार्जनमुखी उत्पादन प्रणाली भएको नेपालमा कोरोना महामारीपछि वैदेशिक...

दुर्घटनामा परी घाइते भएकी महिलाको मृत्यु

तुलसीपुर । मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी महिलाको मृत्यु भएको छ । बबई गाउँपालिका–१ निबासी ४८ बर्षकी पवि डाँगीको नेपालगंजको नर्सिङ होममा उपचारका क्रममा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)