Wednesday, April 14, 2021
Home Editor-Picks घुमफिर : धर्तीको स्वर्ग खप्तड

घुमफिर : धर्तीको स्वर्ग खप्तड

केबी मसाल,

सुदूरपश्चिम प्रदेश डोटी, अछाम, बझाङ र बाजुरा चार जिल्लाको संगमस्थलमा रहेको खप्तड क्षेत्र पर्यटकीय गन्तव्य बन्न थालेको छ । खप्तड राष्ट्रिय निकुञ्जलाई प्राकृतिक सौन्दर्यताको खानी नै मानिन्छ । जसलाई ‘धर्तीको स्वर्ग’को उपमा दिइएको छ । प्राकृतिक, धार्मिक र सांस्कृतिक विविधतापूर्ण खप्तडमा २२ ठूला पाटन र ५२ झोता अर्थात् रुखका थुम्का छन्।

खप्तड प्रकृतिप्रेमी पर्यटकका लागि रमणीय द्दमानिन्छ । सरकारले २०४३ सालमा २२५ वर्ग किलोमिटर क्षेत्र समेटेर खप्तड राष्ट्रिय निकुञ्ज बनाएपछि खप्तड सरक्षंण भएको छ । खप्तड हिमाली क्षेत्रदेखि चुरे शृंखलासम्म फैलिएको छ । पहिला खप्तड गाउँलेको चरिचरण क्षेत्रमात्र थियो भने अहिले निकुञ्जले बाजुरा, डोटी, बझाङ र अछामको भूमि समेटेको छ । खप्तड राष्ट्रिय निकुञ्जको उचाई १२६२ देखि ३२७६ मिटरसम्म छ । निकुञ्ज मुख्यालय केन्द्र मानेर त्रिवेणीधाम, खप्तड बाबा आश्रम, खापर दह, सहस्त्र लिंग र घोडा दाउने पाटन घुमफिर गर्न पर्यटकलाई दुई दिन लाग्दछ । त्रिवेणीधाम गंगा, जमुना र सरस्वती नदीको संगमस्थल हो ।

खप्तड बाबाले खप्तडमा ५० वर्ष बिताएर विभिन्न पुस्तक लेखेका थिए । उनले अन्वेषण गरेर बनाएका कैयौं औषधि अझै सुरक्षित छन् । खप्तडमा राजा वीरेन्द्र, रानी ऐश्वर्यको सुत्ने कोठा, प्रयोग गर्ने सामग्री र हेलिप्याड छ । खप्तड बाबाको आश्रमछेउ सीसाखानी छ । आश्रमवरिपरि पुच्छर नभएका अनौठा मुसा देखिन्छन् ।

खप्तड बाबाले खप्तडमा ५० वर्ष बिताएर विभिन्न पुस्तक लेखेका थिए । उनले अन्वेषण गरेर बनाएका कैयौं औषधि अझै सुरक्षित छन्

केदार ढुंगा, खापर दह, नाटयश्वरी, निकुञ्ज प्रशासन संग्रहालय अवलोकन पर्यटक गर्न सक्छन् । छिनछिनमा पानी र घाम लाग्ने खप्तडमा बादलले रुख ढाक्दाको समय वातावरण अर्कै देखिन्छ । निकुञ्जमा खासगरी वैशाखदेखि मंसिरसम्म पर्यटक घुमफिरका लागि जाने भए पनि वर्षामा लाग्ने गंगा दशहरा मेलामा खप्तडमा विशेष भीड हुने गर्दछ । रंगीबिरंगी गुराँस फुल्ने मौसम र भूइँफूलले पाटन ढाकेको बेलाको वर्णन गरेरै सकिन्न ।

खप्तडको सुन्दर घाँसे मैदानमा पुग्नेबित्तिकै पर्यटकको थकान मेटिन्छ । घाँसे मैदानमा पल्टिएर आकाश हेर्दाको आनन्दको बयान गरेरै सकिन्न । हिउँमा खेल्न रमाउने पर्यटकका लागि मंसिर, पुस र माघ उत्तम मौसम हुन्छ । खप्तड प्राकृतिक, धार्मिक, सांस्कृतिक र जैविक विविधतापूर्ण भए पनि भौतिक पूर्वाधार र प्रचार–प्रसार कमी छ । तर, प्राकृतिक रूपमै रहेको भू–स्वर्गजस्तै प्रकृति हेर्न खप्तड धेरै पर्यटक पुग्ने गर्दछन् ।

खप्तड घुमफिर गर्न चाहने पर्यटकका लागि अध्यात्म, योग र ध्यान गर्न लायक गन्तव्य हो । ठूल–ठूला पाटन अर्थात् चौर, दह, जीवजन्तु र हिमाल खप्तडको सौन्दर्य हो । खप्तडको प्रकृतिको सुन्दर पाटनमा पुग्दा मन हल्कामात्र होइन, तनावबाट मुक्ति मिलेको पर्यटकलाई आभास हुन्छ । आध्यात्मिक हिसाबले पनि महŒवपूर्ण छ खप्तड । परापूर्वकालमा युधिष्ठिर खप्तड हुँदै स्वर्ग गएको स्कन्द पुराणमा वर्णन पाइन्छ । खप्तडलाई स्थानीय भाषामा ‘खेचराद्री’ भनिन्छ । खेचरको अपभ्रंश हुँदै खप्तड भएको मानिन्छ ।

खप्तडमा त्रिवेणीधाम, सहस्त्रलिंग, केदारढुंगालगायत धार्मिक सम्पदा छन् । त्रिवेणीधाममा गंगा दशहराका बेला जेठ–असारमा ठूलो मेला लाग्छ । रातभर डेउडा नाचगान गरेर बिहान त्रिवेणीमा नुहाईधुवाई गरेर तीर्थाटनका पर्यटक बाटो लाग्छन्् । खप्तडमा वर्षैभर घुमफिर गर्न सकिन्छ । जेठ, असार साउनमा खप्तडका पाटन भूइँमा फुलले ढक्कमक्क हुन्छन् । रंगिचंगी अनगिन्ति फूल पाटनमा कार्पेट बिछ्याएसरी लाग्छन् । असोज, कात्तिक, मंसिर, पुस, माघ, फागुनसम्म हिउ“ले ढाकिएर खप्तड सुन्दर देखिन्छ । तराईबाट यति नजिक हिउ“मा खेल्न पाइने अर्को ठाँउ नै छैन ।

पर्यटकका लागि हाेटल

चौतर्फी फूलेका लालीगुराँसले फागुन, चैत, वैशाखमा खप्तड ध्वजापताकाले सिंगारेको बेहुली मण्डपझै लाग्छ । खप्तडमा सात थरीका लालीगुरा“स फुल्छन् । खप्तडको डाँफे कोट र भ्यूटावरबाट भारतको नन्दादेवी हिमालदेखि दार्चुलाको अपी, बझाङ सैपाल र बाजुराको बडी मालिकालगायत दर्जनभन्दा बढी हिमाल हेर्न पाइन्छन् ।

खप्तड पुगेपछि धेरै पर्यटक खप्तड बाबाको जीवनीबारे जान्न चाहन्छन् । खप्तडमा ५० वर्ष बिताएका बाबा आध्यात्मिक गुरु र विचारकका रूपमा चिनिन्छन् । सन् १८८० मा भारत कश्मीरको नेहरु परिवारमा जन्मिएका बाबा १९८६ सालमा नेपाल आएका थिए । संन्यास लिनुपूर्व उनी प्रतिभावान डाक्टर थिए । उनले कोलकातास्थित ट्रपिकल मेडिकल कलेजबाट एमबिबिएस र बेलायतबाट सर्जन अध्ययन गरेका थिए । उनले काशीको दक्षिणा मूर्ति मठमा रहेर पूर्वीय दर्शन अध्ययन अध्यापनपश्चात गहन साधनाका लागि नेपालको खप्तड लेक रोजेका थिए । खप्तडबाबाका ‘विचार विज्ञान’, ‘स्वास्थ्य विज्ञान’, ‘धर्म विज्ञान’, ‘सारसंक्षेप म र मेरो कर्तव्य’, ‘नारीधर्म र पुरुष धर्म’, ‘योग विज्ञान’, ‘आत्मज्ञान’, ‘आरोग्य विज्ञान’, ‘वेदान्त विज्ञान’, एवं तीन अग्रेजी पुस्तकसहित कुल १६ पुस्तक प्रकाशित छन् ।

प्रकाशित हुन नसकेका उनकै हस्तलिखित अरु थुप्रै कृति पनि छन् । यी ग्रन्थले बाबाका विचार, सिद्धान्त, दर्शन र अनुभव उजागर गरेका छन् । वैदिक सिद्धान्त र दर्शनअनुरुपको कर्म, उपासना र ज्ञानलाई नै प्रतिपादन गर्ने यी ग्रन्थमा प्रवेश गरेपछि बाबाको अध्ययन, अनुसन्धान र अनुभव गम्भीर, स्वाभाविक, कति उपकारी अनि कति अनुकरणीय रहेछन् भन्ने स्पष्ट हुन्छ । २०५३ साल जेष्ठ कृष्ण सप्तमीका दिन बाबाको निधन भएको हो ।

बाबाले तपस्या गरेको पवित्र ठाउँ भएकाले खप्तड प्राकृतिक दृष्टिले मात्र नभएर तीर्थाटन पर्यटन र पर्या पर्यटनले पनि खप्तड पर्यटनका लागि गन्तव्य बनेको छ । खप्तड लेकमा २ सय ६० प्रजातिका चरा, पाचँसय किसिमका जडिबुटी, विभिन्न फूलले सिंगारिएको खप्तड धर्तीकै स्वर्ग भूमि भन्दा पनि हुन्छ । जैविक विविधताले भरिपूर्ण यो ठाँउ प्रकृतिप्रेमी, अनुसन्धानकर्ता पर्यटकका लागि महत्वपूर्ण मानिन्छ ।

अहिले नेपाली सेनाले यसको संरक्षण गरिराखेको छ । खप्तड क्षेत्र अझ व्यवस्थित गर्न र पर्यटन विकासका पूर्वाधार तयार गर्न सरकारले २०६३ सालमा खप्तड क्षेत्र पर्यटन विकास समिति गठन गरेको छ । पछिल्लो समय पर्यटकका लागि यतिखेर बाबाको आश्रमस्थल संग्रहालय बनाइएको छ । जहाँ बाबाले प्रयोग गरेका कपडा, लत्ता, जुत्ता, पादुका, ओछयानका रूपमा प्रयोग गरेका मृग, बाघ, भालु, कस्तुरी आदिका छाला, संगीतका साधन पर्यटकले हेर्न पाउ“छन्् । खप्तड आफैंमा प्रकृतिको जीवित संग्रहालय हो । खप्तड क्षेत्रमा चारैतिर घनघोर जंगल र बीचमा ठूला फाँट छन्् । जैविक विविधताले भरिएको खप्तड क्षेत्रमा घा“से मैदान, थुम्का, जंगल, घोडादौड पाटन, खप्तडबाबाको कुटी, नागढुंगा क्षेत्र, बल्दजोडी भ्युटावर, त्रिवेणी, भीमघट्ट, भीमलौरी, सहर्षलिंग, गणेश पाटन, सीतापाइला, छिते ढुंगो मुख्य घुमफिरका ठाउ“ हुन् । पर्यटक खप्तड पुग्यो भने फर्कन मन गर्दैन । खप्तड घुमफिरमा सुदूरपश्चिमका बझाङ, बाजुरा, डोटी र अछाममा पाइला राख्न सकिन्छ । खप्तड क्षेत्रमा राष्ट्रिय निकुञ्ज, खप्तड क्षेत्र पर्यटन विकास समिति र नेपाली सेनाबाट यात्रीलाई उचित सुविधा मिल्छन् । तर, निकुञ्जमा घुमफिर गर्न पाउने तर खानबस्न नपाउने भएकाले केही समस्या भने छ ।

सरकाले निश्चित मापदण्ड बनाएर अब खप्तडमा पर्यटकका लागि होटल सञ्चालनमा ल्याउन पर्दछ । पर्यटन विकास गर्न खप्तड क्षेत्रका साथै रामारोशन, बडीमालिका, मालीकार्जुन ऐतिहासिक, धार्मिक र प्राकृतिकस्थल सम्भाव्यता अध्ययन गरेर ग्रमीण पर्यटन विकास हुन जरुरी छ । ग्रामीण क्षेत्रमा होमस्टे खोल्दै जानुपर्ने देखिएको छ । योजनाबद्ध ढंगले पर्यटन विकासमा राज्य, स्थानीय सरकार, समाजसेवी, राजनीतिक नेता, कार्यकर्ता, बुद्धिजिबी, कर्मचारी सबैको ध्यान दिने हो भने खप्तड क्षेत्रमात्र हैन, सुदूरपश्चिममा रहेका अन्य पर्यटन क्षेत्रसमेत विकास हुने देखिन्छ ।

कसरी पुग्ने खप्तड ?

खप्तड जान पैदलयात्रा गर्न रुचाउने पर्यटकका लागि डोटी, अछाम, बाजुरा र बझाङ क्षेत्रबाट पुग्न सकिन्छ । खप्तड घोप्टिएको कचौरा आकारको छ । खप्तड जान डोटी झिग्राना, बझाङ छान्ना, बाजुरा कोल्टी, अछाम साँफेबगर र डोटी सीमा चौखुट्टेबाट पनि खप्तड पुग्न सकिन्छ । सिलगढीबाट एकदिनको पदयात्रामा निकुञ्ज प्रवेशद्वार नेपाली सेनाको चेकपोस्ट झिंग्राना बास बसेर भोलिपल्ट खप्तड पुग्न सकिन्छ ।

झिंग्रानाबाटै देखिन थाल्छन् मनोरम दृश्य । विश्वमै दुर्लभ हरिया रङका छेपारा यही पाइन्छन् । त्यहाँबाट घना जंगलैजंगल पाँच घन्टा हिँडेपछि बीचपानीमा बस्नुपर्छ । बीचपानीमा एउटा सानो होटल छ । त्यहाँ तीन खोलाको संगममा त्रिवेणी मन्दिर छ । मन्दिरबाट खप्तडका प्रख्यात मानिने गणेश मन्दिर, घोडादाउने पाटन, सहस्रलिंग, नागढुंगा, केदारढुंगा तथा खप्तड बाबाआश्रमस्थल हेर्न पाइन्छ ।

खप्तडमा दुई साना होटल छन् । ती खप्तड मेलामा मात्र खुल्छन्् । खप्तडमा बास बस्न चार धर्मशाला छन्् । खप्तड क्षेत्र पर्यटन विकास समितिले बीचपानी र निकुञ्ज कार्यालयनजिक पर्यटक बस्ने दुई घर बनाइदिएको छ । खप्तड यात्रामा परिचित रुट गाइड र समूहमा यात्रा गर्ने हो भने सजिलो र रमणीय हुन्छ । डोटी सिलगढीबाट खप्तड जाने पदमार्ग वैकल्पिक पदमार्गको तुलनामा निकै सजिलो पर्दछ । तर, खप्तड जान पर्यटकका लागि चल्तीको बाटो भनेको बझाङ तमैल र डोटी झिंग्राना हुन् ।

बझाङको बाटो भएर जान अत्तरिया वा धनगढीबाट गाडीमा तमैलसम्म जानुपर्दछ । सबैभन्दा छोटो आरामदायी, सुरक्षित बाटो बझाङ तमैलबाट हो । तमैलबाट जीपमा दारुगाउँसम्म जान सकिन्छ । दारु गाउँबाट चार घण्टा नागबेली तर्पेलो उकालो करिब १२ किलोमिटर यात्रामा खप्तड पुगिन्छ । खप्तड यात्रामा न्यानो कपडा स्लिपिङ ब्याग र ड्राइफुडस साथमा बोक्दा राम्रो हुन्छ ।

(Visited 104 times, 3 visits today)
Loading comments...

आजको समाचार

विक्रम संवत्को सान्दर्भिकता

आजबाट २०७८ साल शुभारम्भ भएको छ । नेपालमा सर्वमान्य, वैधानिक र संवत्का रूपमा विक्रम संवत्लाई लिइन्छ । यही संवत्का आधारमा नेपालको राष्ट्रिय पञ्चांग अथवा...

सरकार निर्माणका लागि दौडधूप तीव्र, अलमलमा जसपा

काठमाडौं । सरकार निर्माणका लागि नेताहरूको दौडधूप भइरहेका बेला जनता समाजवादी पार्टी (जसपा)का नेताहरू अलमलमा छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रमुख...

भेरी अस्पताल कोरोना संक्रमितले भरियो

नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पतालमा कोभिड–१९ का गम्भीर प्रकृतिका विरामीको चाप बढेपछि थप कोरोना संक्रमितलाई अस्पतालले उपचारका लागि आइसोलेशसनमा राख्न समेत नसक्ने भएको छ...

चर्चामा नयाँ नक्सादेखि सत्तारुढ दलभित्रको विवादसम्म

काठमाडौं । आज वैशाख १ गते, अर्थात्, विसं २०७८ को पहिलो दिन । नयाँ वर्ष हरेक वर्ष आउँछ । वर्षहरू आउँछन् र जान्छन् पनि...

कोरोना संक्रमणको जोखिम उच्च: सीमानाका खुकुलो, नाकाबाट आएकामा देखिँदै छ संक्रमण

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा भारततर्फ जोडिएका सीमानाकाबाट आउनेहरूको विवरण राख्ने र उनीहरूको स्वास्थ्य जाँच गर्ने काममा...

साताका लोकप्रिय समाचार

मुम्बई इन्डियन्सको पहिलो जीत

इन्डियन प्रिमियर लिगको साविक विजेता मुम्बई इन्डियन्सले गएराती सम्पन्न खेलमा पहिलो जीत निकालेको छ । स्पीनर राहुल चहरको उत्कृष्ट बलिङको सहयोगमा कोलकत्ता नाइट राइडर्सलाई...

शुक्रबारबाट श्री र गुड फ्रेन्डसँगै

काठमाडौं । थुप्रै चलचित्रहरूको प्रदर्शन रोकिएका बेला शुक्रबारबाट दुईवटा नयाँ चलचित्र ‘श्री’ र ‘गुड फ्रेन्ड’ रिलिज हुने भएका छन् । तीन महिनापछि नयाँ नेपाली...

नेपालीको हातमा डिजिटल पासपोर्ट

प्रविधिको प्रयोगसँगै नेपाल आफैंमा डिजिटल युगमा प्रवेश गर्दै गर्दा परराष्ट्र मन्त्रालयको राहदानी विभागले आगामी कात्तिकदेखि ई–पासपोर्ट व्यवहारमा ल्याउने भएपछि यसले सबैलाई खुसी बनाएको छ...

बर्दिया निकुञ्जमा एकसिंगे गैंडाको संख्या बढ्यो

बर्दिया । पछिल्लो गैंडा गणनाको नतिजा अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा एकसिंगे गैंडाको संख्यामा वृद्धि भएको छ । शनिबार निकुञ्जले सार्वजनिक गरेको तथ्याङ्गअनुसार बर्दिया निकुञ्जमा...

फेवातालको क्षेत्रफल १.२९६ वर्ग किलोमिटर बढ्यो

काठमाडौँ । पर्यटकीय आकर्षणको केन्द्र भएको पोखराको फेवातालको क्षेत्रफल १.२९६ वर्ग किलोमिटर बढेको छ । फेवातालको क्षेत्रफलको नयाँ नाप गरेपछि फेवातालको क्षेत्रफल १.२९६ वर्ग...

ट्रेन्डिङ

खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

खोटाङ । खोटाङमा ट्याक्टर दुर्घट्ना हुँदा एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको जोरआँपमा शुक्रबार राती ट्याक्टर दुर्घटना हुँदा दिप्रुुङचुईचुम्मा...

ओए काजलले मोडलिङमा व्यस्त बनायो चक्रलाई

काठमाडौं । गायक चक्र बमलाई पछिल्लो एउटा गीतले व्यस्त मोडल बनाइदिएको छ । एकपछि अर्को म्युजिक भिडियोमा मोडलिङको प्रस्ताव आउन थालेपछि उनले केही समय...

विद्युत् माग २५ प्रतिशतले घट्यो

काठमाडौं । विश्वभर माहामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को प्रभाव दैनिक विद्युत् खपतमा परेको छ । सरकारले सम्भावित जोखिम कम गर्न गरेको लकडाउनका कारण...

कोरोनाबाट थप १३ जनाको मृत्यु, मृतकको संख्या १२ सय नाघ्यो

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार २०२...

पूर्वडिएसपी राजकुमार खिउजुविरुद्ध यौन दूराचारको किटानी जाहेरी

काठमाडौं । स्वेच्छिक अवकास लिएका प्रहरी नायव उपरीक्षक डिएसपी राजकुमार खिउजुविरुद्ध ललितपुर प्रहरीमा जबरजस्ती करणी कसूरमा किटानी जाहेरी परेको छ । ललितपुर महांकालकी २१...

विकी कौशलसँग जोडिइन् सारा अली खान

मुम्बई । अभिनेत्री सारा अली खान यतिबेला नयाँ फिल्म ‘द इम्मार्टल अश्वत्थामा’मा नायिकाको रूपमा आबद्ध भएकी छन् । यो फिल्ममा अभिनेता विकी कौशलको जोडी...

निजामती सेवाको राष्ट्रिय नीति आवश्यक

निजामती सेवाका लागि राष्ट्रिय नीति बन्न नसक्दा बदलिएको परिस्थितिअनुसार निजामती प्रशासन प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन । नेपालमा निजामती सेवाको सुरुवात २००८ सालमा...

घरबेटी भन्छन् कोरोना नभएको प्रमाण ल्याउ, अस्पतालले भन्यो ‘आज भ्याइएन’

काठमाडौं । आरडिटी टेष्टका लागि शुक्रराज ट्रपिकल अस्पताल पुगेकाहरुलाई अस्पतालले टेष्ट नगरी फर्काउने गरेको छ । विभिन्न कामको सिलसिलामा काठमाडौं आएकाहरु आरडिटी टेष्टका लागि...

नेपालको जनसङ्ख्या तीन करोड नाघ्यो

काठमाडौँ । नेपालको जनसङ्ख्या आजदेखि औपचारिक रुपमा तीन करोड नाघेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार देशको जनसङ्ख्या आज तीन करोड ६३४ पुगेको छ...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतमा, मोदीले गरे स्वागत

भारत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने औपचारिक भ्रमणको क्रममा सोमबार भारत आइपुगेका छन् । राष्ट्रपति ट्रम्पलाई भारतीय संस्कृति झल्कने विभिन्न झाँकीका साथ...

डर्टमन्डले प्रशिक्षण थाल्यो

म्युनिख । जर्मन क्लब बोरुसिया डर्टमन्डले कोरोना भाइरस (कोभिड–१९)को त्रासबीच प्रशिक्षण सुरु गरेको छ । क्लबले सोमबारदेखि केही खेलाडीलाई समावेश गर्दै प्रशिक्षण थालेको...

थ्रीस्टार तेस्रो स्थानमा उक्लियो

काठमाडौंं । थ्रीस्टार क्लबले सङ्कटा क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिग फुटबलको अङ्क तालिकामा तेस्रो स्थानमा उक्लेको छ । ललितपुरको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)