Thursday, May 6, 2021
Home प्रमुख खोसियो ६ जिल्लाका नेपाल पक्ष अध्यक्षको जिम्मेवारी

खोसियो ६ जिल्लाका नेपाल पक्ष अध्यक्षको जिम्मेवारी

राजधानी समाचारदाता,

धनगढी । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पक्षले सुदूरपश्चिम प्रदेशका ६ जिल्लाका माधवकुमार नेपाल पक्षमा रहेका जिल्ला कमिटीका अध्यक्षलाई हटाएको छ ।

नौ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा नेपाल पक्षमा ६ वटा जिल्ला अध्यक्ष रहेका थिए । एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेशका ९ वटै जिल्ला कमिटी अध्यक्ष र सचिवको जिम्मेवारी ओली निकटलाई दिएको छ ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटीले जिल्ला अध्यक्षलाई ‘अर्को व्यवस्था नभएसम्मका लागि’ भन्दै ९ वटै जिल्लाका अध्यक्ष र सचिवको नाम उल्लेख गरेर जिम्मेवारी दिएको पत्र दिएको हो । जसमा एमाले र माओवादी केन्द्र एकीकरण अघिको कमिटको जिम्मेवारीमा रहेका भन्दा केही नयाँ अनुहारका नेता पनि रहेका छन् ।

यसरी जिम्मेवारी खोसिएकामा नेपाल निकट कैलालीका अध्यक्ष दीर्घ सोडारी, डडेल्धुराका डा. तारा जोशी, डोटीका चक्र मल्ल रहेका छन् । उनीहरुको ठाउँमा क्रमशः रतन थापा, प्रकाश साउद, रामबहादुर ऐरलाई अध्यक्षको जिम्मेवारी दिइएको छ ।

त्यस्तै अछाममा शेरबहादुर कुँवरलाई हटाएर चन्द्र बोहरा, बझाङमा दीलबहादुर सिंहलाई हटाएर अफिलाल ओखेडा र कञ्चनपुरमा तारालामा तामाङलाई हटाएर बीरबहादुर थापा लाई अध्यक्षको जिम्मेवारी दिइएको छ । जिम्मेवारी पाउनेमा कञ्चनपुरको अध्यक्ष थापा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका थिए भने अन्य जिल्लाका अध्यक्ष साविक एमालेकै रहेका छन् ।

ओली निकट बैतडीका अध्यक्ष सुरेन्द्र पाल, दार्चुलाका अध्यक्ष रामदत्त जोशी र बाजुराका अध्यक्ष लालबहादुर शाहीलाई भने अध्यक्षमा निरन्तरता दिइएको छ । अधिकांश सचिव पनि ओली निकट रहेको छन्।

प्रदेश कमिटीमा पनि उस्तै

एमालेको प्रदेश कमिटी पनि ओली निकट नेताको बाहुल्यता रहेको छ । एमाले सुदूरपश्चिमका तत्कालीन इन्चार्ज भीम रावललाई हटाएर ओलीले पूर्व–माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई इन्चार्ज बनाएका थिए ।

यस्तै सह–इन्चार्जको जिम्मेवारी दार्चुलाबाट विजयी प्रतिनिधि सभा सांसद तथा बहालवाला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश ठगुन्ना र कैलालीबाट निर्वाचित नारदमुनी रानालाई दिइएको छ । प्रदेश सचिवको जिम्मेवारी ओली निकट कञ्चनपुरका नेता राजेन्द्र रावलले पाएका छन् ।

यता, प्रदेश कमिटीले एकलौटी रुपमा गरेको कमिटी विस्तारलाई आफूहरुले नमान्ने सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा कैलालीका अध्यक्ष दीर्घ सोडारी बताएका छन् ।

‘हामीलाई जिम्मेवारी हेरफेरको बारे कुनै जानकारी छैन’ उनले भने, ‘निर्वाचित अध्यक्षलाई कसैले हटाउन सक्दैन ।’
एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापा भने विगतकै जिम्मेवारीलाई निरन्तरता दिएको बताए । जिल्ला अध्यक्षहरुलाई कारबाही नगरिएको स्पष्ट पार्दै उनले प्रदेश कमिटी विस्तार गर्न बाँकी रहेकाले एमालेमै रहने सम्पूर्णलाई समेटेर जाने बताए ।

(Visited 277 times, 1 visits today)
Loading comments...

आजको समाचार

परिषद् सचिवालय बन्द

काठमाडौं । न्याय परिषद् सचिवालयले परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधनप्रति दुःख व्यक्त गर्दै परिषद् सचिवालय बन्द गर्ने निर्णय गरेको छ...

गम्भीर संवैधानिक मुद्दा सुनुवाइ प्रभावित

काठमाडौं । सर्वोच्च अदालतले कोभिड—१९ दोस्रो लहर फैलिएपछि गत १५ वैशाखदेखि मसान्तसम्म बन्दीप्रत्यक्षीकरण र कोरोना भाइरससँग जोडिएका मुद्दा हेर्ने निर्णय गरेको छ । अदालतले अन्य...

अस्पतालले भर्ना लिन नमान्दा युवाको मृत्यु

जनकपुरधाम । धनुषामा एक युवाले उपचार नपाएरै मृत्युवरण गरेका छन् । धनुषाको मिथिला नगरपालिका घर भई ससुराली बटेश्वरमा करिब एक सातादेखि बस्दै आएका ४०...

विपक्षी दल एकठाउँ उभ्याउँदै कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीलाई विश्वास मत नदिन विपक्षी दललाई एकठाउँ उभ्याउने नीति लिएको छ । पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमार्फत मंगलबार कांग्रेसले...

एक सातामै २ सय २३ को मृत्यु

काठमाडौं । एकै साताभित्र २ सय २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । पछिल्लो एक साता थपिएको तथ्यांक आधार मान्दा प्रत्येक मिनेटमा...

साताका लोकप्रिय समाचार

कोरोना संक्रमणबाट सहकारीकर्मी जोशीको मृत्यु

खोटाङ । कोरोनाभाईरस संक्रमणका कारण खोटाङका एक युवाको मृत्यु भएको छ । जिल्ला सहकारी संघ खोटाङका अध्यक्ष समेत रहेका अनिल जोशीको ४४ वर्षको उमेरमा...

आईपीएल स्थगित

मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितकालका लागि स्थगित भएको छ । एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि आईपीएल अनिश्चितकालका लागि स्थगित हुन पुगेको...

रुपन्देही, बाँके र पाल्पामा १२ सङ्क्रमितको मृत्यु

रुपन्देही । रुपन्देही, बाँके र पाल्पामा गरी पछिल्लो २४ घण्टामा १२ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र सल्यानका गरी छ कोरोना...

मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त

वुटवल ।  लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम आइतबार...

स्याङजामा प्रादेशिक शिक्षा नीति सुझाव संकलन

स्याङ्जा । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको अयोजना तथा शिक्षा विकास तथा समन्वय इकाई स्याङजाको संयोजन तथा प्रादेशिक शिक्षा नीति तर्जुमा सम्बन्ध सुझाव संकलनका...

ट्रेन्डिङ

काभ्रेमा गाडी दुर्घना हुँदा सहचालकको मृत्यु

काभ्रेपलाञ्चोक । काभ्रेको बनेपा नगरपालिका वडा नं २ नालामा बुधबार निसान गाडी दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । भक्तपुरबाट नाला–शेरातर्फ जाँदै गरेको बा...

राजनीतिक मनोरोगको पराकाष्ठा

जनता भन्छन्, ‘राजनीतिक दल व्यवसायी भए ।’ कार्यकर्ता भन्छन्, ‘हाम्रा नेता राम्रा नेता, कोही नेताका भक्त, जे भने पनि ताली बजाउने, देवत्वकरण गर्ने, जस्तो...

एमबाप्पेको सहयोग

पेरिस । विश्व विजेता फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी)का प्रभावशाली फरवार्ड केलियन एमबाप्पेले महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न आर्थिक सहयोग...

३ दिनमा चापाकोटका २ पुरुषले गरे आत्महत्या

पोखरा । स्याङ्जामा एकपछि अर्को आत्महत्याका घटना दोहोरिन थालेका छन् । जिल्लाको चापाकोट नगरपालिकामा ३ दिन अवधिमा २ जना पुरुषले आत्महत्या गरेका छन् । जिल्लामा...

सुनको मूल्य अकासिने क्रम जारी, प्रतितोला ९६ हजार ३ सय

काठमाडौं । सुनको मूल्य प्रतिदिन अकासिने क्रम जारी रहेको छ । साताको पहिलो दिनमा आइतबार प्रतितोला सुनको मूल्य ९६ हजार ३ सय रुपैयाँ पुगेको...

कम्युनिष्ट पार्टीहरुबीच फेरि एकता गर्छौं : पुन

ओखलढुंगा । माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले नेपालका सबै कम्युनिष्ट पार्टीबीच एकता हुने बताएका छन् । ओखलढुंगामा शनिबार पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता पुनले...

कोरोनाले वातावरण संरक्षण गर्न सिकायो

काठमाडौँ । कोरोनाले वातावरण संरक्षण गर्न सिकाएको सरोकारावालाले जोड दिएका छन् । तराई विकास तथा संचार केन्द्र, नेपालले काठमाडौ महानगरपालिकाको सहकार्यमा आइतबार काठमाडौमा गरेको...

कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या १ हजार ४३५ पुगेको...

देशव्यापी लकडाउन नगर्ने पक्षमा सरकार

काठमाडौं । देशव्यापी रूपमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढे पनि सरकारले तत्काल देशव्यापी रूपमा लकडाउन नगर्ने भएको छ । सरकारले यसअघि नै पहिले...

जसपा नेतृत्व टुंगो लाग्यो, ठाकुर र यादव अध्यक्ष, बाबुराम भट्टराई चौथो वरीयतामा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा आइतबार दर्ता भएको छ । नेतृत्वको विवाद टुंगो लगाउँदै जसपा आयोगमा दर्ता भएको हो । यद्यपि,...

रातदिन काममा खटेर समाधान देऊ

कोरोना भाइरसको महामारीका कारण नेपाललगायत सिंगो विश्वले ठूलो समस्या र सास्ती भोगिरहेको छ । चलायमान विश्व एकाएक टक्क अडिन पुगेको छ । यसरी अडिदा...

गाडीकाे पास छ भन्दैमा काठमाण्डाै नआउनुहाेला, नागढुंगाबाट फर्किनु पर्छ

काठमाडाै‌ । सवारी पास बनाइहालेँ, अब ढुक्कसँग उपत्यका जान्छु भनेर तपाईंले धारणा बनाउनुभएको छ ? या त अब सवारी पास बनाइएर उपत्यका जान्छु भन्ने...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)