Thursday, May 6, 2021
Home बिचार थलिएको अर्थतन्त्रमा सहकारीको योगदान

थलिएको अर्थतन्त्रमा सहकारीको योगदान

विश्वनाथ खरेल,

नेपालमा २०१० सालमा तत्कालीन योजना, विकास तथा कृषि मन्त्रालयअन्र्तगत सहकारी विभागको स्थापना भयो । तत्कालीन सरकारको कार्यकारी आदेशमा सर्वप्रथम चितवन जिल्लामा २० चैत २०१३ मा नेपालमा पहिलो सहकारी संस्थाको रूपमा प्रवेश गरेको बखान सहकारी संस्थाको स्थापना भयो । त्यसरी नै दक्षिण एसियाली मुलुक नेपाल, बंगलादेश, भारत र पाकिस्तानसम्ममा यसप्रकारका सहकारी सेवा धेरै छन् । सहकारीको सहज कर्जामार्फत महिलाले सापट पाउने हुँदा महिला उत्थान अनि सशक्तीकरणका लागि पनि सहकारी एउटा अद्भुत अस्त्र साबित भएको छ ।

देशमा सहकारी प्रणालीलाई संस्थागत गर्ने क्रममा सहकारी संस्था ऐन–२०१६, सहकारी नियम–२०१८, साझा संस्था ऐन–२०४१, साझा संस्था नियमावली–२०४३, सहकारी ऐन–२०४८ र सहकारी नियमावली–२०४९ बमोजिम सहकारी विभागले सहकारी संघ÷संस्थाको दर्ता, नियमन तथा प्रवद्र्धनलगायतका कार्य गर्दै आएको छ । २०१३ सालमा सर्वप्रथम चितवन जिल्लामा सहकारी संस्थाको स्थापना भएपश्चात् हाल नेपालमा जम्माजम्मी २९ हजार ७ सय ६१ सहकारी संघसंस्था स्थापना भई सञ्चालनमा छन् ।

यसमा प्रदेशगत रूपमा हेर्ने हो भने प्रदेश १ मा ४ हजार ७ सय ३७, प्रदेश २ मा ४ हजार १ सय ५३, बागमती प्रदेशमा १० हजार ४ सय १८, गण्डकी प्रदेशमा २ हजार ६ सय ७१, लुम्बिनी प्रदेशमा ३ हजार ७ सय ५५, कर्णाली प्रदेशमा १ हजार ९ सय ६७ र सुदूरपश्चिममा प्रदेशमा २ हजार ६० रहेका छन् । यी तथ्यांकअनुसार सबैभन्दा बढी बागमती प्रदेशमा सबैभन्दा बढी सहकारी संस्था रहेका छन् । जसमा १० हजार ४ सय १८ वटा सहकारी छन् भने सबैभन्दा कम कर्णालीमा १ हजार ९ सय ६७ सहकारी संस्था रहेका छन् । आर्थिक वर्ष २०७३/७४ मा देशभर ३४ हजार ८ सय ३७ सहकारी संस्था रहेकामा केही निष्क्रिय भएको र केही एकीकरण हुँदा तथ्यांकमा कमी आएको पाइएको छ । मूलतः शून्य लागतमा ७ सय ५३ स्थानीय तहले दिएको तथ्यांकका आधारमा विभागले सो विवरण तयार पारेको बताइएको छ । यी सहकारी संस्थाले ८८ हजार ३ सय ९ जनालाई रोजगारी दिएको तथ्यांक सार्वजनिक भएको छ । सहकारी विभागले स्थानीय सरकारसँगको सहकार्यमा अधिल्लो साउनदेखि अघिल्लो कात्तिकसम्म गरेको तथ्यांक संकलनअनुसार देशभरमा रहेका यी सहकारीमा कुल सेयर पुँजी ९४ अर्ब १० करोड ५० लाख १५ हजार रुपैयाँ रहेको छ ।

सहकारीलाई सामान्य अर्थमा एउटा व्यवसाय वा कारोबार हो, जसमा समूहमा बस्ने, सोच्ने र काम गर्ने पद्धतिमार्फत ती व्यवसाय सञ्चालन गरिन्छन्

सर्वप्रथम अन्तर्राष्ट्रिय सहकारी महासंघको आफ्नो परिभाषा ‘व्यक्तिहरूको ऐच्छिक सहभागिताबाट उनीहरूको समान आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यक्ता तथा आकांक्षा परिपूर्तिका निमित्त सामूहिक स्वामित्व र प्रजातान्त्रिक ढंगबाट नियन्त्रित स्वायत्त उद्यम नै सहकारी हो । सहकारीलाई सामान्य अर्थमा हेर्दा यो एउटा व्यवसाय वा कारोबार हो जसमा समूहमा बस्ने, सोच्ने र काम गर्ने पद्धतिमार्फत ती व्यवसाय सञ्चालन गरिन्छ । यसलाई अर्को अर्थमा भन्नुपर्दा देश विकासको साझा प्रयासलाई अगाडि बढाउन स्थानीयस्तरमा स्वावलम्वनको भावना जागृत गराउँदै आर्थिक, सामाजिक र सांस्कृतिक विकासको लागि जनसहभागिता परिचालन गर्ने आधार स्तम्भको रूपमा सहकारी संघ/संस्थाको स्थापना र नियमनलगायतका कार्य सञ्चालन हुँदै आएका छन् । २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापना पश्चात सहकारी संघ÷संस्थालाई जनताकै क्रियाशील सक्रियताका नयाँ सोच विचार एवं मान्यताअनुसार सहकारी अभियानलाई अगाडि बढाउनुपर्ने आवश्यक्ता महसुस भई सहकारी ऐन २०४८ तर्जुमा भई लागू गरियो । यो एउटा सामाजिक कार्य पनि हो । सहकारी ऐन, २०४८ को प्रस्तावनाअनुसार कृषक, कालिगढ, कम पुँजी, निम्न आयवर्ग, श्रमिक मजदुर, बेरोजगार आदिजस्ता वर्गले सहकारी स्थापना र सञ्चालन गर्न सक्ने व्यवस्था गरेको पाइन्छ ।

यसबाट के देखिन्छ भने जुन वर्गसँग सीमित स्रोत, साधन र पुँजी हुन्छ, ती वर्गले त्यस्तो सीमित स्रोत र साधनलाई समूहीकरण गरेर सामूहिक स्वामित्वअन्तर्गत रहेर कुनै कारोबार वा व्यवसाय सञ्चालन गर्न स्वतन्त्रपूर्वक स्वेच्छिक रूपमा समूहमा आबद्ध हुन्छन्, त्यसलाई नै सामान्य अर्थमा सहकारी भनिन्छ । भनाइको तात्पर्य के हो भने एक्लो व्यक्तिसँग सीमित स्रोत र साधन मात्र हुन्छ तर, उसले उसको आवश्यक्ता असीमित हुन्छ । त्यस्तो अवस्थामा असीमित आवश्यक्ता परिपूर्तिको लागि सामूहिक प्रयासभन्दा अर्को विकल्प केही पनि हुन सक्दैन । उदाहरणका लागि हामीसँग भएको थोरै साधन र स्रोतलाई परिचालन गरी हाम्रो आर्थिक तथा सामाजिक जीवनमा परिवर्तन ल्याउने उत्तम उपाय नै सहकारी हो । यसमा समाजमा रहेर स्वेच्छिक रूपमा समूहबद्ध भएर स्वतन्त्रपूर्वक रूपमा आफ्ना समान आर्थिक, सामाजिक एवं सांस्कृतिक आवश्यक्ताको परिपूर्ति गर्नका लागि आफ्ना सीमित स्रोत, साधन एवं पँुजीका संयुक्त स्वामित्व स्वीकार गरी कारोबार सञ्चालन गरिन्छ, जुन कारोबारबाट हुने नाफा र नोक्सानमा सबै हिस्सा हुन्छ ।

कर्मचारीको हातमा मात्रै सम्पूर्ण वित्तीय अभिभारा छाडिदिने प्रवृत्ति पनि सहकारी क्षेत्रमा देखिएको समस्याको मूल जड हो

सहकारी स्थापना र सञ्चालन गर्नुको प्रमुख उद्देश्य सदस्यको आर्थिक तथा सामाजिक हितलाई अभिवृद्धि गर्नु हो, आम्दानी बढाउनु, खर्च घटाउनु, मितव्ययी बनाउनु, लगनशील बनाउनु, सेवाभावको अभिवृद्धि गराउनु आदि रहेका छन् । यसरी सहकारी ऐन २०४८ जारी भएपछि नेपालमा सहकारी मूल्य, मान्यता, भावना तथा सिद्धान्तअनुसार सहकारी संस्थाको स्थापना र सञ्चालन हुने कानुनी आधार निर्माण भयो ।

सामान्यतः सहकारीले कृषक, श्रमिक, कालिगढ, न्यून आय भएका तथा छरिएर रहेका समूहको पुँजी एकीकृत गरेर उनीहरूकै आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नयन गर्ने भन्ने मान्यता राख्छ । थोरै आम्दानी भएका धेरै सदस्य मिलेर साथसाथ काम गरिने भएकाले नै यसको नाम सहकारी राखिएको हो । तर, पछिल्लो समय यो क्षेत्रमा सीमित व्यक्तिको हालीमुहाली बढेको छ । यसरी मुलुकमा सहकारीको संख्या घटे पनि सहकारीमा लाग्ने मानिसको संख्या थपिएको छ । यस अवधिमा सहकारीमा १० लाख नयाँ सदस्य थपिएका छन् । यसर्थ तीन वर्षअघि ६३ हजार सेयर सदस्य रहेकामा पछिल्लो समयमा ७३ लाख ७ हजार ४ सय ६२ पुगेका छन् । सहकारीमा पुरुषको तुलनामा १२ प्रतिशतभन्दा बढी महिला आबद्घ भएका छन् । विभागका अनुसार महिला ५६ प्रतिशत र पुरुष ४४ प्रतिशत सदस्य रहेको विभागले जनाएको छ ।

यसअघि सहकारीले ७ खर्ब कारोबार गर्दै आएकामा पछिल्लो समयमा ३ खर्ब बढेर सहकारीको कारोबार १० खर्ब पुगेको छ । सहकारीको सेयर पुँजी ९४ अर्ब १० करोड पुगेको छ । सहकारीले ४ खर्ब ७७ अर्ब ९६ करोड बचत संकलन गरी ४ खर्ब २६ अर्ब २६ करोड कर्जा परिचालन गरेका छन् । यसको साथसाथै बचत तथा ऋण सहकारीमा २ खर्ब १७ अर्ब निक्षेप छ । मुलुकको वित्तीय क्षेत्रमा सहकारीको २० प्रतिशत र जीडीपीमा ५ प्रतिशत जति योगदान छ । यति धेरै गहन जिम्मेवारी बोकेको यस क्षेत्रलाई बेवारिसे छाड््नु राज्यको गम्भीर लापर्बाही हो ।

सहकारीहरू वास्तवमै मूल्यमान्यता र नीतिअनुसार चलेका छन् कि छैनन् भनेर अनुगमन गर्न नसक्नु लज्जास्पद पनि हो । विगतमा यी सहकारी संस्थाले करोडौं रुपैयाँ कुम्लाएर हिँडेको घटना देशको लागि नौंलो भने होइन । यस्ता किसिमका कमि कमजोरी लागि राज्यको सम्बन्धित निकायहरूले बेलाबेलामा अनुगमन गर्नुपर्ने हो । यसमा राज्य उदासीन भएको देखिएको छ । यस्ता किसिमका घटनाबाट बचाउनका लागि समयमा नै दरिलो किसिमको पाइला चाल्नुपर्ने देखिन्छ । यसको अलवा सञ्चालकले नै ऋण लिने तर समयमा फिर्ता नगर्ने प्रवृत्ति सहकारी क्षेत्रमा हाबी भएको छ । त्यसबाहेक कर्मचारीका हातमा मात्रै सम्पूर्ण वित्तीय अभिभारा छाडिदिने प्रवृत्ति पनि सहकारी क्षेत्रमा देखिएको समस्याको मूल जड हो । यो समस्याबाट सहकारी क्षेत्रलाई पर राख्न तीनतीन महिनामा ब्याजदरको सीमा समीक्षा र अनुगमन गर्नुपर्छ ।

(Visited 63 times, 1 visits today)
Loading comments...

आजको समाचार

गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना देखिएको छ । जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बुधबार दिउँसोका रिपोर्ट पोजेटिभ आएको हो । यसअघि मंगलबार आरडिटी...

पहिलो प्राथमिकता उद्यमी व्यवसायी र कामदारको जीवन रक्षा

पछिल्ला दिनमा कोभिड १९ को दोस्रो चरणको प्रकोपबाट लघु घरेलु तथा साना उद्योगहरु बढी प्रभावित भइरहँदा पनि आपूर्ति व्यवस्थालाई सूचारु कायम राख्न हाम्रा उद्यमीहरुले...

देवघाटमा दोब्बर शव

चितवन । देशैभर कोरोनाको सङ्क्रमण बढिरहेको बेला पवित्र तीर्थस्थल देवघाटधाममा अन्तिम संस्कारका लागि ल्यााउने शवको सङ्ख्या दोब्बरभन्दा बढी भएको छ । सङ्क्रमितको शव बागेश्वरीमा...

देउवाले ओलीलाई भने ‘हामी तपाइलाई विश्वासको मत दिन सक्दैनौं’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसकिने बताएका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत...

लुम्बिनीका एमाले सांसद अमरबहादुर डाँगीले दिए पदबाट राजीनामा

बुटवल । लुम्बिनी प्रदेशका एमालेतर्फका प्रदेश सभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले बुधबार पदबाट राजीनामा दिएका छन् । दाङको निर्वाचन क्षेत्र नम्बर २ ’ख’ बाट...

साताका लोकप्रिय समाचार

मानव अधिकार आयोगले उपप्रधानमन्त्रीलाई बुझायो १३ बुँदे ध्यानाकर्षण

काठमाडौ । राष्ट्रिय मानवअधिकार आयोगले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले चालेका पछिल्ला कदमहरुलाई सकारात्मक रुपमा लिएको जनाएको छ । कोभिड– १९ संकट...

अति आवश्यक नपरी घरबाहिर ननिस्कनू : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले अति आवश्यक नपरी घरबाहिर ननिस्कन र यात्रा नगर्न सर्वसाधारणमा आग्रह गरेको छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा बिहीबार जारी...

भारतीय नम्बर प्लेटकाे कारमा मृत भेटिएका तीन बालकको सनाखत

तुलसीपुर । तुलसीपुरको स्याउली बजार नजिकै भारतीय नम्बर प्लेटको कारमा मृत भेटिएका बालकको सनाखत भएको छ । २०७७ माघ महिनादेखि घर अगाडी पार्किङ गरि...

भक्तपुरमा एकै परिवारका तीन जना अचेत अवस्थामा भेटिए, एकको मृत्यु

भक्तपुर । भक्तपुरमा एकै परिवारका ३ जना अचेत अवस्थामा फेला परेका छन् । सुर्यविनायक नगरपालिका वडा नं १० मिलन चोक स्थित वर्ष ६२ को...

ठोकर्पाको थामाडाँडामा पर्यटक आकर्षित गर्न सुन्दर भ्यु टावर (फाेटाेफिचर)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ ठोकर्पाको स्थानीय थामाडाँडामा आन्तरिक र बाह्य पर्यटकहरु आर्कर्षित गर्ने उदेश्यले गाउँपालिकाले भ्युटावर निर्माण गर्न योजना बनायौ । भ्यु टावरको...

ट्रेन्डिङ

सुदूरपश्चिममा एकै दिन १३७ जनामा कोरोना संक्रमण

डडेल्धुरा । सुदूरपश्चिममा प्रदेशमा आज एक सय ३७ जना व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थय प्रयोगशाला टुकुमा गरिएको परिक्षणमा डडेल्धुरामा ८३,...

वर्षापछि हिमपातको सम्भावना

काठमाडाैै ।  पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेकाे छ । पश्चिमी वायुको...

कोरोनाबाट बेलायतमा थप एक नेपालीको मृत्यु

लण्डन । बेलायतमा कोरोनाबाट सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको मृत्यु भएको छ । उहाँलाई गत हप्तादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको...

तुलसीपुरमा जीप दुर्घटना, ६ घाइते

तुलसीपुर । दंगीशरण गाउँपालिका –१ फुर्केसल्लीस्थित साउनेमा गएराति जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइते हुनेमा दंगीशरण १ निवासी ४३ वर्षका...

लकडाउनको सदुपयोग गर्दै यूवाहरुले श्रमदानबाट बनाए सडक

सप्तरी, राजविराज । लकडाउनको समयलाई सदुपयोग गर्दै सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ खुदीबखारीका यूवाहरु यतिबेला श्रमदान गरि बाटो निर्माणमा जुटेका छन् । जिल्लाको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता...

दलालीमार्फत घरजग्गा कारोबारमा प्रतिबन्ध लगाइँदै

काठमाडौं । सरकारले दलालीमार्फत घरजग्गा कारोबारमा रोक लगाउने गृहकार्य थालेको छ । घरजग्गा किनबेच दलालीमार्फत भइरहँदा अपेक्षाकृत राजस्व नउठेपछि सरकारले एजेन्सीमार्फत मात्रै खरिद गर्न...

पल शाह र वर्षा राउतले अभिनय गरेको भिडियो सार्वजनिक

काठमाडौं । पल शाह र बर्षा राउत अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘दिल कमाल भो’ बोलको गीतमा शब्द संगीत तथा स्वर रमेश...

क्वारेन्टाइनबाट युवती फरार

राजापुर । बर्दियाको मधुवन नगरपालिका– ८ शिवदुर्गा माध्यमिक विद्यालय दुर्गापुरमा रहेको क्वारेन्टाइनबाट आज बिहान एक युवती फरार भएकी छन् । उनी भागेको जानकारी पाउनासाथ...

कोरोना भाइरसले थला परेको खेलकुद

गतिशील हुनुपर्ने खेलकुद क्षेत्र कोरोना भाइरसको महामारीले अहिले नरम्रोसँग प्रभावित भएको छ । खेलकुदलाई उद्योगका रूपमा विकास गरिसकेका देशलाई कोरोना भाइरसको महामारीले थला नै...

पैसा फाल्ने दुवै महिलाको कोरोना रिपोर्ट नेगेटिभ

जनकपुरधाम । जनकपुरधामको महाबीर चोकमा पैसा फाल्दै भाग्ने दुवै महिलाको कोरोनो रिपोर्ट नेगेटिभ आएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको आरडिटी परीक्षणमा पोजिटिभ आएको...

पूर्वमन्त्री पाण्डेको भ्रष्टाचार मुद्दामा दोस्रो पटक साक्षी बुझ्ने आदेश

काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री तथा राप्रपा नेता विक्रम पाण्डेको भ्रष्टाचार मुद्दामा दोस्रो पटक साक्षी बुझ्ने आदेश गरेको छ । न्यायाधीश प्रेमराज कार्की, अब्दुल...

नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीको भर्चुअल अन्तक्र्रिया

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नेपालको संविधानसँग बाझिने र सुरक्षा स्वार्थ जोडिएको विदेशी सहयोग एवं सहायता नेपालले अस्वीकार गर्ने...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)