Wednesday, April 14, 2021
Home विदेश दशकयताकै भयानक रेल दुर्घटना, ५० जनाकाे मृत्यु , देशभर शोक

दशकयताकै भयानक रेल दुर्घटना, ५० जनाकाे मृत्यु , देशभर शोक

एजेन्सी,

हुवालिएन/एजेन्सी। ताइवानको इतिहासमै शुक्रबारको सर्वाधिक भयानक रेल दुर्घटनाबाट कम्तीमा ५० जनाको मृत्यु भएपछि देशभर शनिबार शोक मनाइएको छ ।

मृतकको सम्झनामा देशभर शनिबार राष्ट्रिय झण्डा आधा झुकाइएको छ । खोज तथा उद्धार टोली रेलका क्षतिग्रस्त डब्बाहरू बाहिर निकाल्न जुटेका छन् । अधिकारीले शुक्रबारको रेल दुर्घटना एउटा मर्मतका लागि प्रयोग गरिएको ट्रक चिप्लिएर रेलको लिकमा खसेपछि भएको बताएका छन् ।

छुट्टी मनाउन हिँडेका व्यक्तिले खचाखच भरिएको त्यस रेलमा ५ सयभन्दा बढी मानिस सवार थिए । तीव्र गतिमा दौडिरहेको रेल एउटा साँघुरो सुरुङ (टनेल)भित्र प्रवेश गर्नै लाग्दा ट्रकमा ठोक्किएर आफ्नो लिकबाट उछिट्टिएको थियो ।

पार्किङ ब्रेक राम्रोसँग नलगाएको आरोपमा पक्राउ परेका ट्रक ड्राइभरलाई प्रहरीले सोधपुछ गरी जमानतमा छाडेको छ ।
उद्धारकर्ताले सुरुङभित्रको अवस्था दयनीय रहेको र रेलको अग्रभागका साथै डब्बा कच्याककुचुक भएको पाएका थिए । तीमध्ये अगाडिको आठ नम्बरको डब्बामा सबैभन्दा बढी क्षति पुगेको थियो र यही डब्बामा सबैभन्दा बढी व्यक्तिको ज्यान गएको थियो ।

ताइवानको गृह मन्त्रालयले देशभर तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउन आदेश दिएको थियो भने राष्ट्रपति चाई इङ्ग–वेनले हुलियानको अस्पतालमा पुगेर घाइतेहरुलाई भेटेका थिए । सो दुर्घटनामा परेका १७५ जनाभन्दा बढी व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको थियो । मृतकमा एक जना फ्रान्सेली नागरिक पनि रहेका थिए ।

दुर्घटनामा परेकाले आफूले भोगेका निकै डरलाग्दा कथाहरू सुनाएका छन् । एप्पल दैनिकसँग कुरा गर्दै एक पीडितले आफूले मानिसका शरीरका अंगहरू छरपस्ट देखेको बताएका छन् ।

ताइवानमा सन् २०१८ मा पनि ठुलै रेल दुर्घटना भएको थियो जसमा १८ जनाको मृत्यु भएको थियो । सन् १९९१ मा दुईवटा रेल एकआपसमा ठोक्किएर भएको अर्को दुर्घटनामा ३० जना यात्रुको ज्यान जानुका साथै १ सय १२ जना गम्भीर घाइते भएका थिए ।

(Visited 68 times, 1 visits today)
Loading comments...

आजको समाचार

जीप दुर्घटनामा प्रशासकीय अधिकृतसहित पाँचको मृत्यु

दाङ । प्युठानको स्वर्गद्वारी जाँदै गरेको जीप दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित पाँच जनाको मृत्यु भएको छ । बुधवार बिहान भएको...

विज्ञापन क्षेत्रका विकृति हटाउने प्रतिबद्धता

काठमाडौं । विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन क्षेत्रमा देखापरेका विकृति र विसंगतिको अन्त्य गर्दै यस क्षेत्रमा आमूल सुधार गर्ने प्रतिबद्धता जनाएका छन्...

सप्तरीमा लाग्ने ऐतिहासिक मेला प्रशासनको निर्देशनपछि स्थगित

सप्तरी, राजविराज । नयाँ वर्षको उपलक्ष्यमा सप्तरीको शम्भुनाथ र बोदेबरसाईनमा प्रत्येक वर्ष लाग्दै आएको एक महिने ऐतिहासिक मेला लगातार दोश्रो वर्ष पनि स्थगित भएको...

‘जलेर खरानी’

काठमाडौँ । राज लिम्बु र बिष्णु कट्टेल फिचर्ड 'जलेर खरानी'बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। हृदयस्पर्शी यस गीतमा स्वर, शब्द र संगीत...

कोरोना संक्रमणको जोखिम उच्च: सीमानाका खुकुलो, नाकाबाट आएकामा देखिँदै छ संक्रमण

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा भारततर्फ जोडिएका सीमानाकाबाट आउनेहरूको विवरण राख्ने र उनीहरूको स्वास्थ्य जाँच गर्ने काममा...

साताका लोकप्रिय समाचार

नेपाली नागरिकताका व्यावहारिक सवाल

मान्छेको अस्तित्व पहिचानमा निहित हुन्छ, किनकि पहिचानको अभावमा मानिस अस्तित्वको संकटमा पर्दछ । मातृभूमिप्रति उसको अपनत्व र वैद्यताको गाँठो व्यक्तिको हृदयमा प्रश्न बनेर रहेको...

रेसुङ्गामा एक सातादेखि लागेको आगो नियन्त्रणमा आएन

गुल्मी । गुल्मीको रेसुङ्गा क्षेत्रमा एक हप्तादेखि लागेको आगो नियन्त्रणमा आएको छैन । चैत्र २१ गते रेसुङ्गा नगरपालिका १४ को पराल्मी तथा २२ गते...

इजिप्टमा नेपालको चर्चा गरेर आइन् यी सुन्दरी

काठमाडौंँ । मिस इको इन्टरनेशनल नेपाल अनुश्मा रायमाझीले नेपालको वातावरण र पर्यटन क्षेत्रमा काम गर्ने इच्छा रहेको बताएकी छन् । नेपालमा इको टुरिजमको विकासका...

जुम्लामा अज्ञात रोगले गाउँ थला पर्याे, विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक

जुम्ला । जुम्लाको तातोपानि गाउँपालिका वडा नम्वर ७ ताम्तीमा अज्ञात रोगले विद्यार्थी थला परेका छन् । जनजागृति माद्यामिक विद्यालय ताम्तीका २६ जना छात्र छात्रा...

होटल, रिर्सोट र कटेजले होमस्टे सङ्कटमा

इलाम । इलामको सूर्योदय नगरपालिका वडा नम्बर ४ र ५ मा पर्ने पर्यटकीय स्थल अन्तुमा रहेका होमस्टे व्यवसाय सङ्कटमा पर्दै गएको छ । होटल,...

ट्रेन्डिङ

दुई हजार हेक्टरमा डढेलो : धुवाँले आँखा पोल्ने समस्या

कावासाेती ।  नवलपुरका विभिन्न सामुदायिक वनमा लागेको आगोले यस क्षेत्रको वायुमण्डल धुवाँले ढाकेको छ । यहाँ रहेका सामुदायिक वनमा लागेको आगोले जिल्लाको सबैजसो क्षेत्रमा...

निर्वाचन आयोगले माधव नेपाल चिन्दैन : सञ्चारमन्त्री

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई नै निर्वाचन आयोगले आधिकारिता...

धनगढीका कोरोना संक्रमित काठमाडौँ रेफर

धनगढी । धनगढीका एक जना कोरोना संक्रमितलाई थप उपचारका लागि काठमाडौँ रेफर गरिएको छ । सेती प्रादेशिक अस्पतालमा उपचार उनको स्वास्थ्यमा समस्या देखिएपछि थप...

खोप फागुनसम्म आउने संकेत

काठमाडौं । कोरोना विरुद्धको खोप लगाउन १६ हजार खोप केन्द्रलाई उपयोगमा ल्याउने सरकारको तयारी रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नीतिगत र कानुनी...

भारतले दिएको कोरोनाविरुद्धको खोप नेपाल आइपुग्यो

काठमाडौं । भारत सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप काठमाडौं आइपुगेको छ । १० लाख डोज खोप एयर इन्डियाको विमानमार्फत आज विहीबार बिहान नेपाल...

चुनाव हारेपछि ट्रम्पले गरे रक्षामन्त्रीलाई बरखास्त

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रक्षा मन्त्री मार्क इस्पेरलाई सोमबार बर्खास्त गरेका छन् । राष्ट्रपति चयनका लागि हालै भएको निर्वाचनमा दोस्रो कार्यकालका लागि...

क्वारेन्टिन र आइसुलेसन अनुगमन, स्याङ्जामा कोरोना संक्रमित २३ पुगे

स्याङ्जा । स्याङ्जामा भारतबाट आउनेको संख्या बढ्न थालेपछि र कोरोना संक्रमण देखिन थालेपछि जिल्ला सुरक्षा समितिले हरेका पालिकामा अनुगमन शुरु गरेको छ । क्वारेन्टीनमा...

राजस्व संकलन उत्साहजनक

काठमाडौं । विश्व महामारीका रूपमा संसारभर फैलिएको कोरोना भाइरसको प्रभावले मुलुकको आर्थिक गतिविधिमै अवरोध पु-याएको अवस्थामा राजस्व संकलन उत्साहजनक देखिएको छ । सरकारले चालु आर्थिक...

संक्रमितभन्दा डिस्चार्ज बढी

काठमाडौं । शनिबार कोरोना भाइरस संक्रमितको संख्याभन्दा डिस्चार्ज हुने धेरै रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप १ हजार ४१...

सञ्जयलाई क्यान्सर भएपछि भूज अन्योलमा

मुम्बई । बलिउड अभिनेता सञ्जय दत्त अहिले क्यान्सरसँग जुधिरहेका छन् । उनको उपचार बल्ल सुरु भएको छ । यसैक्रममा उनलाई अमेरिका लैजाने तयारी पनि...

प्रतिनिधिसभा विघटन मुद्दाः प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा विघटन गर्न नपाइने

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको तेस्रो दिनको सुनुवाइ हेर्दाहेर्दै मङ्गलबारका लागि तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा...

यकिन गरिँदै हडपिएका जग्गा

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले संघीय राजधानी काठमाडौंका विभिन्न ठाउँमा अतिक्रमित सरकारी जग्गाको नापजाँच गर्दै यकिन गर्ने तयारी थालेको छ । राजधानीका ४२ बढी...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)