Thursday, May 6, 2021
Home भर्खरै राजीनामा त आइहाल्छ नि, समर्थन फिर्ता गर न : प्रधानमन्त्री

राजीनामा त आइहाल्छ नि, समर्थन फिर्ता गर न : प्रधानमन्त्री

राजधानी समाचारदाता,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को गणितले देशको आवश्यकताको प्रतिनिधित्व नगरे ताजा जनादेशमा जानुपर्ने बताएका छन् ।

निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शनिबार शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले कहिलेकाहीँ देशको आवश्यकता र संसद्को गणित फरक पर्ने र कृत्रिम ढंगले यताउता सार्ने प्रयास हुने बताए । ‘व्यक्तिका स्वार्थको खेलबाट राजनीतिक अंकगणित देशको आवश्यकता विपरीत गयो भने ताजा जनादेशमा जानुपर्छ । हामीले गरेको विघटन त्यही गर्न थियो,’ उनले भने ।

प्रधानमन्त्री ओलीले अहिले पनि संसद्को अंकगणितले देश अगाडि जान नसक्ने भन्दै ताजा जनादेशबाट पनि हेरफेर गर्नुपर्ने उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रले सरकारलाई दिइएको समर्थन फिर्ता लिए आफ्नो राजीनामा पनि आउन सक्ने बताए ।

प्रधानमन्त्री ओलीले दिनैपिच्छे विभिन्न पक्षले आफ्नो राजीनामा माग्ने गरेको र सञ्चारमाध्यमले त्यसलाई नै मुख्य समाचार बनाउने गरेको भन्दै गुनासो पोखे । ‘राजीनामा आज मागेको हो र । राजीनामा, मागेको माग्यै छन् त । मागेपिच्छे म कसरी दिनसक्छु ?’ उनले भने ।

समर्थन फिर्ता लिइदेऊ भन्दा पनि नलिने तर राजीनामा भने माग्ने गरेको उनको भनाइ छ । ‘राजीनामा त आइहाल्छ नि, समर्थन फिर्ता गर न,’ उनले कार्यक्रममा भने ।

सरकारले देशभरका १ सय ६५ वटा निर्वाचन क्षेत्रमा सडक पूर्वाधार आयोजना बनाउने उद्देश्यसहित ‘निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम’ सुरु गरेको हो ।

तीन वर्षभित्र २ हजार २ सय १० किलोमिटर नयाँ सडक बन्ने

सरकारले आगामी तीन वर्षभित्र २ हजार २ सय १० किमी सडक निर्माण र विस्तार गर्ने भएको छ । प्राथमिकताका आधारमा छनोट भएका १ सय ६५ वटा निर्वाचन क्षेत्रका रणनीतिक सडक आयोजना तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आगामी तीन वर्षभित्रमा थप २ हजार २ सय १० किलोमिटर सडक निर्माण सम्पन्न भइसक्ने बताए । यी आयोजनाको लागत ५७ अर्ब १० करोड रुपैयाँ रहने अनुमान गरिएको छ ।

‘आजबाट पूर्वाधार र सडक निर्माणका क्षेत्रमा नयाँ चरणको अभियानको थालनी भएको छ,’ नेम्वाङले भने, ‘निर्वाचन क्षेत्रलक्षित सडक पूर्वाधार निर्माणको कामलाई हामीले तीन वर्षभित्र सक्ने भनेका छौं । यसबाट कम्तीमा दुई लेनको २ हजार २ सय १० किलोमिटर सडक कालोपत्रे हुन्छ ।’

(Visited 99 times, 1 visits today)
Loading comments...

आजको समाचार

शीर्ष चारमा काठमाडौंको सम्भावना जीवितै

काठमाडौं । विदेशी खेलाडी स्टेफन विनोङ समीरको एक मात्र गोलमा काठमाडौं रेजर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल)मा बुटवल लुम्बिनीलाई १–० ले पराजित गर्दै शीर्ष...

कान्ति अस्पतालमा आज भेटिए थप पाँच सङ्क्रमित

काठमाडौँ । आज कान्ति बाल अस्पतालमा एकै दिन पाँचजना बालबालिकामा सङ्क्रमण पुष्टि भएको छ । आज पत्ता लागेकासँगै नयाँ भेरियन्टसहित कोभिड–१९ का बिरामीको सङ्ख्या...

मेरो नजरमा केपी शर्मा ओली

सबै मानिस समान प्रकृतिका हुँदैनन् । व्यक्तिको व्यवहार, कार्यशैली र क्षमता पनि आआफ्नै प्रकारको हुन्छ । व्यक्तिमा निहित गुण र क्षमताकै आधारमा कुन व्यक्ति...

स्वास्थ्यमा समस्या भएपछि चैनपुरका मेयरलाई हेलिकप्टर मार्फत काठमाण्डौ लगियो

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकाका मेयर भरत खत्रीलाई स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टर चार्टर गरेर काठमाण्डौं लगिएको छ । बुधबार स्वास्थ्यमा समस्या देखिएपछि चैनपुरका मेयर...

गम्भीर संवैधानिक मुद्दा सुनुवाइ प्रभावित

काठमाडौं । सर्वोच्च अदालतले कोभिड—१९ दोस्रो लहर फैलिएपछि गत १५ वैशाखदेखि मसान्तसम्म बन्दीप्रत्यक्षीकरण र कोरोना भाइरससँग जोडिएका मुद्दा हेर्ने निर्णय गरेको छ । अदालतले अन्य...

साताका लोकप्रिय समाचार

जसपा विवाद झन् पेचिलो बन्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद झन्झन् बढ्दै गइरहेको छ । दुई ध्रुवमा विभाजित जसपा नेताका कारण फुटनजिक पुगेको पार्टीभित्र विवाद बढ्दै...

काठमाडौं उपत्यकामा बेडको चरम अभाव, बिरामीलाई हेलिकोप्टरबाट झापा लगियो

काठमाडौं । काठमाडौँका अस्पतालमा कोभिड–१९ का जटिल बिरामीलाई उपचार गर्न भेन्टिलेटर सहित सधन उपचार कक्ष (आइसियू) श्ययाको चरम अभाव हुन थालेपछि उपत्यका बाहिरका अस्पतालमा...

७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७...

राष्ट्रपतिद्वारा तेजाब र संवैधानिक परिषद्सहित सात अध्यादेश जारी

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ लगायत सात अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपति भण्डारीले नेपालको...

कांग्रेस नेता खड्काको निधन

भक्तपुर ।  नेपाली कांग्रेसका नेता शिवबहादुर खड्काको आज यहाँ निधन भएको छ । पछिल्लो समय मध्यपुरथिमिमा बस्दै आउनुभएका तत्कालीन संविधानसभा सदस्य खड्का घरको शौचालयमा...

ट्रेन्डिङ

किसानलाई कृषि ज्ञान केन्द्र पुग्नै कठिन

काठमाडौं । मुलुक संघिय संरचनामा गएपछि सरकारले जिल्ला जिल्लामा रहेका जिल्ला कृषि विकास कार्यालय खारेज गरेर कृषि ज्ञान केन्द्र र पशु सेवा विज्ञ केन्द्र...

चितवनका एक सङ्क्रमित कोरोना भाइरसमुक्त

चितवन । कोरोना भाइरसको सङ्क्रमण देखिएपछि भरतपुर अस्पतालको आइसोलेसनकक्षमा रहेका दुई जनामध्ये २७ वर्षका छोरा कोरोना भाइरसमुक्त भएका छन् । दुईपटक गरिएको पिसीआर...

छोरीको बीमा गराउनेलाई तीन महिना निःशुल्क इन्टरनेट सेवा

लहान । प्रदेश नं २ सरकारले उच्च प्राथमिकताकासाथ सञ्चालन ल्याएको ‘छोरी शिक्षा बीमा कार्यक्रम’अन्तर्गत बीमा गराउने छोरीका अभिभावकलाई ती महिना निःशुल्क इन्टरनेट सेवा वितरण...

कोभिड प्रभावितलाई ३ प्रतिशतमा कर्जा दिनुपर्ने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले १ खर्ब ५० अर्बको कर्जा, घाटामा जाने उद्योग व्यवसाय, प्राथमिकता रहेको क्षेत्रहरू पर्यटन, निर्यात तथा यातायात क्षेत्रलगायतलाई ३...

जनकपुर बजारमा मखानाको माग बढ्दो (फोटो फिचर)

जनकपुरधाम । जनकपुरधाम–४ की मेनुकाले बजारबाट २ किलो मखाना शुक्रबार नै किनेकी छिन् । आइतबार कोजाग्रात पूर्णिमाका दिन जानकी मातालाई चढाउनुका साथै घरमा खिर...

यो सरकार बनेपछि दैनिक छ किमी बाटो कालोपत्र भएको छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार गठनपश्चात प्रतिदिन लगभग छ किलोमिटरका दरले सडक कालोपत्र हुँदै आएको बताएका छन् । सरकार गठनको दुई वर्ष...

लकडाउन, परीक्षा र पढाइ

सन् २०१९ को अन्तिम साता मध्यचीन अवस्थित वुहान प्रान्तबाट सुरु भएको कोराना भाइरस (कोभिड–१९)का कारण यतिबेला विश्व संकटमा परेको छ । कोरोना महामारीमा हालसम्म...

सहकारीले १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने

काठमाडौं । सरकारले सहकारी संस्थाले ऋण लगानी गर्दा १४.७५ प्रतिशतभन्दा बढी ब्याजदर लिन नपाउने निर्णय गरेको छ । सहकारी विभागले गठन गरेको ब्याजदर निर्धारण...

सार्वजनिक यातायात सञ्चालनको निर्णय भएको छैन : व्यवसायी महासङ्घ

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक यातायात सञ्चालनसम्बन्धी कुनै निर्णय नभएको स्पष्ट पारेको छ । केही सञ्चारमाध्यमले यही असार २१ गतेदेखि सार्वजनिक...

वालरोग विशेषज्ञ डा. सूर्यनारायणलाई कोरोना संक्रमण

जनकपुरधाम । जनता समाजवादी पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य रहेका डा.सूर्यनारायण यादवसहित ४८ जनामा धनुषामा आज कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार प्रादेशिक जनस्वास्थ्य...

कोरोना संकट सामनातर्फको यात्रा

मानव इतिहास र सभ्यताको विकासमा सदैव प्रकृति र मानवको अनवरत युद्ध जारी छ । आज फेरि उही प्रकृतिको अर्को विनाशकारी स्वरूप भाइरसविरुद्ध महायुद्धमा हामी...

सङ्कटमा पम्परागत बजेट

आगामी आर्थिक वर्ष २०७७-७८ को बजेट सार्वजनिक भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकारको तेस्रो बजेट हो । यो बजेट असामान्य परिस्थितिमा आएको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)