Thursday, May 6, 2021
Home प्रमुख नयाँ सरकार गठनको अन्योल उस्तै

नयाँ सरकार गठनको अन्योल उस्तै

महेश्वर गौतम ,

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प दिने विषयमा स्पष्ट देखिए पनि कसरी र कुन प्रक्रियाबाट सरकारको नेतृत्वमा जाने भन्ने विषयमा कांग्रेस अस्पष्ट देखिएको छ ।

कांग्रेसले शुक्रबार राति अबेर सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमार्फत सरकारको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने निष्कर्ष निकालेको थियो तर बैठकले सरकारको नेतृत्व सम्हाल्न आवश्यक पर्ने प्रक्रियाबारे भने ठोस मार्ग अवलम्बन गर्न नसकेको बताइन्छ । सरकारको विकल्प रोज्न तयार रहेका माओवादी केन्द्र र जसपाले कांग्रेसको पछिल्लो निर्णयप्रति ठोस धारणा दिएका छैनन् । उनीहरूको धारणा नआउँदा कांग्रेस सरकारको नेतृत्व गर्ने निर्णयमार्फत प्रस्ट भए पनि प्रक्रियामा अस्पष्ट देखिएको हो ।

 कांग्रेसमा प्रक्रियागत अस्पष्टता
  माओवादी केन्द्र र जसपा अन्योलमै

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने अझैसम्म स्पष्ट भइसकेको छैन । यस्तै, जसपा पनि कुन र कस्तो सहमतिमा नयाँ सत्ता गठबन्धनमा सहभागी हुन्छ भन्ने स्पष्ट भइनसकेको अवस्था छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिए र प्रधानमन्त्रीले समेत राजीनामा नदिए कांग्रेसले नै सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर प्रधामन्मन्त्रीबाट ओलीलाई बिदा गर्ने दाबी गरे । तर, कांग्रेसले आफ्नो बैठकको निर्णयमा भने सो विषयमा केही उल्लेख गरेको छैन । कांग्रेस सभापति शेरबहादुर देउवाले पनि यो विषयमा स्पष्ट निर्णय गराएका छैनन् ।

अब सरकारको नेतृत्वका लागि पहल गर्ने निर्णय भएको हो तर संख्या छैन, संख्या कसरी सुनिश्चित गर्ने भन्ने कुराकानी अब होला : डा प्रकाशशरण महत, सहमहामन्त्री

‘कांग्रेस स्पष्ट छ, ओली सरकारको विकल्प दिन तयार छ, हामी अपोजिसनमा रहेका अन्य दलसँग पनि छलफल गर्छौं, माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता भए राम्रो, नभए हामी नै अविश्वासको प्रस्ताव ल्याउँछौं,’ कांग्रेस वरिष्ठ नेता पौडेलले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा भने ।

पौडेलले प्रतिनिधिसभा विघटनविरुद्ध उभिएका तीन दलबीच सहमति गरेर अविश्वासको प्रस्ताव दर्ता गर्ने दाबी गरेका हुन् ।
कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत भने बैठकमार्फत सरकारको नेतृत्वका लागि पहल गर्ने निर्णय भए पनि संख्या पर्याप्त नरहेको बताउँछन् ।

‘सरकारको नेतृत्वका लागि पहल गर्ने निर्णय भएको हो तर संख्या छैन, संख्या कसरी सुनिश्चित गर्ने भन्ने कुराकानी अब होला,’ कांग्रेस सहमहामन्त्री महतले राजधानीसँग भने ।

जसपा अध्यक्ष उपेन्द्र यादवले कांग्रेसको निर्णयलाई सकारात्मक रूपमा लिएको भन्दै हिजो आन्दोलनमा उभिएका शक्ति एक ठाउँमा उभिएर नयाँ सरकार गठन गरिने बताए ।

उनले कस्तो र कुन प्रक्रियाबाट नयाँ सरकार गठनका लागि अघि बढ्ने भन्ने विषयमा भने स्पष्ट पारेनन् । ११ फागुनमा प्रतिनिधिसभा पुनःस्थापना भएपछि प्रधानमन्त्रीबाट ओलीलाई विस्थापित गर्दै नयाँ सरकारको नेतृत्व लिन कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रचण्ड–माधव समूहबाट अफर आएको थियो । यस्तै, कांग्रेस पदाधिकारी बैठकले समेत देउवालाई नै नयाँ प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको थियो ।

सभापति देउवाले प्रचण्ड–माधव र आफ्नै नेताको प्रस्तावमासमेत प्रधानमन्त्री प्रस्तावबारे अरुचि देखाउँदै आइरहेका थिए । तर, एकाएक शुक्रबारको बैठकमार्फत कांग्रेसले सरकारको विकल्पमा अघि बढ्न तयार रहने निर्णय गरेको हो । बैठकमा देउवाले नै राजनीतिक अस्थिरताको खतरा बढ्दै गएकाले ओली नेतृत्वको सरकारको विकल्प खोज्ने विषयमा पार्टीले अग्रसरता लिनुपर्ने प्रस्ताव गरेका हुन् ।

संसद्को चौथो दल जनता समाजवादी पार्टी भने ओली नेतृत्वको सरकारमा जाने कि विकल्पमा उत्रने भन्नेमा दुई धारमा नै उभिँदै आइरहेको छ । उसले निर्णय लिन नसक्दा कांग्रेस पनि अलमलमा छ भने प्रधानमन्त्री ओलीसमेत जसपाले साथ देला कि धोका भन्नेमा अन्योलमा नै छन् । कांग्रेसले थप अघिको बाटो माओवादी केन्द्र र जसपाको निर्णयबाट लिने नेताहरू बताउँछन् ।

(Visited 81 times, 1 visits today)
Loading comments...

आजको समाचार

मेरो नजरमा केपी शर्मा ओली

सबै मानिस समान प्रकृतिका हुँदैनन् । व्यक्तिको व्यवहार, कार्यशैली र क्षमता पनि आआफ्नै प्रकारको हुन्छ । व्यक्तिमा निहित गुण र क्षमताकै आधारमा कुन व्यक्ति...

म्यान्चेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

लन्डन । इग्लिस क्लब म्यान्चेस्टर सिटी पहिलो पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । बुधबार बिहान भएको सेमिफाइनल दोस्रो लेगको खेलमा फ्रान्सको...

झापामा आज मध्यरातदेखी निषेधाज्ञा

दमक । झापामा कोरोना भाइरसको संक्रमण उच्च गतिमा फैलिएपछि त्यसको नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय झापाले पूर्ण निषेधाज्ञाको आदेश जारी गरेको छ । बुधवार मध्यरातिदेखि...

परिषद् सचिवालय बन्द

काठमाडौं । न्याय परिषद् सचिवालयले परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधनप्रति दुःख व्यक्त गर्दै परिषद् सचिवालय बन्द गर्ने निर्णय गरेको छ...

ह्वाटमोर श्रीलंका प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक देभ ह्वाटमोर मंगलबार श्रीलंका प्रस्थान गरेका छन् । दोस्रो लहरको कोरोना महामारीले क्रिकेट गतिविधि ठप्प भएपछि...

साताका लोकप्रिय समाचार

वडा सदस्यको शब बोकेर घर फर्कदै गरेको जिप दुर्घटना हुँदा ६ को मृत्यु

बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै मृतकको...

निषेधाज्ञामा ईश्वरी बरालको नयाँ काेशेली ‘खानदानी छोरी’

काठमाडाैं ।  गायिका ईश्वरी बरालले निषेजधाज्ञाले घरमै बसेका संगीतप्रेमी दर्शकका लागि नयाँ खुराक प्रस्तुत गरेकी छिन् । उनकाे नयाँ गीत खानदानी छोरी सार्वजनिक भएको...

देवघाटमा दोब्बर शव

चितवन । देशैभर कोरोनाको सङ्क्रमण बढिरहेको बेला पवित्र तीर्थस्थल देवघाटधाममा अन्तिम संस्कारका लागि ल्यााउने शवको सङ्ख्या दोब्बरभन्दा बढी भएको छ । सङ्क्रमितको शव बागेश्वरीमा...

नेपाल प्रवेश गर्ने नाकामा एन्टिजेन किटको अभाव

धनगढी। भारतमा देखिएको कोरोना कहरका कारण रोजगारीको सिलसिलामा त्यहाँ रहेका नेपालीहरु यतिबेला धमाधम घर फर्किरहेका छन् । भारतबाट नेपाल प्रवेश सुदूरपश्चिम प्रदेशका नाकाबाट फर्किने...

पर्सामा आज एकै दिन १६९ सङ्क्रमित भेटिए

बीरगञ्ज ।  पर्सामा आज एकै दिन १६९ जना कोरोना सङ्क्रमित फेला परेका छन् । वीरगञ्जको नारायणी अस्पतालमा २८८ जनाको स्वाबको नमूना परीक्षण गर्दा आज...

ट्रेन्डिङ

त्रिविमा बेथिति : तलवमा वार्षिक ४ अर्ब बढी खर्च

काठमाडौं । त्रिभुवन विश्वविद्यालय र मातहतका क्याम्पस तथा निकायहरुमा अध्यापनरत कर्मचारीहरुको तलवमा मात्रै वार्षिक अनुमानित चार अर्ब रुपैयाँ खर्च हुने गरेको पाइएको छ । त्रिवि...

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

घुमफिर : १३ तले मन्दिर

तपाईंले कति तलासम्मको मन्दिर देख्नुभएको छ ? दुई वा पाचँ ? वा त्योभन्दा अग्लो ? देख्न नपाए पनि इतिहासमा त पक्कै पढ्नु भएकै होला...

सन् २०२२ मा विकासशील राष्ट्रको सूचीमा जाने लक्ष्यको निकटमा छौँ : अर्थमन्त्री खतिवडा

कोभिड –१९ को विश्वव्यापी महामारीका कारण शिथिल भएको नेपाली अर्थतन्त्र क्रमशः लयमा आउन थालेको अर्थमन्त्री डा युवराज खतिवडा बताउनुहुन्छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री...

कोरोनाबाट ललितपुरमा मात्रै ४८ जनाको मृत्यु

ललितपुर । ललितपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५०० भन्दा बढी रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म दुई हजार ५०७ सक्रिय...

उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्वका लागि मतदान (फोटोफिचर)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि शनिबार बिहान ८ बजेबाट मतदान सुरु भएको छ । जिल्ला नगरतर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा,...

सिन्धुलीगढी युद्ध सचित्र गुटुङटुङ

गायक कृष्णविक्रम थापाले गीतमार्फत सिन्धुलीगढीको प्राकृतिक छटाको बखान गरे । थापाको ‘सिन्धुलीगढी घुमेर हेर्दा’ गीतसँगै ऐतिहासिक महत्त्व बोकेको सिन्धुलीगढी पुनः चर्चामा आयो । गीत...

‘रहस्य’ र ‘राँगोलाई जुत्ता’माथि अन्तक्र्रिया

काठमाडौँ, । शान्ति सापकोटाको छन्द कविता संग्रह ‘रहस्य’ र विजयराज आचार्यको लघुकथा संग्रह ‘राँगोलाई जुत्ता’ कृतिमाथि अन्तक्र्रिया गरिएको छ । बिहीबार पुल्चोकमा आयोजित...

आइसिसी विश्वकप लिग- २ अमेरिका र ओमानबीच भिड्दै

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत आज अमेरिका र ओमानबीच खेल हुँदैछ । त्रिकोणात्मक सिरिजको दोस्रो खेल हो । पहिलो खेलमा बुधबार नेपाल...

राष्ट्र सेवामा जुट्न युवालाई प्रधानमन्त्री ओलीको आह्वान

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले असल, सक्षम, दक्ष र सक्रिय व्यक्तित्व निर्माण गर्दै राष्ट्र सेवामा जुट्न सम्पूर्ण युवाहरूलाई आह्वान गरेका छन् । राष्ट्रिय...

नेफ्टा अवार्डमा छक्का पन्जा–३ को वर्चस्व

 डब्बु क्षत्री, काठमाडौं । कोरोनापछि सुस्ताको नेपाली चलचित्र क्षेत्र पछिल्लो समय बिस्तारै चलायमान हुँदै छ । यसै क्रममा नेपाली चलचित्र उद्योगलाई चलायमान बनाउन भन्दै...

मुस्ताङमा पाँचौं पटकको हिमपातसँगै जनजीवन प्रभावित

पोखरा । हिमाल पारीको जिल्ला मुस्ताङमा शनिबार दिउँसोदेखि परेको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । दिउँसो २ बजेबाट लगातार हिउँ परेपछि यहाँका अधिकांश...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)