Wednesday, April 14, 2021
Home Editor-Picks संघीय शासनका चुनौती समाधान गर्न दस वर्षीय रणनीतिक योजना

संघीय शासनका चुनौती समाधान गर्न दस वर्षीय रणनीतिक योजना

राजधानी समाचारदाता,

काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय शासन प्रणालीको चुनौती समाधान गर्दै यसका लाभ जनतासमक्ष पु-याउने उद्देश्यले १० वर्षीय रणनीतिक कार्ययोजना बनाउने तयारी थालेको छ ।

मन्त्रालयले त्यसका लागि रणनीतिक योजनाको खाका, दीर्घकालीन सोच, रणनीति तथा कार्यनीति र क्रियाकलापसमेत निर्धारण गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय शासन प्रणालीको मुख्य चुनौतीको रूपमा सरोकारवालामा संघीयताका सम्बन्धमा समान बुझाइएको विकास हुन नसकेको तथा संघीय शासन प्रणालीलाई सन्तुलित, मितव्ययी, पारदर्शी, जवाफदेही र सदाचारी बनाउन नसकिएको भन्दै त्यस विषयमा गम्भीरतापूर्वक ध्यान दिएर समाधानका लागि १० वर्षीय रणनीति योजना बनाउने गृहकार्य थालेको हो ।

मन्त्रालयका अनुसार संघीय मामिला तथा सामान्य प्रशासनसम्बन्धी मामिलामा अन्तरसरकार सम्बन्ध, वित्तीय संघीयता र आत्मनिर्भर स्थानीय तह, क्षमतावान् स्थानीय तह, संघीय एकाइबीच अधिकार, जिम्मेवारी र उत्तरदायित्वको स्पष्टता, संघीय संरचनामा लोकतन्त्रको लाभको समन्यायिक वितरण, सार्वजनिक प्रशासनमा नागरिकको स्थानलगायत रहेका छन् ।

मन्त्रालयका अधिकारीहरूका अनुसार सबल संघीयताको परिकल्पनालाई साकार पार्न र सुुस्पष्ट मार्गचित्र तयार पार्न रणनीतिक योजना तय गर्न लागिएको हो । त्यसरी तयार गर्न लागिएको रणनीतिमा संघीयता कार्यान्वयन सहजीकरणको योजना समेटिनेछ भने सार्वजनिक सेवामा मानव संसाधन व्यवस्थापनलाई सुनिश्चितता गरिनेछ । यसैगरी, स्थानीय पूर्वाधार विकासमा सहजीकरण गरिनेछ भने सेवाप्रवाह र सुशासनमा विशेष जोड दिनेगरी रणनीतिक योजना तय गरिने मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

सो रणनीतिक योजनाअनुसार मुख्य प्राथमिकताका विषयको रूपमा सक्षम स्थानीय तह, अन्तरसरकार समन्वय, सरल, सुक्षम, उत्प्रेरित, प्रतिस्पर्धी व्यावसायिक कर्मचारीतन्त्रलाई राखिनेछ । यसैगरी, दिगो स्थानीय पूर्वाधार विकास, नागरिकमैत्री सेवाप्रवाह, अनुसन्धान र विकास, सुशासन तथा सामाजिक समावेशीकरणलाई समेत उच्च प्राथमिकतामा राखेर रणनीतिक योजना बनाइने जनाइएको छ ।

(Visited 60 times, 1 visits today)
Loading comments...

आजको समाचार

मुम्बई इन्डियन्सको पहिलो जीत

इन्डियन प्रिमियर लिगको साविक विजेता मुम्बई इन्डियन्सले गएराती सम्पन्न खेलमा पहिलो जीत निकालेको छ । स्पीनर राहुल चहरको उत्कृष्ट बलिङको सहयोगमा कोलकत्ता नाइट राइडर्सलाई...

कोरोना संक्रमणको जोखिम उच्च: सीमानाका खुकुलो, नाकाबाट आएकामा देखिँदै छ संक्रमण

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा भारततर्फ जोडिएका सीमानाकाबाट आउनेहरूको विवरण राख्ने र उनीहरूको स्वास्थ्य जाँच गर्ने काममा...

विकास खर्च कमजोर

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको ९ महिने अवधिमा कुल विनियोजित बजेटको २९.२२ प्रतिशतमात्र पुँजीगत (विकास) खर्च गरेको छ । सरकारको विकास कार्य तीव्र गतिमा...

राष्ट्रपति रनिङ शिल्डको उपाधि सेतीदेवीलाई (फोटो फिचर)

सुनकोशी गाउँपालिकाको आयोजना र सुनकोशी खेलकुद विकास समितिको समन्वयमा आयोजीत तेस्रो सुनकोशी गाउँपालिका स्तरी राष्ट्रपति रनिङ शिल्डको उपाधि यो वर्षपनि सेतीदेवी शारदा माध्यमिक विद्यालयले...

निफमा तीन वटा नेपाली चलचित्रले प्रस्तिस्पर्धा गर्ने

काठमाडौँ । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब (नीफ) २०२१ मा यो वर्ष तिन वटा नेपालि चलचित्रले नेपाली फिचर फिल्म प्रतिस्पर्धामा अन्तर्गत भाग लिने भएका छन...

साताका लोकप्रिय समाचार

वैशाख ११ मा धरहराको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ११ गते धरहराको उद्घाटन गर्ने भएका छन् । पुनर्निर्माण गरिएको धरहराको टावरतर्फको भाग उद्घाटन गर्न लागिएको हो...

तीन साता शैक्षिक संस्था बन्द गर्न प्रस्ताव

काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले नेपालमा यूके भेरियन्टको कोरोना संक्रमण बढ्न सक्ने भन्दै तीन साताका लागि शैक्षिक संस्था बन्द गर्ने प्रस्ताव गरेको...

विकास खर्च कमजोर

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको ९ महिने अवधिमा कुल विनियोजित बजेटको २९.२२ प्रतिशतमात्र पुँजीगत (विकास) खर्च गरेको छ । सरकारको विकास कार्य तीव्र गतिमा...

‘जलेर खरानी’

काठमाडौँ । राज लिम्बु र बिष्णु कट्टेल फिचर्ड 'जलेर खरानी'बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। हृदयस्पर्शी यस गीतमा स्वर, शब्द र संगीत...

नयाँ वर्षमा पाठकलाई रोशनको उपहार कोष्ठकभित्रको हाँसो

काठमाडौं । कथकार रोशन थापा ‘नीरव’ले नयाँ वर्षको पूर्व सन्ध्या पारेर नयाँ कथासंग्रह ‘कोष्ठकभित्रको हाँसो’ बजारमा ल्याएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा एक समारोहबीच...

ट्रेन्डिङ

मेस्सीले बार्सिलोना छाड्लान् ?

क्याटलान । विश्व फुटबल पछिल्लो एक साता एउटै विषयको पछि लागेको छ । त्यो हो, लामो समय बार्सिलोनामा रहेका क्लबका कप्तान लियोनेल मेस्सीले क्लब...

कोरोना संक्रमण आशंकित व्यक्ति टेकु अस्पतालबाटै फरार

काठमाडौं । कोरोना भाइरस संक्रमणको आशंकामा राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्न पुगेका एक बिरामी भागेका छन् । चीनको...

कोभिड–१९ : शिक्षा क्षेत्रमा आठ रेक्टरको कम्पन

अहिले सरकारले विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक गरेको छ । यो कार्य योजनामा शैक्षिक सत्रलाई व्यवस्थित गर्ने भनिएको छ । सरकारले १ असारदेखि हालसम्म...

नागढुंगा सुरुङ निर्माण धमाधम

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङ निर्माणको काम धमाधम अघि बढेको छ । निर्माण आयोजनाले सुरुङ खन्नुअघिका काम अन्तिम चरणमा पु¥याएको जनाएको छ । कोरोना भाइरस (कोभिड–१९)...

फाइजर र बायोएनटेकद्वारा युरोपेली युनियन समक्ष कोभिड–१९ खोपका लागि आवेदन

बर्लिन । जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले आफूले तयार पारेको कोभिड–१९ विरुद्धको खोप युरोपेली युनियन आबद्ध मुलुकमा प्रयोग गर्ने...

ललितपुरमा कोरोना निको हुने वृद्धि

ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या बढेको छ । जिल्लाभर रहेका कूल ११ हजार ६९० सङ्क्रमितमध्ये नौ हजार ६०३ ले स्वास्थ्यलाभ गरिसकेको...

कांग्रेसलाई मौका

सन् २०२१ को प्रारम्भसँगै विश्व यस शताब्दीको तेस्रो दशकमा प्रवेश गरेको छ । बितेको वर्षले खासै नयाँ केही दिएन । सन् २०१९ को अन्त्यमा...

कोरोना संक्रमितले खाना खाएको घर र टोल सिल गरियो

सिन्धुली । काठमाडौंमा मंगलबार कोरोना संक्रमण पुष्टि भएकी महिलाले खाना खाएको आफन्तको घरसहित ५ घर स्थानीय प्रशासनले सिल गरेको छ । कमलामाई नगरपालिका वडा...

एमसिसी बहसमै छ, पारित गर्ने अवस्था आएपछि पारित हुन्छ : सभामुख

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) सहयोगसम्बन्धी प्रस्ताव छलफलकै चरणमा रहेको टिप्पणी गरेका छन् । सिंदरबारमा आज पत्रकारसँगको अनौपचारिक भेटघाटमा उनले...

निप्पोनको ‘सवारीसाधन पेन्ट’ बजारमा

काठमाडौं ।  निप्पोन पेन्टले नेपालको सवारी साधन खरिदपछिको बजारमा आफ्ना रङहरू उपलब्ध गराउने योजना ल्याएको छ । बजार प्रवेश शुभारम्भका अवसरमा कम्पनीको ग्रुप अटोमेटिभ...

हुम्लामा ४ नयाँ कोरोना संक्रमित भेटिए

सिमकोट । कात्तिक १८ गतेदेखि कोरोना सङ्क्रमण मुक्त भएको हुम्लामा बिहीबार राति चार नयाँ सङ्क्रमित भेटिएका छन् । कोरोना लक्षण भएको आशङ्कामा स्वाब परीक्षणका...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)