Thursday, May 6, 2021
Home भर्खरै जुम्लामा आगलागी हुँदा ३५ घर जलेर नष्ट, पानी नहुँदा माटाेले आगाे निभाउदै

जुम्लामा आगलागी हुँदा ३५ घर जलेर नष्ट, पानी नहुँदा माटाेले आगाे निभाउदै

राजधानी समाचारदाता,

सिञ्जा । जुम्ला तिला गाउँपालिका–९ ढिपुगाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् । पचहत्तर घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट भइसकेको वडाध्यक्ष शेरबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार आगो नियन्त्रण बाहिर छ ।

पर्याप्त पानी नभएका कारण आगो निभाउन सकिएको छैन । घरको छाना निकाल्ने र माटो हालेर आगो निभाउने निभाउने प्रयास भइरहेको उनले बताए । वडाध्यक्ष बोहोराले भने “आगो नियन्त्रण बाहिर छ । निभाउनका लागि पानी छैन, घरमा जलेको आगो हेरेर बस्नुको विकल्प छैन ।”

पैँतीस घरभित्रको अन्नबाली सबै सखाप भइसकेको छ । आगो कसरी लागेको हो भन्ने विषयमा जानकारी लिने प्रयास भइरहेको छ । आगलागीका कारण मान्छे बेहोस छन् । आगलागीबाट क्षतिको यकिन विवरण आउन बाँकी छ । तिला–९ ढिपुगाउँ वर्षायाममा छ महिना बस्ने बस्ती हो । यस समयमा हिमपात हुने र अत्यधिक चिसो हुने भएकाले सबै ढिपुगाउँमा बसेका छन् । मुल्लीमा वर्षायाममा भण्डारण गरिराखेको अन्नपात सबै जलेको हो ।

वडाध्यक्ष बोहोराले भने “स्याउला सङ्कलनका लागि एक/दुई दिनभित्र गाउँले नै त्यो बस्तीमा जाने भनेका थिए । आगोले बस्ती खरानी बनाइसक्यो ।” उनले उद्धार र राहतका कार्यमा साथ दिन सबै सरोकारवालालाई आग्रह गरे  ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले आगलागी भएको खबर पाउनेबित्तिकै तत्काल उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आगलागी भएको घटनास्थलतिर पठाइसकेको बताए । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले तिला–९ ढिपुको मुल्लीमा आगलागी भई ३५ घर नष्ट भएको प्रारम्भिक खबरले दुखित तुल्याएको बताए । “उद्धारका लागि घटनास्थलतर्फ सुरक्षाकर्मी परिचालित भइसकेको अवस्था छ”, उनले भने, “उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग गर्न सम्बद्ध पक्षलाई अनुरोध गर्दछु ।”

यसअघि तिला–७ पोखरीगाउँको गोठीमा आगलागी हुँदा ३१ घर जलेर नष्ट भएको थियो । यससँगै जुम्ला आगलागीको उच्च जोखिम क्षेत्र बनेको छ । सदरमुकामस्थित ढाण थपला सामुदायिक वन र कार्तिक स्वामी सामुदायिक वनमा आगलागी भएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो निभाउन सफल भएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । रासस

(Visited 41 times, 1 visits today)
Loading comments...

आजको समाचार

घरकाले थाहा पाउछन्, हाम्रो फोटो नखिच्नुस् (फोटोफिचर)

काठमाडौं । निजी अस्पतालले कोरोना शीर्षकमा सर्वसाधारणसंग सर्वस्व लुटिरहेको बेला बीर अस्पतालको नयाँ भवनमा आइसोलेशन बेड तयार हुँदैछ भन्ने कुराले पक्कै पनि केही सकारात्मक...

कोरोना खोप ल्याउने विषयमा उपप्रधानमन्त्रीले गरे बैठक आह्वान

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाको खोप यथाशिघ्र नेपाल ल्याउने विषयमा परामर्श गरेका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक समेत रहेका...

सर्लाहीको ग्रामीण क्षेत्रमा कोरोना भाइरस सँग मिल्दो लक्षण भएका बिरामीको संख्या बढदै

सर्लाही । सर्लाहीको ग्रामीण क्षेत्रमा कोरोना भाइरस सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको संख्या एक्कासी बढेको छ । बिरामीमा उच्च ज्वरो आउने, घाँटी दुख्ने, रुघाखोकी...

अस्पतालले भर्ना लिन नमान्दा युवाको मृत्यु

जनकपुरधाम । धनुषामा एक युवाले उपचार नपाएरै मृत्युवरण गरेका छन् । धनुषाको मिथिला नगरपालिका घर भई ससुराली बटेश्वरमा करिब एक सातादेखि बस्दै आएका ४०...

शीर्ष चारमा काठमाडौंको सम्भावना जीवितै

काठमाडौं । विदेशी खेलाडी स्टेफन विनोङ समीरको एक मात्र गोलमा काठमाडौं रेजर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल)मा बुटवल लुम्बिनीलाई १–० ले पराजित गर्दै शीर्ष...

साताका लोकप्रिय समाचार

राष्ट्रियसभा उपनिर्वाचनका लागि भुटनदेवी मावि मतदानस्थल

काठमाडाैं ।  वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने निर्वाचनका लागि राष्ट्रियसभा...

वडा भवन निर्माणमा वडाध्यक्षकै अवरोध !

सिन्धुपाल्चोक । बलेफी गाउँपालिका वडा नम्बर –२ को वडा भवन निर्माणमा वडाध्यक्षले नै अवरोध सिर्जना गरेपछि भवन निर्माणमा समस्या सुरु भएको छ । बलेफी गाउँपालिका,संघीय...

कांग्रेस नेता भण्डारी अस्पताल भर्ना

 काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शङ्कर भण्डारी अस्पताल भर्ना भएका छन् । कोरोना सङ्क्रमणका कारण केही दिनदेखि होम आइसोलेसनमा बसेका पूर्वमन्त्री भण्डारीलाई...

सिन्धुपाल्चोकमा रैथाने बिऊ मेला (फोटो फिचर)

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिक–२ भन्ज्याङकी सुन्तली केसी एक पाथी मकै, कोदो जे अनाज भए पनि पिध्नका लागि गाउँभन्दा एक घण्टा टाढा लिसंखुपाखरको वाफलमा रहेको...

विदेशबाट फर्किएर स्वरोजगार बन्दै स्थानीय युवा

इलाम । वैदेशिक रोजगारीकालागि विदेश पुगेर फर्र्किएका इलामको माई नगरपालिका–१० का धनपति दुलाल अहिले गाउँमौ बाख्रापालन गर्दैछन् । वैदेशीक रोजगारी गुमाएर फर्किएका दुलालले ‘सामाजिक...

ट्रेन्डिङ

मोरङमा चट्याङ लागेर एक जनाको मृत्यु

मोरङ । मोरङको सुनवर्सी नगरपालिकामा १ जनाको चट्याङ लागेर मृत्यु भएको छ । सोमबार मध्यान्न वर्षासँगै परेको चट्याङ लागेर सुनवर्सी-६ तालगाछी की ३० वर्षीया...

आजदेखि सेयर बजार खुल्ने

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को प्रभावका कारण बन्द रहेको सेयर बजार मंगलबारदेखि खुल्ने भएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण गत...

ओली प्रधानमन्त्री बन्न योग्य रहनुभएन, नेकपाले अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाओस् : प्रदीप पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको शैली र कार्यशैली नै नराम्रो भएको भन्दै मार्गप्रशस्त...

मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीनजना मन्त्री पद ‘उपहार’ !

काठमाडौं । मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेशसभा सदस्यले उपहार स्वरुप मन्त्री पद पाउने भएका छन् । उनीहरुको आजै...

म्यान्मारमा दुखेको मानवता

काठमाडौं । गएको मार्च २८ मा म्यान्मारमा ‘सशस्त्र प्रहरी बल दिवस’ परेको थियो । त्यसैदिन जुन्ता सरकारको विरोध र प्रजातन्त्रको पुनस्र्थापनाका लागि निस्किएको विशाल...

बर्दियामा एकै दिन थपिए १५ जना कोरोना संक्रमित

बर्दिया । बर्दियामा शुक्रबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको नेपालगंजस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बढैयाताल गाउँपालिकाका ९ जना,...

संघीय संविधान र शासकीय संस्कारको द्धन्द

संविधान राज्यको मुल कानून हो । राज्य शक्तिको बाँडफाँड गर्ने दस्तावेज हो । यो राज्य संचालनकर्ताको लागि मागदर्शन कानून हो । यो शासक र...

मैत्रीपुर्ण भलिबल प्रतियोगितामा कालिकोट बिजयी

कालिकोट । नेपाली सेनाको स्थापना दिवसका अवसरमा आयोजित मैत्रीपुर्ण भलिबल प्रतियोगितामा कालिकोटवासीको टिम बिजयी भएको छ । नेपाली सेना...

श्रुति परम्परा कायम राख्न वेद कण्ठस्थीकरण प्रतियोगिता

काठमाडाैं । प्राचीनकालदेखि अक्षुण्ण रहँदै आएको श्रुति परम्परालाई कायम राख्न कान्तिभैरव गुरुकूलले राष्ट्रिय गुरुकूलस्तरीय वेद कण्ठस्थीकरण प्रतियोगिता आयोजना गर्ने भएको छ । आधुनिक शिक्षा...

२३ वर्षदेखि विद्यालयको नाममा रहेको पोखरीमा विवाद

बारा । बारामा २३ वर्षदेखि एक विद्यालयको नाममा रहेको पोखरीको रेखांकन गर्न जादा अवरोध सृजना भएको छ । महागढीमाई नगरपालिका ७ स्थित रहेको नेरामावि...

संस्थागत भ्रष्टाचारको तथ्य सतहमा आयो : डा. महत

वीरगन्ज । नेकपा एमालेको सरकार संस्थागत भ्रष्टाचारमा लिप्त रहेको आरोप नेपाली कांगे्रसका सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए । शुक्रबार वीरगन्जमा भएको पत्रकार सम्मेलनमा पूर्वमन्त्रीसमेत...

ह्वाटमोर श्रीलंका प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक देभ ह्वाटमोर मंगलबार श्रीलंका प्रस्थान गरेका छन् । दोस्रो लहरको कोरोना महामारीले क्रिकेट गतिविधि ठप्प भएपछि...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)