Monday, May 17, 2021
Home भर्खरै भक्तपुरमा नयाँ कानुन : बाहिरी जिल्लावासीलाई जग्गा बिक्री गर्न नपाइने

भक्तपुरमा नयाँ कानुन : बाहिरी जिल्लावासीलाई जग्गा बिक्री गर्न नपाइने

कौशिला कुँवर,

काठमाडौँ । भक्तपुर नगरपालिकाले नेपालको संविधान विपरित आफ्नाे कानुन निर्माण गरेको छ । नेपालको संविधान २०७२ को धारा १७ को उपधारा (१) को (ङ) विपरित नगरपालिकाले आफ्नाे कानुन निर्माण गरेको हो । नेपालको संविधान २०७२ को धारा १७ मा स्वतन्त्रताको हक र उपधारा (१) मा कानुन बमोजिम बाहेक कुनै पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट बच्चित गरिने छैन भन्ने उल्लेख छ भने उपधारा (१) को (ङ) मा नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने स्वतन्त्रता सम्बन्धी हकलाई सूनिश्चत गरेको छ ।

तर, भक्तपुर नगरपालिकाले नागरिकको मैलिक हक अधिकारलाई कुन्ठित गर्दै संविधान विपरित कानुन बनाएको छ । नगरकालिकाले कला संस्कृति र सम्पदा संरक्षण एवं सम्बद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ निर्माण गरेको छ । यस ऐनको दफा ५ उपदफा (७) मा सांस्कृतिक क्षेत्र भित्र घर जग्गाहरु स्थानीय नागरिकले बाहेक अन्यले खरिद गर्न नपाउने भनिएको छ । सो कानुन निर्माण छि अहिले त्यहाँका स्थानीयले आफ्नाे घर जग्गा विक्री गर्न पाएका छैनन् ।

नगरपालिकाले भक्तपुर स्थानिय बाहेकलाई घर जग्गा विक्री गर्न नदिएपछि भक्तपुर नगरपालिका वडा नम्बर ८ सुकुल ढोकाका राजेन्द्र राय एक वर्ष देखि जग्गा विक्री तनावमा छन् । उनले घर व्यवहार चलाउन समस्या भएपछि आप्mसँग भएको जग्गा भक्तपुर स्थानिय बाहिरको व्यक्तिलाई विक्री गर्न खोजेका थिए । नगरपालिकाले भक्तपुरको स्थानिय बाहेकलाई जग्गा विक्री गर्न नदिएपछि उनले एक वर्ष देखि आफ्नाे जग्गा विक्री गर्न पाएका छैनन् । संविधानले जुनसुकै ठाउँको व्यक्तिले पनि जुनसुकै ठाउँमा पनि घर जग्गा खरिद विक्री गरी बसोबास गर्न पाइने मौलिक हक दिएको भएतापनि नगरपालिकाले संविधानले दिएको अधिकार नै कुन्ठित गरी दिएपछि समस्या भएको स्थानीय राय बताउँछन् । अहिले जग्गा विक्री गर्न नपाएपछि घर बनाउन खोज्दा घर समेत बनाउन नदिएको उनले गुनासो गरे ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले परम्परागत मौलिक कला सांस्कृती बचाउन त्यहाँको स्थानीय बाहेक अन्यलाई घर जग्गा खरिद गर्न नपाइने कानुन निर्माण गरेको बताइन् । स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार नगरपालिकाले आप्mनो कानुन निर्माण गरी स्थानीयवासी बाहेक अन्यलाई घर जग्गा खरिद गर्न रोक लगाएको उपप्रमुख जोशीले राजधानीसँग बताइन् ।

भक्तपुर नगर भित्रको पुरानो मौलिक कला सांस्कृति लोप हुँदै गएको हुँदा भक्तपुरका कला सांस्कृतिलाई जोगाउन आप्mनो कानुन बनाएको उनको दावी छ । उनले भनिन्, ‘सो विषयमा अहिले अदालतमा मुद्दा परेको छ । मुद्दाको टुङ्गो नलाग्दा सम्म आफुले धेरै बोल्न मिल्दैन । संविधानले पनि स्थानीय सरकारलाई कानुन बनाउनु अधिकार दिएको छ । त्यही अधिकार बमोजिम भक्तपुर नगरपालिकाले आप्mनो कानुन निर्माण गरेको हो, ।’ उपप्रमुख जोशीले भनिन् ।

नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले विशेष गरेर विश्वसम्पदा सूची क्षेत्र भित्रमा परेको घर जग्गा स्थानीय बाहेक अन्य व्यक्तिले खरिद गर्न नपाउने कानुन रहेको बताए । उनले सो विषयमा स्थानीयले नै अदालतमा मुद्दा दायर गरेको बताए । अहिले सो मुद्दा संवैधानिक इजलासमा रहेको अधिकृत श्रेष्ठले जानकारी दिए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी भक्तपुर नगरपालिकाले २०७६ पुस ३ गते कला संस्कृति र सम्पदा संरक्षण एवं सम्बद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ राजपत्रमा प्रकाशित गरेको छ ।

(Visited 1,566 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

१ सय १९ सिलिन्डर एयर लिफ्टबाट ल्याइयो

काठमाडौं । गृह मन्त्रालयले कोरोना महामारीबाट उत्पन्न परिस्थितिमा अक्सिजन अभाव हुन नदिन सक्रियता बढाएको छ ।गृह मन्त्रालयले मोरङ र सुनसरीमा रहेका विभिन्न अक्सिजन प्लान्टबाट...

माधव नेपालसहित चार नेताकाे कार्वाही फुकुवा

काठमाडाैं ।  नेकपा एमालेले माधव नेपालसहित चार नेतामाथिको निलम्बनको कारवाही फुकुवा गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र...

एमालेमा ह्वीप उल्लंघन गर्ने कारबाहीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी...

प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित

काठमाडाैं । प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको आजको बैठकपछि सभामुख अग्नि...

राष्ट्रपति कार्यालयले भन्याे : प्रधानमन्त्री दाबी गर्न कोही आएनन्

काठमाडाैं ।  राष्ट्रपति कार्यालयले बहुमतको सरकारका लागि तोकिएको समयमा कसैले दावी पेश नगरेको बताएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्ति जारी गरी बहुमतको...

ट्रेन्डिङ

चुपचाप बदलियोमा श्रृष्टि र जीवनको रोमान्स

काठमाडौं । दशैँको कोशेली स्वरूप गायक नितिन गजुरेलले आफ्नो नयाँ गजल गीत ‘चुपचाप बदलियो’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गजल गीतमा...

विदेशमा अलपत्र कामदारको उद्धार गर्न कार्यविधि बनाइँदै

काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नेपाली कामदारलाई उद्धार गर्न नयाँ कार्यविधि बनाएर अघि बढ्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा...

अबदेखि कोरोना संक्रमित १० दिन मात्र क्वारेन्टिनमा बस्नुपर्ने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको क्वारेन्टिन वा आइसोलेशनमा रहने समयावधि घटाएको छ । यसअघि सङ्क्रमित १४ दिन अनिवार्य क्वारेन्टिन वा आइसोलेशनमा...

गिट्टी कुट्ने मजदुरलाई १५ दिनलाइ पुग्ने राहत

सिन्धुली । दैनिक ज्यालादारी गरि जीविकोपार्जन गर्ने मजदुरहरुको खाद्य सुरक्षाको अधिकारलाई मध्येनगर गर्दै राहतको प्याकेज दिने घोषणा गरेको कमलामाई नगरपालिकाले मंगलबार ग्वाङखोलामा गिट्टी कुट्ने...

समानान्तर कमिटी बनेसंगै एमाले फुटको संघारमा

सुभाष शाह, काठमाडौं । सर्वोच्च अदालतको निर्णयपछि पूर्ववत् अवस्थामा फर्किएको सत्तारूढ एमालेमा गुटगत भेला र निर्णय हुनेक्रमसँगै पार्टी फुटको जोखिम बढेको छ । पार्टीका...

लकडाउनमै सुटिङ गर्दा विवादमा अमिताभ

मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चन सुटिङमा फर्किएका छन् । उनी ‘कौन बनेगा करोडपति’ (केबीसी)को १२औं शृंखलाको सुटिङमा फर्किएका हुन् । सोनी टेलिभिजन चाँडै नै...

गोवामा अर्का एक नेपालीको मृत्यु, मृतकको पहिचान हुन सकेन

गोवा । भारतको गोवामा एक नेपाली नागरिक मृत भेटिएका छन् । मृतकको साथबाट बिमल खड्का नाम गरेको भारतीय पहिचान कार्ड फेला परेको छ । सोही...

प्रजनन् अधिकार सम्वन्धि ऐन कागजमा सिमित

काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य सेवा सम्वन्धि निति योजना तथा कार्यक्रम तयार गर्न सरकारलाई सुझाव दिन प्रजनन स्वास्थ्य समन्वय समिति गठन भएपनि...

महिला हत्यामा संलग्न मण्डल कारागार चलान

सप्तरी, राजविराज । एक महिनाअघि महिला हत्याको आरोपमा पक्राउ परेका सप्तरीको बोदेबरसाईन नगरपालिका ३ का ३६ वर्षिय रबितकुमार मण्डल कारागार चलान भएका छन् । घटनामा...

डा.केसीको समर्थनमा चिकित्सक संघ

वीरगन्ज । सुरक्षाकर्मीले डा. गोविन्द केसीमाथि दुव्र्यवहार गरेको भन्दै वीरगन्जका चिकित्सकहरु आन्दोलित भएका छन् । उनले उठाएका जायज माग प्रति कोरोनाको हटस्पट वीरगन्जका डाक्टरहरुले...

युट्युबमा चलचित्र साइनो

काठमाडौं । नेपालकी प्रथम अभिनेत्री भुवन थापा चन्दले निर्माण गरेको चलचित्र आफ्नो चलचित्र साइनोलाई युट्युबमा रिलिज गरेकी छन् । बोधी एचडी युट्युब च्यानलबाट उनले...

अब पाइपलाइनबाट पेट्रोल पनि ल्याइने

वीरगञ्ज । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनबाट अगामी एक वर्षभित्र पेट्रोल ल्याउन गृहकार्य शुरुआत गरिएको छ । यसअघि विसं २०७६ भदौदेखि भारतको मोतिहारीबाट पाइप लाइनमार्फत...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)