Wednesday, April 14, 2021
Home Breaking News एक वर्षमै साढे ३६ लाखले खोले बैंक खाता

एक वर्षमै साढे ३६ लाखले खोले बैंक खाता

वित्तीय पहुँच विस्तार हुँदै

मधुजंग पाण्डे,

काठमाडौं । पछिल्लो समय वित्तीय पहुँचको अवस्था अत्यधिक बढ्दै जान थालेको छ । वित्तीय साक्षरता बढ्दै गएको, गाउँगाउँसम्म बैंक पुगेको र सरकारी कारोबारमा अनिवार्य रूपमा बैंकिङ प्रणालीको अवधारणा कार्यान्वयनमा आएसँगै हाल सर्वसाधारणबीच वित्तीय पहुँच विस्तार हुँदै गएको हो । चालू आर्थिक वर्ष २०७७÷७८ को बितेका आठ महिना (फागुन मसान्त)को अवधिमा आम नागरिकले कुल ३ करोड ६२ लाख ७४ हजारवटा निक्षेप तथा कर्जा खाता खोलेका छन् ।

गत एक वर्षको अवधिमै ३६ लाख ६० हजार १ सय ८० जनाले निक्षेप तथा कर्जा खाता खोलेका छन् । चालू आवको साउनदेखि फागुन मसान्तसम्म ३ करोड ४६ लाख ७१ हजार ९ सय ४९ जनाले निक्षेप खाता खोलेका छन् । यसैगरी, १६ लाख २ हजार जनाले कर्जा खाता खोलेको राष्ट्र बैंकले जनाएको छ ।

गत आवको फागुनसम्म २ करोड ९६ लाख १३ हजार ७ सय २७ वटा निक्षेप तथा कर्जा खाता खोलिएको थियो । सो खातामध्ये ३ करोड ११ लाख १२ हजारले निक्षेप खाता खोलेका थिए भने १४ लाख ९८ हजार ४ सय ६७ ले कर्जा खाता खोलेका थिए ।

बैंकमा खाता खोल्नेको संख्या ३ करोड ६२ लाख ७४ हजार नाघ्यो

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले आम नागरिकमा वित्तीय पहुँच विस्तार पु¥याउन घरदैलो कार्यक्रमदेखि विभिन्न आकर्षक योजनासमेत ल्याएका छन् । सोही कारण पनि बैंकमा खाता खोल्नेको संख्या बढ्दै जान थालेको हो । हाल खोलिएको बैंक खाता नेपालको कुल जनसंख्याभन्दा झन्डै ४३ लाख ७६ हजार ८ सय ९१ जनाले बढी हो । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको कुल जनसंख्या ३ करोड २ लाख ९५ हजार ५८ जना रहेको छ ।

कुल जनसंख्याभन्दा धेरै बैंक खाता भए पनि सबै नेपाली नागरिकसमक्ष बैंक खाता पुग्न भने सकेको छैन । एक व्यक्तिले बैंक तथा वित्तीय संस्था नै पिच्छे फरक खाता खोल्न पाउने व्यवस्था छ । त्यसैले पनि जनसंख्याभन्दा बैंक खाता बढी भएको राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देवकुमार ढकालले हाल हरेक नेपालीको खाता नामक कार्यक्रम सञ्चालन भएको, वित्तीय साक्षरता बढेकोलगायत कारणले मुलुकको कुल जनसंख्याभन्दा धेरै बैंक खाता खुलेको बताए । पछिल्लो समय वित्तीय पहुँचको विस्तार राम्रो हुँदै गएको र प्रायः सबै कार्यालयमा बैंकिङ प्रणालीमार्फत तलब भुक्तानी दिन थालिएको बताउँदै ढकालले भने, ‘डिजिटल बैंकिङ कारोबार बढ्दो छ, यसैका कारण पनि अहिले बैंकमा निक्षेप खाता खोल्नेको संख्या बढेको हो ।’

नेपालको कुल जनसंख्याभन्दा निक्षेप खाताको संख्या बढी देखिए पनि कुल जनसंख्याको करिब ६१ प्रतिशतमा मात्रै बैंक खाता पुगेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । ‘नेपालमा वित्तीय पहुँचको स्थिति’सम्बन्धी राष्ट्र बैंकको सो अध्ययन गत आवमा सार्वजनिक भएको थियो । लामो समयसम्म विभिन्न अध्ययनले ४० प्रतिशत नागरिकमा मात्रै वित्तीय पहुँच पुगेको निष्कर्ष निकालिरहेका बेला राष्ट्र बैंककै पछिल्लो अध्ययनले ६०.९ प्रतिशतमा पुगेको देखाएको थियो । सोही तथ्यांकले पनि हाल मुलुकमा वित्तीय पहुँच तीव्र रूपमा बढ्दै गएको पुष्टि गरेको छ ।

(Visited 203 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोनाबीच नेपाली निर्यात क्षमता सन्तोषजनक

कोरोना महामारीसँगै नेपालको उत्पादन निर्यातमा वृद्धि हुने विश्व बैंकको प्रक्षेपणले नेपालीमाझमा आशाको सञ्चार गरेको छ । जीविकोपार्जनमुखी उत्पादन प्रणाली भएको नेपालमा कोरोना महामारीपछि वैदेशिक...

नयाँ वर्ष राजनीतिक एकताको वर्ष बनोस्

अहिले हामी नयाँ वर्ष २०७८ लाई स्वागत गर्दै छौं । नयाँ वर्षले सबैमा सुख, शान्ति समृद्धि लिएर आओस् । विकृति र विसंगति हटाइदियोस् ।...

जीप दुर्घटनामा प्रशासकीय अधिकृतसहित पाँचको मृत्यु

दाङ । प्युठानको स्वर्गद्वारी जाँदै गरेको जीप दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित पाँच जनाको मृत्यु भएको छ । बुधवार बिहान भएको...

‘हेर्देउन मायाले’

काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको 'हेर्देउन मायाले' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधारित यस गीतमा लभद्रकला आङबुहाङ राईको...

कोरोनाका त्रासकाबीच पवित्र महिना रमजान सुरु

सप्तरी । कोरोनाको त्रासकाबीच इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान बुधबारबाट सुरु भएको छ । सप्तरी लगायत देशभरका मुश्लिम समुदायले बुधबार बिहानदेखी पहिलो रोजा बसेर रमजान...

साताका लोकप्रिय समाचार

सुवेदीलाई सर्वोच्चको न्यायाधीश बन्ने बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालत स्थायी न्यायाधीश सिफारिस उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिट खारेज गरिदिएको छ । सर्वोच्चका न्यायाधीश...

भेरी अस्पताल कोरोना संक्रमितले भरियो

नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पतालमा कोभिड–१९ का गम्भीर प्रकृतिका विरामीको चाप बढेपछि थप कोरोना संक्रमितलाई अस्पतालले उपचारका लागि आइसोलेशसनमा राख्न समेत नसक्ने भएको छ...

गण्डकी प्रदेश सरकारबाट बाहिरियो माओवादी

पोखरा । गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । गण्डकी प्रदेश सभा बैठकमा बुधबार सम्बोधन गर्दै माओवादी केन्द्र संसदीय दलका नेता एवं...

राजनीति र प्रशासनमा खराब को ?

मुलुकको विकास र समृद्धि आशातीत रूपमा हुन नसक्नुमा को दोषी ? राजनीतिक नेतृत्व कि प्रशासनिक संयन्त्र ? भन्ने प्रश्न र बहस नयाँ होइन ।...

देउताको कसमले अनुसन्धानमा सहज

मुगु । बलात्कार प्रयासपछि हत्या गरिएकी मुगु सोरु गाँउपालिका–९ कालै गाँउका नौ वर्षीया बालिका लक्ष्मी चौलागार्इंको हत्याका प्रतिवादीले बयान दिँदा अनुसन्धानमा खटिएका प्रहरीलाई खुवाएको...

ट्रेन्डिङ

बर्दियाका एक कोरोना संक्रमितको मृत्यु

बाँके । कोहलपुरमा उपचारका क्रममा आज एक कोरोना सङ्क्रमितकोे निधन भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिकाका ६४ वर्षीय पुरुषको मृत्यु भएको हो । जिल्ला जनस्वास्थ्य...

एनसेललाई नौ मेगाहर्ज फ्रिक्वेन्सी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अक्सनमार्फत जितेको फ्रिक्वेन्सी एनसेललाई दिने भएको छ । प्राधिकरणको बोर्ड बैठकले एनसेललाई सर्तहरूसहित फ्रिक्वेन्सी दिने निर्णय गरेको हो ।...

हेटौंडामा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

वाग्मती । हेटौंडामा ट्रयाक्टर दुर्घटना हुँदा आज अपराह्न दुई जनाको मृत्यु भएको छ । हेटौंडा बजारबाट निर्माण सामग्री लिएर पूर्वी मकवानपुरको वाग्मतीतर्र्फ जाँदै गरेको...

पहाडमा पहिरो, तराईमा बाढी

काठमाडौं । मनसुनी वर्षा सुरु भएसँगै मुलुकभर बाढीपहिरोका घटना बढिरहेका छन् । तराईका जिल्लामा बाढी र पहाडी तथा उच्च पहाडी जिल्लामा पहिरोका घटना बढेको...

पिकअप भ्यान सहित दुई जना पक्राउ

सप्तरी । भन्सार छलेर पिकअप भ्यानमा लौड गरी ल्याएको कपडा सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भारतबाट भन्सार छली अवैध रुपमा को २...

भुक्तानीको विषयलाई लिएर, प्रदेश सरकार र कर्मचारीबीच विवाद

जनकपुरधाम, । प्रदेश २, सरकारले उपभोक्ता समिति मार्फत गराएको कामलाई लिएर प्रदेश सरकार र कर्मचारीबीच विवाद उत्पन्न भएको छ । प्रदेश सरकार कुनै हालतमा...

हजुरबुवादेखि छिमेकीसम्म बलात्कारमा संलग्न

काठमाडौं । बलात्कारका घटनामा घरभित्रकै हाडनाता पर्ने व्यक्ति, आफन्तदेखि छिमेकी र चिनेजानेका व्यक्ति बढी संलग्न हुने गरेको पाइएको छ । नेपाल प्रहरीले पीडित र पीडकका...

राउटेको अस्तित्व संकटमा

सुर्खेत । कर्णाली प्रदेशका सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक मन्त्री दलबहादुर रावल र कृषि तथा सहकारी मन्त्री विमला केसी लगायत कार्तिक ८ गते महाअष्टमीका...

मोबाइल एप्लिकेसनबाट नक्सासम्बन्धी काम

काठमाडौं । नापी कार्यालय कास्कीले मोबाइल एप्लिकेसनबाट नक्सासम्बन्धी काम सुरु गरेको छ । कार्यालयले तयार गरेको मोबाइल एपबारे तयार गरिएको भिडियो क्लिक गरेर भूमि...

यस्तो छ प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा गरेको सम्बोधनको पूर्ण पाठ

प्रधानमन्त्रीको संबोधनको पूर्णपाठ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज म आफ्नो स्वास्थ्यको बारेमा होइन, जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपाईहरु सामु उपस्थिति भएको छु । अहिले यतिखेर कोरोना...

लिदी पहिरो : स्काभेटर प्रयोग नगरी बेपत्ता खोज्न कठिन

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदी पहिरामा परेर बेपत्ता भएकाको खोजी कार्यमा समस्या आएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले...

संकट र सरकार

गत ८ वैशाखको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस भएका संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)