Sunday, June 13, 2021
Home प्रदेश प्रदेश ३ एसिड किन्न गृहमन्त्रालयको अनुमति लिनुपर्ने

एसिड किन्न गृहमन्त्रालयको अनुमति लिनुपर्ने

एसिड बिक्रीवितरणमा कडाइ

राजधानी समाचारदाता,

काठमाडौं । एसिड आक्रमणका घटना बढ्दै गएपछि सरकारले एसिडको खरिदबिक्रीमा कडाइ गरेको छ । जसअनुसार अब कुनै पनि उद्योग व्यवसायीले गृह मन्त्रालयबाट अनुमति लिएर मात्रै एसिड खरिद गर्न सक्ने कानुनी प्रावधान बनाइको छ ।

गृह मन्त्रालयले आइतबार सार्वजनिक सूचना जारी गरी यसबारे जानकारी गराएको हो । गृहद्वारा जारी सूचनाअनुसार कानुनबमोजिम दर्ता भएको वा इजाजत प्राप्त गरेको कुनै उद्योगलाई औद्योगिक प्रयोजनका लागि एसिड वा अन्य घातक रासायनिक पदार्थ आवश्यक पर्ने भएमा मन्त्रालयमा विधिपूर्वक निवदेन दिनुपर्नेछ ।

यसअघि जोकोही व्यक्तिले सहजै एसिड खरिद वा बिक्री गर्न पाउँथे अब भने त्यसरी जथाभावी खरिद गर्न पाउने छैनन् । यसअघि एसिड बिक्रीको खुकुलो प्रावधान हुँदा यसको सहज बिक्री हुने र महिलामाथि एसिड आक्रमणका घटना बढ्ने गरेको थियो । त्यसरी, आक्रमणका घटना घटेर महिला पीडित हुन थालेपछि सरकारले गत १२ असोजमा एसिड तथा घातक रसायनिक पदार्थ नियन्त्रणसम्बन्धी अध्यादेश जारी गरेको थियो । सो अध्यादेशलाई कार्यान्वयन गर्नेगरी गृह मन्त्रालयले एक साताअगाडि नियमावली जारी गरेको छ । १६ चैतमा राजपत्रमा प्रकाशित भएको नियामावलीले एसिड खरिदबिक्रीलाई कडाइ गरेका हो ।

नियमावलीअनुसार अब एसिड खरिद वा बिक्री गर्नेले अनिवार्य लाइसेन्स लिनुपर्नेछ । कसैले विदेशबाट आयात गर्नुपरेमा मन्त्रालयबाट अनुमति लिनुपर्छ । एउटै जिल्लाभित्र आवश्यकताअनुसार खरिदबिक्री गर्न प्रमुख जिल्ला अधिकारीले स्वीकृति दिने व्यवस्था गरिएको छ ।

गृह मन्त्रालयका अनुसार उद्योगधन्दालाई भने एसिड खरिद गर्न लाइसेन्स आवश्यक पर्नेछैन । खास प्रकारका उद्योगमा प्रयोग हुने खास किसिमका तेजाब वा अन्य घातक रासायनिक पदार्थ औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने परिमाणसम्मको लागि सम्बन्धित उद्योगलाई मात्र अनुमतिपत्र दिन सकिने व्यवस्था कानुनमा रहेको छ ।

विनियमावलीको नियम ५(२) मा प्रचलित कानुनबमोजिम दर्ता भएको वा इजाजत प्राप्त गरेको कुनै उद्योगलाई औद्योगिक प्रयोजनको लागि तेजाब वा अन्य घातक रासायनिक पदार्थ आवश्यक पर्ने भएमा अध्यादेशको दफा १४ को उपदफा ४ बमोजिम पूर्वस्वीकृतिका लागि अनुसूची–८ बमोजिमको ढाँचामा मन्त्रालयमा निवेदन दिनुपर्ने उल्लेख छ ।

(Visited 120 times, 1 visits today)
Loading comments...

आजको समाचार

भैंसी व्याएपछि १० हजार पुरस्कार, सुत्केरी भैंसीले भत्ता पाउने

काभ्रेपलाञ्चोक । किसानलाई पशुपालनमा आकर्षति गराउन जिल्लाको नमोबुद्ध नगरपालिकाले किसानलाई अनुदानमा भैंसी वितरण गरेको छ । नगरपालिकाले पशुपालनबाट किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत...

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

  काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

  काठमाडाैं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति...

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

साताका लोकप्रिय समाचार

चितवनमा तेस्रो चरणको कोरोनाविरुद्धको खोप जेठ २५ र २६ गते

  चितवन।  कोभिड–१९ विरुद्धको तेस्रो चरणको खोप यही जेठ २५ र २६ गते दिइने भएको छ । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार जिल्लामा रहेका...

७ प्रतिशतलाई कोरोना खोप

काठमाडौं । खोप अभियान सुरु भएको १ सय ३४ दिनसम्ममा देशभर कुल जनसंख्याको ७ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन्् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...

सभ्यता, सत्ता र शोषण

सभ्यतामा प्रवेश गर्नुअघि मनुष्यको कुनै कर्तव्य थिएन । त्यस बखतमा मनुष्यसँग अधिकार मात्र थियो तर त्यसको संरक्षणको प्रत्याभूति दिने कोही थिएन । सबै जना...

मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा घाइते

चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । उपरदाङ्गगढीबाट शक्तिखोरतर्फ...

४४७२ जनामा काेराेना संक्रमण पुष्टि, ९२ जनाकाे मृत्यु

काठमाडाैं ।  पछिल्लो २४ घण्टामा ४४७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९२ जनाको संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या...

ट्रेन्डिङ

जन्ती बस दुर्घटना अपडेट : ४ जनाको मृत्यु, मृतक बढन सक्ने

हेटौडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा जन्ती बस दुर्घटना भएको छ । बुधबार साँझ जन्ती बोकेको ना ३ ख ३५५६ बस दुर्घटना भएको...

श्रावण, दत्तात्रय र यौन शिक्षा

भक्तपुरको दत्तात्रय मन्दिरमा साउन महिनाभरि सोमबारका दिन मेला लाग्ने गर्दछ । यो मन्दिरमा विदेशी पर्यटक पनि धेरै नै आउने गर्दछन् । उनीहरूले दत्तात्रयलाई यौनक्रीडाका...

फिताले होइन यन्त्रले जमिन नाप्ने प्रविधिको विकास गरेका छौ : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मातकुमारी अर्यालले अब फिताले नभएर यन्त्रले जमिनको नापनक्सा गर्ने सिस्टमको विकास गरिएको बताएकी छन् ।...

एटलान्टा र भ्यालेन्सियाको खेल कोरोनाको ‘जैविक बम’

रोम । गत जनवरीदेखि चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण अहिले विश्व नै नराम्रोसँग थिलिएको छ । पछिल्लोपटक कोरोनाको गन्तव्य युरोप बनेको छ ।...

बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताएका छन् । सिंहदरबारस्थित कार्यकक्षमा बझाङ बलात्कार...

स्थानीय तहमा सुशासन कायम गर्न ‘लिजा’ प्रणाली

काठमाडौं । देशभरका ७ सय ५३ वटै स्थानीय तहमा जवाफदेहिता, पारदर्शिता र प्रतिस्पर्धा प्रवद्र्धन गर्दै सुशासन कायम गर्ने उद्देश्यले स्थानीय तह स्वमूल्यांकन प्रणाली (एलआईएसए)...

तरकारी र फलफूलको मूल्य अकासियो

काठमाडौं । लकडाउनको चौथो दिन आइपुग्दासम्म तरकारी र फलफूलको मूल्य अकासिएको छ । गत सातासम्म प्रतिकिलो ५० रुपैयाँ पर्ने गोलभेंडाको अहिले बजार मूल्य १...

लुम्बिनीका एमाले सांसद अमरबहादुर डाँगीले दिए पदबाट राजीनामा

बुटवल । लुम्बिनी प्रदेशका एमालेतर्फका प्रदेश सभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले बुधबार पदबाट राजीनामा दिएका छन् । दाङको निर्वाचन क्षेत्र नम्बर २ ’ख’ बाट...

धुलिखेल अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि

काभ्रे ।  निमोनियाका कारण धुलिखेल अस्पतालमा उपचाररत दोलखाका एक पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा बिहीबार मृत्यु भएका ६२ वर्षीय पुरुषको कोभिड–१९ परीक्षण...

देश छिर्न नपाएपछि महाकालीमा हामफालेर सिमा पार गर्दै

दार्चुला । आफ्नो देशको प्रवेशद्धारमा ताला लागेपछि नेपालीहरु महाकाली नदी तरेर धमाधम नेपाल फर्किदैछन् । भारतको पिथौरागढ प्रशासनले जवाहरसिंह स्टेडियम, बलुवाकोट महाविद्यालय,...

नेकपा कार्यदल प्रतिवेदन : ओलीले सरकार, दाहालले पार्टी सञ्चालन गर्ने

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको कार्यविभाजनसहित कार्यदलले शनिबार प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष...

हार्ट टोटेनहममा अनुबन्धित

लन्डन । इंग्लिस क्लब टोटेनहम हस्टपरले इंग्ल्यान्ड तथा अर्काे इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलो रोजाईका पूर्वगोलरक्षक जोए हार्टलाई अनुबन्ध गरेको छ । टोटेनहमले इंग्ल्यान्ड...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)