Wednesday, April 14, 2021
Home Editor-Picks कोभिड –१९ को प्रकोप बढेपछि भारतको महाराष्ट्रमा कडा प्रतिबन्ध घोषणा

कोभिड –१९ को प्रकोप बढेपछि भारतको महाराष्ट्रमा कडा प्रतिबन्ध घोषणा

एजेन्सी,

नयाँदिल्ली । कोरोना भाइरसको संक्रमण निकै तीव्र गतिमा फैलिन थालेपछि भारतको महाराष्ट्र राज्यमा कडा प्रतिबन्धको घोषणा गरिएको छ ।यहाँको सरकारले रातको समयमा कफ्र्युका साथै साप्ताहिक विदाका समयमा अर्थात् शनिबार र आइतबार लकडाउन समेत हुनेगरी सोमबारदेखि यस्तो प्रतिबन्धको व्यवस्था लागु गरेको हो ।

यहाँको सरकारले दिएको जानकारीअनुसार यस राज्यमा रातिको समयमा कर्फ्यु लगाइने छ भने हप्ताका अन्तिम दिन तथा विदाका दिनहरु शनिबार र आइतबार पूर्ण रूपमा लकडाउन लागु हुने बताइएको छ ।

भारतमा पछिल्लो समयमा कोभिड १९ का धेरै संक्रमित भेटिएका छन् । यहाँ आइतबार मात्र पनि एकैदिन ९३ हजार २४९ जना संक्रमित थपिएका यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार यो संख्या गत सेप्टेम्बर महिना यताको सर्वाधिक धेरै संख्या पनि हो । उक्त संख्याको आधा भन्दा बढी महाराष्ट्र राज्यमा संक्रमित थपिएका छन् ।

यो राज्य शुरुदेखि नै बढी प्रभावित राज्यमा पर्दछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यहाँ पछिल्लो समयमा फैलिएको संक्रमणको कारण पत्ता लगाउनका लागि एउटा विशेषज्ञ टोलीलाई त्यहाँ खटाउने निर्णय हालै गर्नुभएको थियो ।
भारत कोरोनाभाइरस महामारीको दोस्रो लहरको जोखिममा परेको बताइएको छ । कोभिड–१९ का कारण भारतमा हालसम्म करिब १ लाख ६५ हजार जनाले ज्यान गुमाएका छन् । त्यसैगरी अहिलेसम्म यहाँका संक्रमण पुष्टि हुनेको संख्या १ करोड २५ लाख भन्दा बढी रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

शुक्रबार मात्र महाराष्ट्र राज्यका मुख्यमन्त्री उद्धव ठाकरेले यहाँका नागरिकहरुले सुरक्षाका उपायहरू नअपनाएका कारणले यस्तो समस्या आएको बताउनुभएको थियो । उहाँले यहाँको सरकारले आग्रह गरिरहेको भए पनि मास्क लगाउन छाडेका कारण खोप लगाएपछि पनि केही संक्रमित भएको जानकारी पनि दिनुभयो ।

उहाँले टेलिभिजन सम्बोधनका क्रममा भन्नुभएको थियो– मानिसहरू सामान्य अवस्थामा जस्तो गरेर हिंडडुल पनि गर्न थालेका छन् तर पनि अर्थतन्त्रमा ध्यान दिने की स्वास्थ्यमा भन्ने विषयमा सरकार भने दुबिधामा परेको छ ।

 

(Visited 930 times, 3 visits today)
Loading comments...

आजको समाचार

राष्ट्रपति रनिङ शिल्डको उपाधि सेतीदेवीलाई (फोटो फिचर)

सुनकोशी गाउँपालिकाको आयोजना र सुनकोशी खेलकुद विकास समितिको समन्वयमा आयोजीत तेस्रो सुनकोशी गाउँपालिका स्तरी राष्ट्रपति रनिङ शिल्डको उपाधि यो वर्षपनि सेतीदेवी शारदा माध्यमिक विद्यालयले...

चर्चामा नयाँ नक्सादेखि सत्तारुढ दलभित्रको विवादसम्म

काठमाडौं । आज वैशाख १ गते, अर्थात्, विसं २०७८ को पहिलो दिन । नयाँ वर्ष हरेक वर्ष आउँछ । वर्षहरू आउँछन् र जान्छन् पनि...

जीप दुर्घटनामा प्रशासकीय अधिकृतसहित पाँचको मृत्यु

दाङ । प्युठानको स्वर्गद्वारी जाँदै गरेको जीप दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित पाँच जनाको मृत्यु भएको छ । बुधवार बिहान भएको...

१०५ वर्षका वृद्धा वृद्धभक्ताको आधा रकम मन्दिरलाई दिन्छन्

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–९ मुर्तिढुङ्गाका चन्द्रबहादुर बराल उमेरले १०५ बर्ष पुगे । १९७३ साल चैत ३० गते मुर्तिढुङ्गामा जन्मिएका बरालले एक सताब्दी उमेर...

विक्रम संवत्को सान्दर्भिकता

आजबाट २०७८ साल शुभारम्भ भएको छ । नेपालमा सर्वमान्य, वैधानिक र संवत्का रूपमा विक्रम संवत्लाई लिइन्छ । यही संवत्का आधारमा नेपालको राष्ट्रिय पञ्चांग अथवा...

साताका लोकप्रिय समाचार

निजामतीका झिंगा !

कुनै संगठन या पदाधिकारीले कुनै उपलब्धि देखाउन सकेन भने, ‘झिंगा मार्न नसकेको’ आरोप लगाउने चलन छ । हिन्दी ‘मुहाबरा’ भने यसको ठीक उल्टो छ...

काँग्रेसकाे नेतृत्वमा मंसिरमा चुनाव गर्नुपर्छ : कोइराला

पाेखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने बताएका छन् ।...

तोकिएको समयमै महाधिवेशन गर्न सबै लाग्नुपर्छ : सिंह

काठमाडाैं ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएकै समयमा पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्न सबै लाग्नुपर्ने बताएका छन् । नेपाल दलित सङ्घ काठमाडौँ जिल्लाले आज...

नेपाल पत्रकार महासंघमा पोख्रेलको प्यानल विजयी

काठमाडौं । नेपाल पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतगणनामा अध्यक्षका प्रत्यासी निर्मला शर्मालाई हराउँदै पोख्रेल निर्वाचित भएका हुन्...

डढेलो नियन्त्रणलाई उच्च प्राथमिकतामा राख

खडेरीका कारण देशभर आगलागी भइरहँदा काठमाडौंको उत्तरतिर रहेको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार डढेलोले अनियन्त्रित रूप लियो । यसको नियन्त्रणका लागि विविध उपाय अपनाइए ।...

ट्रेन्डिङ

सविता दम्पतीको सहयोग जारी

काठमाडौं । एसियाली खेलकुदको तेक्वान्दोका रजत विजेता सविता राजभण्डारी र उनका पति किशोर श्रेष्ठले कोरोना भाइरस (कोभिड–१९)का कारण मारमा परेका कमजोर आर्थिक अवस्थाका खेलाडीका...

नेकपाको अपानि–५ जारी

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टी एकताको पक्षमा उभिन निर्देशन जारी गरेका छन् । अध्यक्षद्वय...

प्रविधिमैत्री बन्दै ट्राफिक प्रहरी

काठमाडौं । ट्राफिक प्रहरीले प्रविधिको सदुपयोग गर्दै ट्राफिक नियम उल्लंघन गर्ने १२ हजार भन्दा बढी सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक प्रहरी महाशाखाका प्रमुख...

पुल उदघाटन भएपछि स्थानिय खुसी

सर्लाही । चन्द्रनगर गााउँपालिकाको कटही खोलामा निर्मित पुलको उदघाटन भएपछि स्थानिय वासी खुसी भएको छन् । चन्द्रनगर गााउँपालिकाको पोखरिया (नाढीताल जोड्ने सडकमा रहेको कटही...

थप ९३६ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर ९३६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा एक हजार ९९६ जना कोरोना...

सत्ता समीकरणका खेल

निकै चर्को विवादमाझ नेपाली कांग्रेसले नयाँ सत्ता समीकरणका लागि भेटघाट र बैठक सुरु गर्न थालेको छ । तर, पनि सत्ता समीकरणका लागि भनेर गरिएका...

मृत्यु भएका सबै कोरोना संक्रमित हुँदैनन् : चिकित्सक

काठमाडौं । अन्य रोगले मृत्यु भएकालाई कोरोना भाइरस संक्रमण (कोभिड–१९) कै कारण मृत्यु भएको भन्दै अफवाह नफैल्याउन चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरूले सुझाव दिएका छन्...

कैलालीसँग सीमा जोडिएका झोलुङ्गे पुल बन्द

सुर्खेत । सुदूूरपश्चिमको कैलालीसँग सीमा जोडिएको पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले आफ्ना सबै सीमा नाका बन्द गरेको छ । कैलालीमा कोरोना भाइरस सङ्क्रमित भेटिएपछि...

भान्जीलाई जोगाउन खोज्दा भतिज र दाजुबाट निर्धात कुटिए रामचन्द्र

सप्तरी, राजविराज । भान्जीलाई कुटाई खानबाट जोगाउन खोज्दा एक युवक आफै निर्धात कुटिएका छन् । राजविराज नगरपालिका १ बस्ने ३८ बर्षिय रामचन्द्र साह...

मोबाइलमा त्यत्तिकै ब्यालेन्स त घटिरहेको छैन ?

काठमाडौं । के तपाईंको एनसेल र एनटीसी सिमको ब्यालेन्स थाहै नपाईकन घटिरहेको छ ? धेरैजसो मोबाइल प्रयोगकर्ताको एउटै गुनासो हुने गर्छ– पैसा त्यत्तिकै सकिन्छ...

कांग्रेसको राष्ट्रियसभा संसदीय दलको नेतामा अधिकारी

काठमाडौं । नेपाली कांग्रेसको राष्ट्रियसभा संसदीय दलको नेतामा राधेश्याम अधिकारी मनोनित भएका छन् । संघीय संसद, संसदीय दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार...

राजीनामा त आइहाल्छ नि, समर्थन फिर्ता गर न : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को गणितले देशको आवश्यकताको प्रतिनिधित्व नगरे ताजा जनादेशमा जानुपर्ने बताएका छन् । निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शनिबार शुभारम्भ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)