रूपा र रजनी ‘मिस एन्ड मिसेज डिस्याबिलिटी क्विन’

काठमाडौं । अपांगता भाएका महिलाको कला प्रस्तुति तथा सौन्दर्य प्रतियोगिता ‘मिस एन्ड मिसेज डिस्याबिलिटी क्विन २०२१’को शीर्ष उपाधि रूपा पहाडी र रजनी राईले जितेका छन् ।

ललितपुरमा सम्पन्न अन्तिम प्रतिस्र्धामा रूपाले मिसेस र रजनीले मिसतर्फको शीर्ष उपाधि प्राप्त गरेका हुन् । सो प्रतियोगितामा डीना खत्री फस्ट रनरअप र सरिता कोइराला सेकेन्ड रनरअप घोषित भएका छन् । कार्यक्रममा दुवै जना विजेतालाई जनही १५ हजार रुपैयाँ र फस्ट र सेकेन्ड रनरअपलाई क्रमशः १० र ५ हजार रुपैयाँसहित विभिन्न उपहार प्रदान गरियो ।

सांस्कृतिक समाज नेपाल र ग्रिन आर्ट मिडियाले आयोजना गरेको सो प्रतियोगितामा बेस्ट स्माइल रूपा पहाडी, बेस्ट डिसिप्लेन मीरा तामाङ, मस्ट ट्यालेन्टेड संगीता मागी, मोस्ट फोटोजेनिक टीना महर्जन, मस्ट अमाजिनो मीना शर्मा, बेस्ट फर्सनालिटी निर्मला भण्डारी, मस्ट हम्बल अनु राई, मस्ट फ्रेन्ड्ली सरिता कोइराला, मस्ट ग्ल्यामर गंगा छन्त्याल, मस्ट कन्फिडेन्ट तुलसा थापा मगर, बेस्ट स्क्रिन रजनी राई र मस्ट ब्युटिफुल अस्मी दुलाल घोषित भए ।

अवार्डको निर्णायकमा पूर्व मिस नेपाल इभाना मानन्धर, व्यवसायी सीमा जोशी, प्रेरणा मरासैनी प्रधान, किशोर भक्त श्रेष्ठ, सांस्कृतिक समाज नेपालका सभापति सरिता थुलुङलगायत निर्णायक थिए । प्रतियोगिताबाट उठेको रकम ५० हजार सांस्कृतिक समाज नेपाललाई सामाजिक कार्यका लागि सहयोग गरिएको आयोजक पक्षले जनाएको छ ।

ग्रिन आर्ट मिडियाका सिइयो प्रवीन लाकौलले आपांगता भएको व्यक्तिलाई पनि समाजमा अगाडि ल्याउनुपर्छ भनेर प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगिताको कोरियोग्राफी अनिल श्रेष्ठले गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 371 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जो १ मतले विजयी भए…